बैशाख २७, २०८१
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिन वज्रका विशाल सुनुवार, केडब्लुडब्लुका सरोज श्रेष्ठ, क्योकुसिन कानका रविन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५० केजीमा एपीएफका सुनिल तामाङ, क्योकुसिन वज्रका विज्ञान तोलङगे, आईकेकेएफका सुशिल अधिकारी, आईकेओका दिपेन्द्र रोकाय, क्योकुसिन वज्रका हेमन्त बस्नेत, आईकेएका अनिल लोहार, आईकेकेएफका सुजन तामाङ र क्योकुसिन वज्रका सुसन लामा क्वाटरफाइनलमा पुगे ।
महिला खुलामा आर्मीकी अनुपा नेपाली, एपीएफ रिना माझी, क्योकुसिन वज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।
पुरुष÷महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...