×

NMB BANK
NIC ASIA

नयाँ समीकरणको चुरो कुरो

फेरि कसरी मिले ओली–प्रचण्ड ? कसले मिलायो ?

काठमाडाैं | फागुन २२, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

कहिले मिलजुल त कहिले ‘धोकाधढी’पूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक अप्रत्यासित रूपमा मिलेपछि विभिन्न अडकलबाजी भइरहेका छन् ।

Muktinath Bank

एक वर्षअघि प्रधानमन्त्री बनाएको ६२ दिनमै धोका दिएर कांग्रेससँग मिलेका प्रचण्डलाई ओलीले फेरि विश्वास गरिहाल्लान् भन्ने धेरैलाई लागेकै थिएन । अर्कातिर, २०७९ पुस १० मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेकै दिनबाट दबाब महसुस गरेका प्रचण्ड फेरि ओलीको साथ लिने बाटोमा जालान् भन्ने पनि धेरैको कल्पना बाहिरको विषय थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, यी दुवै अड्कलबाजी फेल भइसकेका छन् । अहिले सर्वत्र चासो छ, यिनीहरूको कुरा कसरी मिल्यो ? कसले मिलायो ? कतिपयले यसलाई उत्तरी छिमेकीको चासोसँग जोडेर हेरेका छन् भने कतिपयले दोस्रो तहका नेताको निरन्तरको प्रयासपछि मिलेको भनेर दाबी गरिरहेका छन् । तर, विश्वस्त स्रोतलाई मान्ने हो भने यसपटक ओली–प्रचण्ड मिल्नुमा उनीहरूबीचको निरन्तरको छलफल नै प्रमुख कारण हो । विभिन्न बहानामा ओली–प्रचण्डबीच भएका ‘वान टु वान’ छलफलमा मन माझामाझ भएपछि नै नयाँ सहकार्यको वातावरण बनेको हो । 


Advertisment
Nabil box
Kumari

यसअघि कहिले कुनै नेता त कहिले कुनै व्यापारीको निवासमा पुगेर छलफल गरी मिलेका ओली–प्रचण्डले यसपटक प्रधानमन्त्री निवास/कार्यालयको गोप्य कोठामै पर्याप्त छलफलको अवसर पाए । त्यही छलफल पुनः एकपटक सहकार्यको वातावरण बनाउने आधार बन्यो ।

Vianet communication

त्यसो त वाम सहकार्यको पृष्ठभूमि बनाउन दोस्रो तहका नेताले भूमिकै खेलेका थिएनन् भन्नेचाहिँ होइन, दोस्रो तहका नेताहरूले आफ्नो तहबाट प्रयास गरिरहेकै थिए । तर, मुख्य कुरा ओली–प्रचण्डबीचकै छलफलमा टुंगिएको स्रोतको दाबी छ ।

यसअघि कहिले कुनै नेता त कहिले कुनै व्यापारीको निवासमा पुगेर छलफल गरी मिलेका ओली–प्रचण्डले यसपटक प्रधानमन्त्री निवास/कार्यालयको गोप्य कोठामै पर्याप्त छलफलको अवसर पाए । त्यही छलफल पुनः एकपटक सहकार्यको वातावरण बनाउने आधार बन्यो ।

‘ओली–प्रचण्ड लगभग सहमतिको चरणमा पुगेपछि मात्र दोस्रो तहका नेताहरूलाई इन्गेज गराइएको हो,’ स्रोतले भन्यो, ‘मुख्य कुरा दुई शीर्ष नेताबीच नै मिलेको थियो ।’

बाहिर ल्याइएको ८ बुँदे सहमतिको ‘ड्राफ्ट’ दोस्रो तहका नेताले तयार पारेका हुन् । तर, मुख्य सहमति ओली र प्रचण्डबीच मात्र सीमित छ । यो सहमतिबारे समन्वयकर्ताका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चाहिँ जानकार रहेको स्रोतको दाबी छ ।

के–केमा मिलेको छ कुरा ?

