×

NMB BANK
NIC ASIA

'फ्ल्यासब्याक' फागुन २१

राजनीतिमा स्थापित धोकाधडीको नयाँ मानक र प्रचण्ड–ओली सहकार्यको खड्को

काठमाडाैं | फागुन २७, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सहयात्रा तोड्दै नेकपा एमालेसँग सहकार्य गर्ने गरी फागुन २१ नाटकीय रूपमा विकास भएको राजनीतिक घटनाक्रमको तरंग सेलाउन पाएको छैन ।

Muktinath Bank

नेपालको कम्युनिस्ट जंगलका ‘दुई शेर’ प्रचण्ड–केपी शर्मा ओली कसरी मिले ? कसले मिलायो र यो किस्ताको सहकार्य कति जाला ? काठमाडौंका चिया पसलदेखि गाउँका भट्टीसम्म गफको विषय बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू बाँचुञ्जेल राजनीतिमा उथलपुथल ल्याउने घोषणा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले फागुन २१ गते शुरू गरेको ‘राजनीति’को असर मुलुकले भोग्दै जानेछ । 


Advertisment
Nabil box
Kumari

कम्युनिस्ट पार्टीबीच सहकार्य र तालमेल प्रचण्डको रणनीतिक आवश्यकता होला, तर उनको कदमले प्रकारान्तरले राजनीतिक अस्थिरतालाई मलजल गरेको छ । २०७९ मंसिर १० पछिका १४ महिनाको अवधिमा प्रचण्डले तीनपटक ‘यू टर्न’ गरेका छन् । 

Vianet communication

प्रचण्डले २०७९ मंसिर ६ मा कांग्रेससँग चुनावी तालमेल गरे । पुस १० गते कांग्रेसलाई लात हानेर एमालेसँग मिली प्रधानमन्त्री बने । दुई महिना नपुग्दै फागुन १३ मा एमालेलाई लात हानेर फेरि कांग्रेससँग सहकार्य गरे । उनले वर्षदिन नपुग्दै कांग्रेसलाई धोका दिएर एमालेसँगको नयाँ यात्रा शुरू गरेका छन् । 

डायनामिक भर्सेस अस्थिर प्रचण्ड

प्रचण्ड–केपी ओलीबीच नयाँ किस्ताको सहकार्य लामो नजाने विश्लेषण कांग्रेसले गरेको छ । यो सहकार्य लामो जानेमा स्वयं एमालेका नेताहरू पनि आश्वस्त छैनन् । 

शंकैशंकाबीच एक अर्काको दाउपेच पूरा गर्नका लागि ओली–प्रचण्ड सहकार्यको नयाँ शिरा शुरू भएको चर्चा र विश्लेषण भइरहेका छन् । 

‘संसदीय व्यवस्था ध्वंस’ गर्न भन्दै भीषण सशस्त्र जनयुद्धको नेतृत्व गरेका कमान्डर 'प्रचण्ड'ले अहिले संसद्मा काँध फेरिरहेका पुष्पकमल दाहाल 'प्रचण्ड'को मूल्याङ्कन कसरी गर्दा हुन् ?

प्रचण्डले आफूलाई समकालीन राजनीतिको एक लचक (डायनामिक) नेताको रूपमा दाबी गर्ने गरेका छन् । १४ महिनाको अवधिमा तीनवटा गठबन्धन बनाउन सक्ने खुवी उनमा देखियो । यसलाई प्रचण्डको लचकता भन्ने कि अस्थिरता ? 

दुनियाँलाई फेरि एकपटक चकित बनाउने गरी फागुन २१ मा प्रचण्ड–ओली मिल्नुभन्दा ३ दिन अगाडि फागुन १८ गतेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका थिए, जे पनि गरेर प्रधानमन्त्रीको कार्यकाल लम्ब्याउँदैमा इतिहासले सम्झिँदैन । भारतीय सेनाका पूर्व जर्नेल अशोक मेहताले प्रचण्डलाई दिल्लीको घोडा र शेरबहादुर देउवालाई दिल्लीले तबेलामा राखेको बफादार घोडा भन्दै लेखेको लेखबारे सरकारले कुनै प्रतिक्रिया नजनाएको सन्दर्भमा भनेका थिए, किन इतिहासमा पृथ्वीनारायण र बहादुर शाहको मात्र चर्चा हुन्छ ? 

