×

NIC ASIA

सवारी दुर्घटना

उदयपुर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो

विराटनगर | चैत १, २०८०

Prabhu Bank
NTC
Premier Steels

उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा भएको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । एकजना घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)मा उपचारका क्रममा मृत्यु भएसँगै संख्या आठ पुगेको हो ।

Muktinath Bank

हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख रमेश थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य मृतकको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

मृत्यु हुनेमा बोलेरोमा सवार रहेका चालक हतुवागढी–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई र पर्वतमायाका ६ महिनाका नाति डिसाङ राई छन् । 

Vianet communication

यस्तै हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, वडा नम्बर ५ की ३० वर्षीया रामकुमारी राई र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकारीको पनि घटनास्थलमा मृत्यु भएको छ ।

सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो बिहीवार बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । 

उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई र सोही स्थानकी ३६ वर्षीया सावित्रा राई घाइते भएका छन् ।

यस्तै हतुवागढी–२ की ३२ वर्षीया शान्तिकला राई र हतुवागढी–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कटवाल, उनकै ८ वर्षकी छोरी निकिता कटवाल र इटहरी–१७ की २९ वर्षीया रमा थापाको घोपा क्याम्पमा उपचार भइरहेको छ ।

मृत्यु भएका ६ महिने बालक डिसाङ घाइते भएकी शान्तिकलाका छोरा हुन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x