स्रोतका अनुसार ओली र प्रचण्डले २–२ वर्ष आलोपालो प्रधानमन्त्री हुने सहमति गरेका छन् । नेपाली कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाउँदा प्रतिनिधि सभाको बाँकी कार्यकालको आधा–आधा समय आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो ।

दुवै नेतासँग निकट भरपर्दो स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार शुरूको २ वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहनेछन् भने त्यसपछिको कार्यकाल (२०८४ को चुनाव गराउने गरी) मा ओली प्रधानमन्त्री बन्नेछन् । सहमतिअनुसार प्रचण्डले २०८२ फागुन आसपासमा ओलीलाई नेतृत्व सुम्पनेछन् ।

दुई नेताबीच लिखित सहमति भएको हो या मौखिक भन्ने बारेमा स्रोतले एकिन गर्न सकेन । ‘दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति बनेको छ । यसबारे दोस्रो तहका नेताहरूलाई समेत यकिन जानकारी छैन,’ स्रोतले लोकान्तरसँग भन्यो ।

२०७४ सालमा वामपन्थी तालमेलका बेला ओली–प्रचण्डबीच भएको आलोपालो सहमतिको दस्ताबेज एक वर्षसम्म गोप्य थियो । आलोपालोको सहमति भएको भनेर एक वर्षपछि प्रचण्डले खुलासा गरेका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नहुँदा नेकपा विभाजनमा गएको थियो ।

‘विगतको कमजोरीबाट पाठ सिकेर यसपटक त्यो भूल नगर्ने,’ समझदारी ओली र प्रचण्डबीच भएको स्रोतले बतायो ।

null

गत वर्ष पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेर पछि कांग्रेससँग मिल्नु गल्ती भएको ‘रियलाइजेसन’ प्रचण्डले गरेपछि नयाँ सहमति भएको हो ।

कम्युनिस्ट मिल्नु प्राकृतिक गठबन्धन हुने भएकाले नयाँ स्टेप चालेको प्रचण्डले सोमवार माओवादी बैठकमा ‘ब्रिफिङ’ गरेका थिए । 

सबै सूचना बाहिर जाँदा वातावरण धमिलिन सक्ने र शक्ति केन्द्रले खेल्ने मौका पाउने आकलन गर्दै गोप्य सहमति बाहिर नभन्ने सहमति भएको स्रोतको दाबी छ । 

प्रधानमन्त्रीमा आलोपालो सहमति भएपछि एमाले राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिन राजी भएको थियो । 

प्रधानमन्त्री छाडेपछि संवैधानिक परिषदमा आफूहरू शून्य हुने अवस्था आउने भन्दै माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्दै आएको थियो ।

गत वर्ष पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेर पछि कांग्रेससँग मिल्नु गल्ती भएको ‘रियलाइजेसन’ प्रचण्डले गरेपछि नयाँ सहमति भएको हो ।

चार दलका शीर्ष नेताबीच सोमवार भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख छ । आलोपालोमा सहमति भएकै कारण अध्यक्षमा माओवादीलाई सघाउने निर्णय भएको एमालेका एक नेताले बताए । 

ओली–प्रचण्ड ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएपछि मात्र प्रचण्ड–ओलीले पार्टीका दोस्रो तहका नेता र रास्वपा तथा जसपाका नेतासँग नयाँ गठबन्धनको प्रस्ताव गरेका थिए । 

देउवाले शंका नगरुन् भनेर प्रचण्डले आइतवार साँझसम्म पनि गठबन्धन तलमाथि हुँदैन भनेर आश्वासन दिइरहेका थिए । आइतवार साँझ पार्टीका मन्त्रीसँगको छलफलमा देउवाले प्रचण्डसँग भर्खरै पनि कुराकानी भएको र मन्त्रिमण्डल हेरफेर हुन सक्ने सूचना देउवाले गराएका थिए । 

‘ओली–प्रचण्ड नजिकिए भन्ने शंका कांग्रेसले नगरोस् भनेरै सहमति भइसकेपछि पनि आइतबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको थियो,’ स्रोतले भन्यो, ‘सहमति भएको कुरा बाहिर आएपछि मात्र गठबन्धन बैठक स्थगित गरिएको हो ।’

