×

NMB BANK
NIC ASIA

छैटौँ खेलमा राजस्थानको पाँचौँ जीत, पञ्जाब ३ विकेटले पराजित

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels
Marvel

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । शनिवार साँझ मोहालीमा पाहुना टोली राजस्थानका कप्तान सञ्जु सामसनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए ।  

Muktinath Bank

जसलाई उनका बलरहरूले सही साबित गर्दै घरेलु टोली पञ्जाबलाई १४७ रनमा सीमित गरे । जवाफमा पाहुना टोलीले सुस्त शुरूवात गरेको थियो । तर अन्त्यमा सिमरोन हेटमायरको छोटो तर महत्वपूर्ण २७ रनको पारी खेल्दै राजस्थानलाई जीत दिलाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमित कप्तान शिखर धवन बिना नै मैदान उत्रिएको पञ्जाबको ओपनिङ ब्याटिङमा जोनी बेयरस्टो र अथर्व तायडे आएका थिए । दुवै ओपनर १५–१५ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रभसिमरन सिंहले जम्मा १० रनमात्र बनाए । मध्यक्रममा कप्तान साम करणले ६ र जीतेश शर्माले १ चौका र २ छक्काको मद्दतले २९ रन बनाए । तल्लो अर्डरमा शशांक सिंहले ९ रन र लियाम लिभिङस्टोनले २१ रन बनाएर आउट भएका थिए ।


Advertisment
Nabil box
Kumari

अन्तिममा पञ्जाबका आशुतोष शर्माले उत्कृष्ट ब्याटिङ गरे । आशुतोषले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए । राजस्थानका आभेष खान र केशव महाराजले २–२ विकेट लिए ।

Vianet communication
Laxmi Bank

१४८ रनको लक्ष्यको जवाफमा रोयल्सका लागि ब्याटिङको ओपनिङका लागि यशस्वी जैसवाल र तनुष कोटियान आए पनि दुवैबीच ८.२ ओभरमा ५६ रनको सुस्त साझेदारी भयो । तनुषले ३१ बलमा २४ रन बनाए । 

यसपछि यशस्वी जैसवालले पनि राम्रो सुरुवातलाई ठूलो पारीमा परिणत गर्न सकेनन् । जैसवाल २८ बलमा ३९ रन बनाएर आउट भए । सञ्जु सामसनले १८ रन, रियान परागले २३ रन र ध्रुव जुरेलले ८ रन जोडे ।

रोभम्यान पावेलले ५ बलमा ११ रनको छोटो तर महत्वपूर्ण इनिङ खेले भने अन्तिम ओभरमा सिमरोन हेटमायरले खेलको अन्त्य गरे । हेटमायरले १० बलमा १ चौका र ३ छक्का सहित २७ रन बनाए । पञ्जाबका लागि कागिसो रबाडा र साम कुरानले सर्वाधिक २–२ विकेट लिए ।

छैटौँ खेलमा पाँचौ जीतपछि राजस्थान १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस्तै पराजित भएको पञ्जाब ४ अंकसहित आठौं स्थानमा छ । पञ्जाबले ६ खेल खेल्दा २ मा मात्र जीत हात पारेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x