×

NMB BANK
NIC ASIA

प्रसाईंले सामान्य हतियारको अनुमति लिएर अटोमेटिक राइफल आयात गरेको छानबिन समितिको निष्कर्ष

काठमाडाैं | बैशाख ३, २०८१

NTC
Premier Steels

दुर्गा प्रसाईंलाई आयात अनुमति दिएको भन्दा फरक हतियार आयात भएर आएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

Muktinath Bank

गृह मन्त्रालयको अनुमतिबमोजिम हतियार आयात गर्न दिइएको भन्दा फरक प्रकृतिको हतियार प्रसाईंले आयात गरेको हुनाले छानबिन समितिले वाणिज्य विभाग र भन्सार विभागलाई पत्र काटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'जुन हतियार आयात गर्नका लागि अनुमति दिइएको थियो, सोहीबमोजिमको हतियार आयात भएको देखिँदैन,' छानबिन समितिका सदस्य एकदेव अधिकारीले लोकान्तरसँग भने, 'आयात अनुमति दिइएको स्पेसिफिकेसन बमोजिमको हतियार नभएर फरक प्रकृतिको हतियार कसरी आयात भयो भनी समितिले वाणिज्य विभागलाई पत्र लेखेको छ ।'


Advertisment
Nabil box
Kumari

अटोमेटिक हतियार ल्याउनका लागि अनुमति नदिइएको तर प्रसाईंले ल्याएको हतियार अटोमेटिक नै रहेको छानबिन समितिको निष्कर्ष छ ।

Vianet communication

'सम्बद्ध वाणिज्य विभाग र भन्सार विभागलाई हामीले पत्राचार गरेर भन्सारमा जुन प्रज्ञापन पत्र छ, त्यही प्रज्ञापन पत्रबमोजिम भयो कि भएन ? भएन भने कसरी हुन गयो भनेर छानबिन समितिले पत्राचार गरेको हो,' अधिकारीले थपे, 'अहिले हामीले प्रतिवेदन लेख्न शुरू गरे पनि सबैतिरबाट जवाफ आएपछि प्रतिवेदन लेखनको काम टुंग्याएर बुझाउनेछौं ।'

इजाजत पाएको हतियारभन्दा फरक हतियार आयात भएको कुरालाई परीक्षण गर्नका लागि प्रहरी ल्याबमा पठाइएको भएपनि त्यसको परीक्षण प्रतिवेदन अझैसम्म आइनसकेको उनले खुलाए ।

प्रसाईको हतियार सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले छानबिन लगभग टुंग्याएको छ । मन्त्रालयका सहसचिव राजेन्द्र देव पाण्डेको संयोजकत्वमा गत चैत १६ गते १५ दिनको म्यादसहित छानबिन समिति गठन भएको थियो ।

छानबिन समितिमा गृह मन्त्रालयका कानून उपसचिव ऋषि पौडेल, सूचना अधिकारी समेत रहेका उपसचिव एकदेव अधिकारी र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्  ।

समय अभाव भएकाले समितिलाई थप १ हप्ताको समय प्रदान गर्न भनिएको छ । छानबिन समितिका सदस्य ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई  जिल्ला प्रशासन कार्यालय झापा पुगेर फर्किएका छन् ।

सबै कागजात हेर्ने, बुझ्ने, भेरिफाइ गर्ने, संलग्न कर्मचारी तथा पदाधिकारीसँग बुझ्ने लगायतका प्रारम्भिक कार्य सकिएको छानबिन समिति सदस्य अधिकारीले बताए ।

२०७५ असार २१ गते प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट हतियार प्रयोगको अनुमति पाएका थिए । २०७९ पुस ७ मा २०८१ असार मसान्तसम्मका लागि इजाजत नवीकरण समेत भएको देखिएको छ ।

नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने इजाजत पत्रमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x