×

NMB BANK
NIC ASIA

गगनको प्रस्ताव

प्रचण्ड, देउवा र ओलीलगायत सबैको सम्पत्ति छानबिन गरौं– गगन थापा

काठमाडाैं | चैत २८, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका महानमन्त्री गगनकुमार थापाले २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिक र प्रशासनिक नेतृत्व सम्हालेका व्यक्तिको सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । उनले वर्तमानदेखि पूर्वप्रधानमन्त्री सम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । 

Muktinath Bank

पशुपति मित्र मावि चाबहिलको हीरक महोत्सवलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि अपराध गर्नेले कारबाही भोगेमा राज्यप्रति भरोसा बढ्ने बताएका हुन् । ‘२०४६ सालपछि नेपालको राजनीतिक, प्रशासनिक नेतृत्व जो–जोले जिम्मा लियौं जवाफदेही हुनुपर्छ । राजनीतिक नेतृत्व कांग्रेसका सभापतिको, एमाले अध्यक्षको अहिलेका प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री र हामी मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गरौं’ थापाले भने, ‘सोसंगै ठूला प्रकरणको पनि छानबिन गरौं । जिम्मेवार भएका मानिसलाई दण्ड पाउनु पर्छ भन्ने स्थापित गरौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको कुरा उठेपछि रास्वपाले सम्पत्ति छानबिनको माग गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

महामन्त्री थापाले सहकारी ठगी सम्बन्धमा राज्यका निकायले अनुसन्धान नगरेकोले संसदीय छानबिन जरुरी रहेको बताए । ‘सहकारीको प्रकरणमा अर्बौं ठगी भएको छ । अस्तिसम्म सहकारी विज्ञ भनेर भाषण गर्दै हिड्ने केपी उप्रेती ८ अर्ब खाएर हिड्छ । खाएर भागेको निकायलाई हेर्न राज्यका निकाय छ, तर, कसैले हेर्दैनन्’ थापाले भने, ‘जतिसुकै शक्तिशाली होस्, कांग्रेस, माओवादी एमाले, नयाँ पुरानो पूर्वप्रधानमन्त्री या भावी प्रधानमन्त्री जतिसुकै शक्तिशाली भए पनि अपराध गर्नेले सजाय पाउँछ भन्ने भयो भने समाज अगाडि बढ्छ ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x