कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडाैं | चैत १३, २०८०
अमेरिकाको बाल्टिमोरस्थित एक पुलमा कार्गो जहाज ठोकिएर दुर्घटना हुँदा ठूलो क्षति भएको छ ।
पुलमा ठोकिएर क्षतिग्रस्त भएको डली नामको जहाज ९ सय ४८ फिट लामो कार्गो जहाज हो । सिङ्गापुरको झण्डा बोकेको उक्त जहाज स्थानीय समयअनुसार मंगलवार बिहान १ बजेर ३० मिनेट जाँदा पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।
स्थानीय अधिकारीहरूले ठूलो क्षतिको आशंका गरे पनि क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।
अमेरिकी स्थानीय सञ्चारमाध्यमद्वारा प्रसारित एक भिडियोमा पुल भाँचिएको, सवारी साधन र मानिससँगै पानीमा डुबेको देखाइएको छ ।
राजमार्गको प्रमुख अंश रहेको 'फ्रान्सिस स्कट की ब्रिज' नामको उक्त पुल ३ किलोमिटर लामो रहेको छ । उद्धारकर्ताहरूले हराइरहेका यात्रुको खोजी गरिरहेका छन् । उद्धार कार्यमा सामेल अधिकारीका अनुसार अहिलेसम्म २ जनालाई पानीबाट निकालिएको छ ।
बाल्टिमोरको दमकल विभागका अनुसार जहाज स्थानीय समय अनुसार राति १ बजेर ३० मिनेट जाँदा पुलसँग ठोकिएको थियो ।
अमेरिकी अधिकारीहरूले जहाज जानाजानी ठोकिएको संकेत नदेखिएको बताएका छन् । उक्त पुल नजिकै रहेको बाल्टिमोर बन्दरगाह अमेरिकाकै सबैभन्दा ठूलो कार्गो बन्दरगाह हो ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...