देउवाले पनि प्रचण्डले शंका गर्लान् भनेर ओलीले भेट्न प्रस्ताव गर्दा पनि भेट नगरेको पार्टीका नेताहरूसँग बताएका थिए । आइतवार प्रचण्डसँग सहमति गर्ने तय भएपछि ओलीले जनकपुर जाने कार्यक्रम रद्द गरेका थिए, जहाँ ओलीका लागि २ सय किलोको माला तयार भएको थियो । 

मनमुटावजन्य गतिविधि दुवै तर्फबाट हुन नदिने

स्रोतका अनुसार, ओली र प्रचण्डबीच विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनमा बोल्दा, कदम चाल्दा, निर्णय लिँदा या छलफल गर्दा द्वन्द्व सिर्जना हुन नदिने गरी अघि बढ्ने समझदारी समेत बनेको छ । 

सरकारले दूरगामी र महत्त्वपूर्ण निर्णय गर्दा सत्ता गठबन्धनका नेतालाई विश्वासमा लिएर अघि बढ्ने सहमति भएको छ । 

‘आफूहरूबीच द्वन्द्व हुँदा नेपाली कांग्रेसलगायत शक्ति केन्द्रले खेल्ने मौका पाउँछन् । फेरि गठबन्धनमाथि प्रहार हुनसक्छ,’ दुई नेताको सहमतिसँग परिचित उक्त स्रोतले भन्यो, ‘त्यसैले आगामी पाइला होसियारीपूर्वक चाल्नेमा दुवैजना थप संवेदनशील हुनेछन् ।’ 

भूराजनीतिक सन्तुलनप्रति सचेत रहने 

स्रोतका अनुसार दुवै नेतालाई सबैभन्दा बढी चिन्ता भूराजनीतिक सन्तुलन कसरी कायम गर्ने भन्नेमा छ । यसअघि एमाले र माओवादी मिलेर बनेको सरकार ढाल्न गरिएका षड्यन्त्रबाट पाठ सिक्दै भूराजनीतिक सन्तुलन कायम गरेर अघि बढ्ने समझदारी उनीहरूबीच बनेको छ । यो, विषय चार दलबीच सोमवार भएको सहमतिको ८ औं नम्बरमा पनि उल्लेख छ । 

‘हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं,’ सहमतिपत्रमा उल्लेख छ ।

नेपालमा वामपन्थी पार्टी एक भएर सरकार बनाउँदा अमेरिका र भारत थप ‘अलर्ट’ हुने गर्छन् । वाम पार्टी एक ठाउँमा उभ्याउन चाइनाले भूमिका खेलेको भनेर भारतीय मिडियामा टीकाटिप्पणी भइरहेको छ । 

यसैलाई बुझेर सरकारका गतिविधि चिनियाँ चाहना बमोजिमका हुँदै गए आक्रमण बढ्न सक्नेतर्फ सचेत रहनुपर्ने बुझाइ समेत उनीहरूको रहेको स्रोतले बतायो ।

गन्तव्य चुनावमा वाम तालमेल

स्रोतका अनुसार, ओली र प्रचण्डबीच सम्भव भए वाम पार्टी एकता, नभए २०८४ को आम निर्वाचनमा एमाले, माओवादीलगायत वाम पार्टीहरूबीच चुनावी तालमेल गर्ने समझदारी बनेको छ । कुनै नाटकीय परिवर्तन नभए आउने निर्वाचनमा एमाले–मओवादी तालमेल गरेर चुनावमा जान सक्ने सम्भावना छ । 

सोमबारको सहमतिमा सहभागी नभएको नेकपा एसलाई पनि सहमतिमा ल्याउने सहमति प्रचण्ड र ओलीबीच भएको छ ।

सोहीअनुसार प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई भेट्न सोमवार उनको निवासमा पुगेका थिए । लगत्तै, ओलीले नेता नेपाललाई फोन गरेर मिलेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । 