‘संसदीय व्यवस्था ध्वंस’ गर्न भन्दै भीषण सशस्त्र जनयुद्धको नेतृत्व गरेका कमान्डर 'प्रचण्ड'ले अहिले संसद्मा काँध फेरिरहेका पुष्पकमल दाहाल 'प्रचण्ड'को मूल्याङ्कन कसरी गर्दा हुन् ? गठबन्धन फेरिरहने प्रचण्डको अहिलेको कदमले २०५१–०५६ को बदनाम संसदीय अभ्यासको स्मरण गराएको छ । कुनैबेलाका क्रान्तिकारीहरू यथास्थितिमा रमाउने र प्रतिगमनमा समेत जान तयार रहेका विश्वका कयौं उदाहरण छन् । परिस्थितिजन्य बाध्यता या विवशता अहिले प्रचण्ड जुन संसदीय आहालमा रमाइरहेका छन्, उनीहरूले विगतमा गरेको विरोध यस्तो प्रणालीका लागि किमार्थ थिएन । 

एमालेसँगको नयाँ किस्ताको समीकरणको सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि प्रचण्डले राष्ट्रिय सभागृहमा आफू बाचुञ्जेल उथलपुथल गर्ने र आफूलाई कमजोर बनाउन खोज्नेलाई लात्तीले हानेर भित्तामा पुर्‍याउने चेतावनी दिए । प्रधानमन्त्रीले प्रयोग गरेको लात्तीको भाषाबारे कांग्रेसले संसद्मै विरोध जनाइसकेको छ ।   

जहाँसम्म उथलपुथलको कुरा छ, प्रचण्डको हुंकारलाई ‘मिस्टर उथलपुथल’ भन्दै डा. सीके राउतले आफूलाई शेषनाग नठान्न संसदबाटै चुनौती दिएका छन् । ‘मानौं कि, उहाँ (प्रचण्ड) शेष नाग हो, अनि मुलुक शेषनागको शीरमा अडिएको छ । शेषनागको सामना गर्न श्रीकृष्णको अवतार हुन्छ भन्ने नभुल्दा हुन्छ,’ राउतले शुक्रवार प्रचण्ड उपस्थित प्रतिनिधि सभा बैठकमा भनेका थिए । 

प्रचण्डमा यहीँनेर विरोधाभास देखिएको छ । एकातिर उनी राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका कुरा गरिरहेका छन्, अर्कातर्फ उथलपुथलका असान्दर्भिक कुरा गरेर मुलुकको समय बर्बाद गर्ने कुरा गर्छन् । के अहिले मुलुकको आवश्यकता नयाँ उथलपुथल हो ? के उथलपुथलले देशमा समृद्धि हुन्छ ?

null

प्रचण्ड सरकारका लागि पाइलैपिच्छे खड्को

फागुन ६ गतेदेखि १८ गतेसम्म नेकपा एमालेले प्रतिनिधि सभामा एउटा विषय जोडदार ढंगले उठाउँदै संसद अवरोध समेत गरेको थियो । ‘दागी मन्त्री’को राजीनामा या बर्खास्तीको बटमलाइन बनाएर एमालेले प्रधानमन्त्रीको जवाफ माग गरिरहेको थियो, जुन विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारका नाममा तीनपटक रुलिङ गरेका थिए । 

एमालेको दलिल थियो– ललितपुरको बालकुमारीमा पुस १३ गते दुई जनाको ज्यान जानेगरी भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगले दोषी किटान गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निःशर्त राजीनामा । 

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र नवलपरासीको रामग्रामस्थित पुरातात्विक सम्पदा क्षेत्रमा रहेको जग्गा प्रचण्डका घरबेटी ठेकेदारका आफन्तलाई लिजमा दिने निर्णय गराउने संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको राजीनामा । यो मागमा एमाले मात्र होइन, प्रतिपक्षमा रहेको रास्वपा पनि एक ठाउँमा थियो । 

बालकुमारी घटनामा दाग लागेका प्रकाश ज्वालालाई बर्खास्त गरेको जवाफ सुनेर ताली बजाउन आफूहरू तयार रहेको भन्दै रवि लामिछानेले संसद्मा प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।

‘दागी मन्त्री’माथि कारबाही गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अब कांग्रेसले उठाउने प्रस्ट संकेत शुक्रबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा गरेका छन् । संसदीय भाषा र कूटनीतिक शैलीमा लेखकले गृह प्रशासनको नेतृत्व गरेका रवि लामिछानेमाथि नैतिक प्रश्न उठाए ।  

