×

NMB BANK
NIC ASIA

२२ अप्रिलभित्र ग्राउण्डेड जहाज ९एन-एकेएक्स उडानमा ल्याउने निगमको तयारी

काठमाडाैं | चैत २२, २०८०

NTC
विमानस्थल पार्किङमा राखिएका जहाज । फाइल तस्वीर ।
Premier Steels

नेपाल वायु सेवा निगमले ग्राउण्डेड जहाज ९एन-एकेएक्सको मर्मत सम्भारगरी चाँडै उडान शुरू गर्ने भएको छ । १५ अप्रिलसम्म बिग्रिएको इन्जिन तयार गरी ग्राउण्डेड जहाज २२ अप्रिलभित्र उडानमा ल्याउने निगमको तयारी छ । विमान सञ्चालनमा आएपछि एउटा भाडाको इन्जिन विमानमा नै रहने र उडानसमेत नियमित हुने निगमको भनाइ छ । 

Muktinath Bank

निगमको जहाज ९एन-एकेएक्समा जडित पहिलो इन्जिनको नियमित मर्मत सम्भारको क्रममा बिग्रिएपछि इजरायलस्थित इजरायल एरोस्पेस इन्ड्रस्ट्री (आईएआई)लाई मर्मतको जिम्मा दिइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईएआईसँगको सम्झौता अनुरूप इन्जिनलाई मर्मत गर्ने र लिज इन्जिन जडान गरी उडान सुचारु गर्ने उद्देश्यले १७ सेप्टेम्बर २०२३ मा इजरायल पठाइएको थियो । उक्त इन्जिन जडान गरी २८ सेप्टेम्बर २०२३ मा उडान सुचारु गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

नियमित उडानमा रहेको ९एन-एकेएक्स जहाजको इन्जिनको नियमित प्राविधिक परीक्षण २७ नोभेम्बर २०२३ मा गर्दा उक्त इन्जिनसमेत बिग्रिएको पाइएकोले ३० नोभेम्बर २०२३ देखि जहाज ग्राउण्डेड गरिएको निगमले जनाएको छ । सम्झौताअनुसार आईएआईसँग पटकपटक भाडामा इन्जिन लिन पत्राचार गर्दा दोस्रो इन्जिन भाडामा दिन खोजिरहेको र आईएआईले जनवरी अन्तिम वा फेब्रुअरी पहिलो हप्तासम्म दिनसक्ने जनाएको थियो ।

Vianet communication

दोसो इन्जिन छिटो मर्मत गर्ने साथै पहिलो भाडाको इन्जिनको भाडा रकम जहाज आईएआईसँग फ्यासिलिटीमा रहदासम्म तिनु नपर्ने गरी उक्त जहाज इजरायलस्थित आईएआईको फ्यासिलिटीमा ११ जनवरी २०२४ मा लगिएको र जहाज फर्काइ उडान सुचारु गर्ने गरी आईएआईलाई निगमले बारम्बार ताकेता गरिरहेको निगमले जनाएको छ ।

आईएआईलाई यथासक्य छिटो एचपीसी ब्लेड्सहरू ल्याउन, इन्जिन मर्मत कार्य छिटो सम्पन्न गर्न र भाडाको इन्जिन तत्काल उपलब्ध गराउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित सम्बन्धित सीएएम विभागका साथै बेला-बेलामा आईएआई पठाइएका अनसाइट प्राविधिक टोलीहरूले बारम्बार ताकेता गरिरहेको पनि निगमले जनाएको छ ।

कार्यकारी अध्यक्षको समन्वयमा इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाललाई पनि यस विषयमा अवगत गराईएको निगम स्रोतले बताएको छ। दूतावासबाट समेत यथाशक्य छिटो निगमको जहाज नेपाल फर्काउन पहल गर्न अनुरोध गरिएको र दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयलाई पत्र लेखी आवश्यक पहल गरिरहेको निगमले जनाएको छ ।

यस्तै, जहाज ए ३२० मा जडित भी२५२७ ई-ए५ इन्जिन मर्मत सम्भारको लागि सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावलीअनुसार नियमसंगत तरिकाले काम गरिएको निगमले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त योग्य कम्पनीहरूसँग खुला प्रतिस्पर्धाबाट टेन्डर आह्वान गरी इजरायलस्थित आईएआईलाई छनोट गरिएको निगमले जनाएको हो । आईएआईसँग ३१ अगस्ट २०२३ मा इन्जिन मर्मत गर्न चार वर्षका लागि लिज सहितको मर्मत सम्भारसम्बन्धी कार्य गर्न सम्झौता भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x