×

NMB BANK
NIC ASIA

युनाइटेड र ब्रेन्टफोर्डले बराबरी खेले

एस्टन भिल्ला विजयी

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

इंग्लिस प्रिमियर लिग फूटबलमा बराबरी खेल्दै म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक–एक अंक बाँडेका छन् । शनिवार राति भएको खेलमा दुवै टोलीले अतिरिक्त समयमा एक–एक गोल गर्दै अंक बाँडेका हुन् ।

Muktinath Bank

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयको छैटौं मिनेटमा अग्रता लिएको थियो । युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कासमिरोको पासमा गोल गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक गोलले पछि परेको तीन मिनेटपछि नै ब्रेन्टफोर्डले पनि बराबरी गर्न सफल भयो । क्रिस्टोफोर अजेरले इभान टोनीको पासमा गोल गर्दै अन्ततः खेल एक–एकको बराबरीमा टुंग्याउन योगदान गरे । बराबरीपछि दुवै टोलीले तालिकामा एक–एक अंक थपेका छन् । युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।


Advertisment
Nabil box
Kumari

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्ला विजयी भएको छ । एस्टनले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । एस्टनको जीतमा मौसा डीबेको ३६ औं र एजिर नोगोयोको ६५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जीतपछि एस्टन ५९ अंकका साथ तालिकाको चौँथो स्थानमा उक्लिएको छ । 

Vianet communication

त्यसैगरी टोटनहम हटस्परले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गर्दा सेफिल्ड युनाइटेड र फुलह्यामले तीन–तीन गोलको बराबरी खेलेका छन् । नटिङघम फरेस्ट र क्रिस्टल प्यालेसले एक–एक गोलको बराबरी खेल्दा चेल्सी र बर्नलीले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडे । 

यसैगरी बर्नमाउथले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दा न्यक्यासल युनाइटेडले वेस्टह्याम युनाइटेडलाई ४–३ गोल अन्तरले स्तब्ध बनायो ।

प्रिमियर लिगमा २९ औं चरणको खेल जारी रहँदा आर्सनल ६४ अंकका साथ तालिकाको शीर्ष स्थनमा रहेको छ । समान ६४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक अंक कम भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x