×

NMB BANK
NIC ASIA

श्रीलङ्कामा विदेशी पर्यटकको चाप बढ्याे, अर्थतन्त्रमा राहत

काठमाडाैं | चैत ३, २०८०

NTC
Premier Steels

कोलम्बो– सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान भएको श्रीलङ्का सरकारले शनिवार जनाएको छ ।

Muktinath Bank

कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतले खुम्चिएको छ ।


Advertisment
Nabil box
Kumari

‘सन् २०२३ मा श्रीलङ्काको अर्थतन्त्रले द्वैतताको अनुभव गरेको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ ।'

Vianet communication

‘पर्यटनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको छ’ विभागले भनेको छ, ‘कामदारको रेमिटेन्समा पनि सुधार आएको छ ।’

गत डिसेम्बरमा श्रीलङ्का घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको ९१ हजार ९०० को तुलनामा दोब्बरभन्दा बढी हो ।

श्रीलङ्काले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएबाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिइरहेको छ र ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग छलफल गरिरहेको छ ।

सन् २०२२ मा आर्थिक सङ्कटको शिखरमा पुगेको मुलुकमा आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो ।

राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजीनामा दिन बाध्य भएका थिए । 

उनको उत्तराधिकारी रनिल विक्रमासिङ्घेले आर्थिक सङ्कटबाट देशलाई माथि उकास्न करको दायरालाई दोब्बर पार्दै उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने मुलुकको लागि आर्थिक आवश्यकतालाई ध्यानमा राख्दै राजस्व सङ्कलन वृद्धिका लागि वस्तुहरूको मूल्य वृद्धि गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x