एमालेसँगको पछिल्लो सहमतिलाई नेपालमा वामपन्थी पार्टीलाई गोलबद्ध गर्ने प्रयास भएको प्रचण्डले अर्थ्याएका छन् । 

‘विश्वभरका कम्युनिस्टहरू मिल्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो । अहिले पार्टी एकताबारे सहमति भएको छैन, सत्ता सहकार्य गर्दै २०८४ सालमा हुने चुनावमा वामपन्थी तालमेल गर्ने अहिलेको रोडम्याप हो,’ माओवादी स्रोतले भन्यो । २०७४ सालको प्रतिनिधि सभा चुनावमा एमाले र माओवादीबीच वामपन्थी गठबन्धन भएको थियो । 

पढ्नुहोस्, यो पनि:

हत्तेरी राजनीति, कठै पत्रकारिता र 'निदाएका' सम्पादकहरू !

संयुक्त घोषणा पत्र लिएर चुनावमा गएका वामपन्थी दलले प्रतिनिधि सभामा सहज बहुमत जुटाएका थिए । चुनावी अभिमतबाट उत्साही दुई दलले पार्टी एकता गरेर नेकपा गठन गरे पनि पार्टीमा विवाद आएको थियो । 

‘हामीहरूबीच सहकार्य फाप्यो, तर पार्टी एकता सफल हुन सकेन । विगतमा एउटै पार्टीमा हुँदा भएका तीतामीठा कुरा बाँकी रहेको र कार्यकर्ताको एकखाले मनोविज्ञान रहेकाले हतारमा पार्टी एकताबारे निर्णय हुँदैन,’ नेकपा एमालेका एक प्रभावशाली नेताले भने । 

चुक्ता भएको पुरानो हिसाब–किताब

पुस १० गते ओली निवासमा प्रचण्डपुस १०, २०७९ मा अपर्झट बनेको एमाले–माओवादी–रास्वपा–राप्रपा गठबन्धनमा फाटो आएपछि शुरूमा राप्रपा र पछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, फागुन १५ गते । पुस २६ मा पहिलोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइलाग्यो । 

दोस्रो पटक विश्वासको मत माग्ने क्रममा प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट प्रचण्डले भनेका थिए, ‘म प्रधानमन्त्री खोज्दै बालकोट गएको होइन, तपाईंहरू (एमाले अध्यक्ष केपी शर्मा ओली)ले धेरै नै बोलाएपछि गएको हुँ । तर पनि ओलीजीले मलाई प्रधानमन्त्री बनाउनुभयो, त्यसका लागि धन्यवाद दिन्छु । मैले तपाईंलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । तपाईंले मलाई एकपटक प्रधानमन्त्री बनाउनुभयो । हिसाब राख्नुहोला, अझै एकपटक तपाईंले मलाई प्रधानमन्त्री बनाउन बाँकी छ ।’

२०७९ पुस १० कै जस्तो गरी २०८० फागुन २१ मा ओलीले प्रचण्डलाई दोस्रोपटक काँध थापे । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गरिरहेका प्रचण्ड अल्पमतमा परेको या गठबन्धन टुटेको अवस्था थिएन, तर पनि ओलीले प्रचण्डको कार्यकाल लम्ब्याइदिएका छन् । यसअर्थमा भन्दा प्रचण्डले गरेको हिसाबकिताब ओलीले चुक्ता गरेका छन् । 

पढ्नुहोस्, यो पनि:

राजनीतिमा नयाँ 'ट्विस्ट'को संकेत : पुस १० ब्यूँताउने प्रयासमा ओली-प्रचण्ड !

२०७२ सालमा प्रचण्डको समर्थनमा ओली पहिलोपटक प्रधानमन्त्री बनेका थिए । तर, कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याएपछि ओली सरकार ढलेको थियो । २०७४ फागुनमा ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा पनि प्रचण्डले समर्थन गरेका थिए । 

एक अर्कालाई धोका दिँदा हन्डर–ठक्कर खाएका दुई नेताको पछिल्लो गन्तव्य कति लामो जान्छ भन्ने चाहिँ भविष्यका घटनाक्रमले नै निर्धारण गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x