×

NMB BANK
NIC ASIA

‘ऐश्वर्य’का ‘डन’, जो आफैंलाई चिन्दैनन्

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २८ असोज– र्याम्प मोडल प्रशान्त ताम्राकार यतिबेला चलचित्र ‘ऐश्वर्य’ को ट्रेलरबाटै चर्चामा छन् । चलचित्र ‘एश्वर्य’ मा खलनायकका रूपमा देखिएका ताम्राकार पेशाले फेसन डिजाइनर, –याम्प मोडल, इभेन्ट म्यानेजरका रुपमा पनि परिचित छन् । अहिले भने उनलाई कलाकारका रुपमा पनि दर्शकले ‘नोटिस’ गर्न थालेका छन् । चलचित्र रिलिज नहुँदै आफूले पाएको चर्चाले गर्दा यतिबेला उनी आशावादी छन् ।prashant tamrakar

फेसन डिजाइन प्रशान्त प्रायः वास्तविक जीवनमा पनि फरक गेटअपमा भेटिन्छन् । चलचित्र एश्वर्यमा पनि उनको गेटअपको राम्रै प्रशंसा हुने गरेको छ । फिल्ममा केही फरक शैलीमा देखिएका ताम्राकारले लगाउने पहिरन भने साधारण नै हुने गर्छ । ‘बरु मेरो हेयर स्टाइल फरक हुनसक्छ तर ड्रेस सामान्य नै हुन्छ ।’, हाफ पाइन्ट, चप्पल र साधारण कमिजमा भेटिएका प्रशान्त सुनाउँछन्, ‘यस्तै सामान्य पहिरनमा हिँड्न सहज लाग्छ ।’

चलचित्र ‘ऐश्वर्य’ को रिलिज मितिको प्रतीक्षामा रहेका प्रशान्तलाई आफूले चौंथो फिल्मसम्म काम गर्दा पहिलेभन्दा फरक लागेको अनुभव सुनाउँछन् ।
खलनायकका रुपमा चलचित्रमा देखिएका प्रशान्तलाई फिल्म शूटिङ गर्दा नै धेरैले राघबको नामले बोलाउने गरेको उनी स्मरण गर्छन् । चलचित्रमा राघबजंग जबराको भूमिकाको प्रस्ताव आउँदा आफूलाई उक्त भूमिका निभाउन सक्छु भन्ने नलागेको प्रशान्त बताउँछन् । ‘शुरुमा त म आफैलाई विश्वास थिएन, पछि मेकअप ब्यायले मेकअप गर्दागर्दै तपाईको हाउभाउ राघबको भइसक्यो भन्न थाल्यो,’ ताम्राकार आफ्नो चरित्रका बारेमा बताउँदै भन्छन्, ‘म फिल्मको पात्रमा यति डुबेछु कि, म प्रशान्त ताम्राकार हुँ भन्ने नै भुल्थें ।’

चलचित्रमा उनी अभिनेता रमेश उप्रेतीको विरुद्धमा देखिएका छन् । यतिबेला उनलाई के कुराले खुशी दिलाएको छ भने ट्रेलरमा देखिएको लुक्स नै धेरै दर्शकका लागि चासोको विषय बनेको छ । उनी यो चलचित्रमा दर्शकले आफूबाट धेरै आशा राखेको बताउँछन् । उनी आफ्नो चरित्रलाई शत–प्रतिशत न्याय गरेको पनि दाबी गर्छन् ।

‘म आफैले पनि धेरै आशा गरेको फिल्म हो यो । र, अहिले दर्शकले पनि मबाट आशा गर्नुभएको छ ।’ उनी सुनाउँछन्, ‘यो भूमिकाको अफर आउँदा म आफैलाई आत्मबल थिएन । ’

आत्मबल थिएन । अर्थात, शुरुमा चलचित्रमा राघबको बारेमा सुन्दा नै उनलाई विश्वास लागेको थिएन । निर्देशकको प्रस्तावलाई पनि अस्वीकार गर्न गाह्रो भएको थियो । ‘फिल्ममा मलाई दिइएको भूमिका सुनेर सोधें, के यो भूमिका मैले गर्न सक्छु भन्ने लाग्छ तपाईलाई?’ उनी थप्छन्, ‘मेरो प्रश्नमा उहाँहरुले तपाईंको विकल्प नै छैन भन्दिनुभयो, आफैलाई राघबको भूमिका निभाउन सक्छु भन्ने विश्वास मलाई भन्दा धेरै उहाँहरुलाई थियो ।’

‘अहिले भने फिल्ममा आफैले गरेको अभिनय देख्दा मैले आफैलाई चिन्दिन, फिल्ममा भएको ‘म’ आफू नभएर चरित्रको राघब हो कि झैं लाग्छ ।’, उनी मुस्कुराउँदै सुनाउँछन् ।

चार चलचित्रमा अभिनय गरिसके पनि उनलाई कलाकार भनेर चिनाउन भने अझै पनि असहज लाग्ने बताउँछन् । इभेन्ट म्यानेजर र मोडलका रुपमा धेरैले चिनिसके पनि कलाकार भनेर आफूलाई अझै दर्शकले स्वीकार नगरिसकेको उनी बताउँछन् । ‘कलाकार बन्छु भनेर बन्ने कुरा होइन, यो त दर्शकले स्वीकार्ने कुरा हो ।’ उनी थप्छन्, ‘मलाई अझै पनि धेरैले कलाकारका रुपमा चिन्नुभएको छैन, चलचित्र ऐश्वर्यले मेरो करिअर (वृत्ति) लाई फाइदा पु–याउनेछ ।’

विदेशी बजारमा नेपाली चलचित्रको बजार विस्तार गर्न धाउन्नमा लागेका प्रशान्तले नेपाली चलचित्रमा विदेशी चलचित्रको बजार प्रवद्र्धन गर्ने काममा पनि जुटेका छन् ।
भविष्यमा समेत नेपाली चलचित्र र यसको विकासमा निरन्तर रुपमा लागिरहने बताउँछन् उनी । ‘केही समय त कलाकारकै रुपमा काम गर्छु, पछि भने आफै फिल्म निर्माण गर्ने सोच छ,’ प्रशान्त थप्छन्, ‘कमै फिल्ममा अभिनय गरे पनि कुनै न कुनै तरिकाले फिल्मसँग जोडिएकै छु ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x