×

NMB BANK
NIC ASIA

इजरायलविरुद्ध एकजुट हुने प्रयासमा हमास र यमनी हुथी विद्रोही

काठमाडाैं | चैत ३, २०८०

NTC
Premier Steels

गाजा– हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबीच इजरायलविरुद्ध आफ्ना गतिविधिहरू सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न दुर्लभ बैठक गरेको प्यालेस्टिनी स्रोतहरूले शुक्रवार एएफपीसँग बताएका छन् ।

Muktinath Bank

हमास र यमनी हुथी समूहले ‘इजरायलको गाजामा भइरहेको कारबाहीको प्रतिरोध’ गरिरहेका छन् । इराननिकट यी समूहजस्तै लेबनानको हिजबुल्लाह र केही इराकी लडाकू समूहको पनि इजरायल तथा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण व्यवहार रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध शुरू भएयता हुथी विद्रोहीले गाजामा प्यालेस्टिनीप्रति ऐक्यवद्धता जनाउँदै इजरायलसँग सम्बन्धित पानीजहाजलाई निशाना बनाएको भन्दै महिनौंदेखि रेड सीको बाटो भएर आवतजावत गर्ने पानीजहाजमा आक्रमण गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

हमास र इस्लामिक जिहाद निकटस्थ स्रोतका अनुसार दुई प्यालेस्टिनी इस्लामिक समूहका साथै ‘प्यालेस्टिनी माक्र्सिस्ट पपुलर फ्रन्ट’का नेताहरूले गत हप्ता हुथी प्रतिनिधिहरूसँग ‘महत्वपूर्ण बैठक’ गरेका थिए।

Vianet communication

हमास निकट स्रोतले बैठक कहाँ भएको थियो भन्ने उल्लेख नगरी यी समूहहरूले गाजा युद्धको ‘अर्को चरण’का प्रतिरोधका गतिविधिहरूका लागि समन्वय गर्ने संयन्त्र’बारे छलफल गरेका थिए । 

प्यालेस्टिनी समूह र हुथी विद्रोहीसमूहले दक्षिणी गाजाको रफाहमा इजरायली स्थलआक्रमण हुनसक्नेबारे पनि कुराकानी गरेको नाम उल्लेख नगर्ने शर्तमा स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा हमासको अन्तिम किल्ला रफाह र आसपासका क्षेत्रमा करिब १५ लाख मानिसको भीड लागेको छ जसमध्ये अधिकांश विस्थापित भएका छन् र इजिप्टको सीमानजिक कमजोर जीवनयापनको अवस्थामा छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रवार रफाहमा सैन्य कारबाही गर्ने सेनाको योजनालाई स्वीकृति दिएको जनाएको छ ।

हमास र इस्लामिक जिहादस्रोतका अनुसार हुथी विद्रोहीले ‘प्यालेस्टिनी प्रतिरोधलाई समर्थन गर्न’ रेड सीबाट आवतजावत गर्ने पानीजहाजमा आक्रमण जारी राख्ने बताएका छन् ।

यमनी विद्रोही हुथी समूहका नेता अब्दुल मलिक अल–हुथीले बिहीवार दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ पार गर्दै रेड सीबाट टाढा रहेका पानीजहाजलाई लक्षित गरी आक्रमण विस्तार गरिने बताएका छन् ।

अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणबाट इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीद्वारा पुष्टि गराएको तथ्याङ्कमा उल्लेख छ । 

प्यालेस्टिनी लडाकूहरूले करिब २५० जना इजरायली र विदेशी बन्धकलाई पनि कब्जामा लिएका थिए । जसमध्ये करिब १०० जना लाई नोभेम्बरमा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो । इजरायलले गाजामा करिब १३० जना बन्दी रहेको र तीमध्ये ३२ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

इजरायलले हमासविरुद्ध गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३१ हजार ४९० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x