×

NMB BANK
NIC ASIA

सुनको मूल्य हालसम्मकै उच्च

सुनको भाउ बढेको बढ्यै: यस्तो बेला किन्ने कि बेच्ने ?

काठमाडाैं | चैत २३, २०८०

NTC
Premier Steels

पछिल्लो केही समयदेखि नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ । सुनको भाउ हरेक दिन कीर्तिमानी बिन्दुमा पुगिरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च पुगेको थियो । छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

Muktinath Bank

नेपालमा सुन लगानीका लागि मात्रै किनिने होइन, यसका सामाजिक र सांस्कृतिक कारण पनि छन् । पछिल्लो समय सुनमा लगानी गर्ने प्रवृत्तिसमेत बढेको छ । सेयर बजारको उतारचढाव र अर्थतन्त्रमा हुने अनिश्चितताका कारण पनि सुनमा लगानीलाई सुरक्षित मानिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय बजारमा भइरहेको परिवर्तनले सुनको मूल्य घटबढ हुन्छ । डलरको तुलनामा रुपैयाँको भाउ घट्नु पनि सुनको भाउ बढ्नुको कारण हो । योबाहेक अरु पनि धेरै कारणले सुनको भाउ प्रभावित भइरहेको हुन्छ । 


Advertisment
Nabil box
Kumari

विश्वभरको सुनको मूल्य लन्डन बुलियन मार्केटले निर्धारण गर्छ । यो संसारमा सुनको कारोबारको प्रमुख मञ्च हो । विश्वका ठूला सुन खानी व्यवसायी र उद्योगीहरू लन्डन बुलियन मार्केटसँग जोडिएका छन् । अहिले यो बजारमा सुनको भाउ उकालो लागेको छ, जसको असर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । विश्वव्यापी रूपमा युद्धको अवस्थाले पनि सुनको मूल्यमा असर गरेको समाचारमा उल्लेख छ । 

Vianet communication

सामान्यतया भनिन्छ कि जब तपाईंसँग पैसा हुन्छ, तपाईंले सुन किन्नु पर्छ। तर, लगानी छोटो अवधिका लागि भएमा सुन किन्नु राम्रो निर्णय नभएको विश्वास गरिन्छ । 

पछिल्लो दुई/तीन वर्षमात्रै विश्व अर्थतन्त्रले विभिन्न किसिमका अवरोध खेप्यो । कोरोना महामारीले लामो समय विश्व अर्थतन्त्र ठप्प रह्यो । त्यसलगत्तै युक्रेन-रसिया र इजरायल-प्यालेस्टिन युद्ध सामना गरिरहेको छ । आपूर्ति प्रणाली प्रभावित बनेको छ ।

जसले गर्दा लगानीकर्ता अन्य व्यवसायभन्दा सुनमा आकर्षित भएका छन् । लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्रको रूपमा अंगाल्दै लगानी बढाएका छन् । युद्धले प्रत्यक्ष असर नगर्ने र सुरक्षित ‘कमोडिटी’ भएका कारण सुन खरिद गर्नेको संख्या बढ्दो छ ।

 

मानिसहरू सुरक्षित लगानीको विकल्प खोजिरहेका छन् । ऐतिहासिक रूपमा सुनलाई सुरक्षित लगानीका रूपमा लिइन्छ । नेपाल-भारतलगायत एशियाली देशहरूमा सुनलाई पूँजीका रूपमा हेरिन्छ, तर अन्य देशहरूमा सुनलाई लगानीको रूपमा हेरिन्छ ।

सुनको भाउ निरन्तर उकालो लाग्ने हो भने धेरैले आफ्नो सुन बेच्ने सोच्न सक्छन् । तर, त्यसो गर्नबाट जोगिनु पर्ने विज्ञहरू बताउँछन् । जहाँसम्म सेयर बजारको सवाल छ, त्यसको मूल्य बढेपछि हामी सेयर बेच्न सक्छौँ, तर सुनलाई त्यसरी हेर्नु हुँदैन। केही समय पर्खनुपर्छ, त्यसो गर्नु नै बुद्धिमानी हुन्छ।

विगत २० वर्षलाई हेर्दा सुनको भाउ लगातार बढिरहेको छ । यसको एउटा कारण बजारमा सुनको माग बढेको पनि हो । 

अन्तर्राष्ट्रिय वित्तीय फर्म जेपी मोर्गनको अनुमान अनुसार सुनको भाउ अझै बढ्न सक्छ । सन् २०२५ सम्म सुनको भाउ बढ्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x