‘ यो संसद्मा एउटा कुरा भएको छ । कुनै मन्त्रीमाथि अनुसन्धान भयो, कतैबाट प्रश्न उठ्यो भने त्यो मन्त्रीले राजीनामा गर्नुपर्छ भनेर सदन अवरुद्ध भएको छ । त्यो बालकुमारी घटना होस् या अरू घटना । मेरो आशा के छ भने अहिले नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गर्छु । यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ,’ लेखकले यो भन्दा कांग्रेसका नेताले टेबल ठटाएर समर्थन गरेका थिए ।

सत्तापक्षमै रहेको समयमा महामन्त्री गगन थापाले आयोगले पालेका र अख्तियारले डामेका झण्डावाललाई झण्डा खोसेर घर फर्काउनु पर्ने बताएका थिए । ‘सभामुख आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेका, आयोगले पोलेका र सरकारी जग्गामा आँखा गाडेका झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’, फागुन १४ गते थापाले भनेका थिए, ‘अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घर पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गरेपछि निर्दोष भए फर्केर आउनु होला, फूलमाला लाएर स्वागत गरौंला, दोषी भए दण्ड व्यहोर्नु होला ।’ 

सहकारी ठगी प्रकरणमा रविको संलग्नतामा यथेष्ट प्रमाण बाहिर आइसकेका छन् । ‘सर्वदलीय सहमति गरेर चोख्याए’पनि सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएका छन् । प्रस्ट ढंगले स्वार्थ बाझिने मन्त्रालयको साँचो दिएर उनलाई चोख्याउन प्रयत्न गरिए पनि त्यति सहजै यो प्रकरण सेलाउने देखिन्न । 

null

धोखा खाएकाहरू मिले भने ?

प्रचण्ड–ओली नयाँ किस्ताको सहकार्य दुई–दुई वर्ष प्रधानमन्त्री बनेर चारै वर्ष गठबन्धन टिकाउने समझदारीसहित भएको दाबी नेताहरूले गरिरहेका छन् । कम्युनिस्ट–कम्युनिस्ट मिलेर बनेको ‘स्वजातीय’ गठबन्धनको भविष्य सन्देहमै छ ।

प्रचण्डलाई संसद्मा काँध थापेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध षडयन्त्र शुरू भइरहेको बताएका थिए । तर, राजनीति बुझ्नेहरू केपी ओलीले प्रचण्डलाई क्षमादान दिएका हुन् कि भिक्षा दान भन्नेमा सशंकित छन् । स्वयं प्रचण्डले शनिवार संसदीय दलको बैठकमा ओलीले यसपटक धोका नदेलान् कि ? भनेर रक्षात्मक अभिव्यक्ति दिए ।  

‘म त कुन निष्कर्षमा पुगें भने, अब धोका दिन कोही बाँकी रहेन । एकचोटी सोच्नुहोला, सबै धोका पाएकाहरू एकदिन तपाईंका विरुद्ध मिले भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, खाली ख्याल गर्नुहोला,’ कांग्रेस प्रमुख सचेतक लेखकले संसद्मा बोल्दै गर्दा प्रचण्ड मुस्कुराएका थिए । 

शुक्रबार प्रतिनिधि सभामा गरेको सम्बोधनमा कांग्रेस प्रमुख सचेतक लेखकले एउटा गम्भीर कुरा गरेका छन्– प्रचण्डबाट धोका खाएकाहरू मिल्ने विषयमा । ‘म त कुन निष्कर्षमा पुगें भने, अब धोका दिन कोही बाँकी रहेन । एकचोटी सोच्नुहोला, सबै धोका पाएकाहरू एकदिन तपाईंका विरुद्ध मिले भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, खाली ख्याल गर्नुहोला,’ लेखकले संसद्मा बोल्दै गर्दा प्रचण्ड मुस्कुराएका थिए । 

मुलुकमा अस्थिरताको बिजारोपण गर्न योजनाबद्ध ढंगले अपनाइएको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै दलले बहुमत ल्याउन नसक्ने भएकाले कांग्रेस–एमाले दुबैलाई प्रचण्डको आवश्यकता छ । तर, मिल्ने आधार पनि छ । 

जस्तो कि, कांग्रेस महामन्त्री थापाले पुस २ गते तनहुँमा आयोजित कार्यक्रममा चुनावअघि तालमेल नगर्ने र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय दल बन्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका थिए । 

‘१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन, यस कारणले निर्वाचनअघि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन भन्ने अवस्था पनि बनाऊँ । यस्तो हुँदा कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन,’ थापाले भनेका थिए । 

यी सबै तथ्यहरूले भन्छन्– मुस्किलले बहुमत जुटेर बनेको नयाँ गठबन्धन छिट्टै या बजेटपछि धर्मरायो भने आश्चर्य नमान्दा हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x