×

सहकारी ठगीमा गृहमन्त्री संलग्न छन्, उनले कुनै हालतमा उन्मुक्ति पाउनु हुन्न: शेखर कोइराला

काठमाडाैं | जेठ १०, २०८१

फाइल तस्वीर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेकोमा द्विविधा नभएको भन्दै कुनैपनि हालतमा उन्मुक्ति पाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा गरेको कार्यक्रममा कोइरालाले लामिछानेलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएका हुन् । 

‘मैले अहिले हरेक मिडिया फलो गरिरहेको छु । सामाजिक सञ्जाल पनि हेरिरहेको छु । गृहमन्त्रीका दुई पासपोर्ट र नागरिकता हुँदा लेखिरहनुभएको छैन । संसद्मा महासचिव पदमप्रसादको दुई नागरिकता पासपोर्ट छन् । तर उहाँको केही हुँदैन । छानबिन हुँदैन ?,’ उनले प्रश्न गरे, ‘सञ्चारमाध्यममा लेख्नुपर्छ । हामीले बोल्नुपर्छ । देशको कानून गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले सहकारी ठगीमा उन्मुक्ति दिने ? यो हुन सक्दैन । सहकारी ठगीमा गृहमन्त्री संलग्न हुनुहुन्छ । यसबाट उहाँले उन्मुक्ति पाउने हुँदैन भन्नेमा कांग्रेसको प्रष्ट छ । यसमा द्विविधा छैन । जसले बचाउन खोज्छ पार्टी, दल र व्यक्ति भएपनि एक्सपोज गरेर जान्छौं ।’


Advertisment

मकै पोलेर, पानी र चिया बेचेर जम्मा गरेको पैसामा खुलेआम ठगी हुँदा चुप लागेर बस्न नसकिने कोइरालाले बताए । पछिल्लो कान्तिपुर प्रकरणले सरकारको निरंकुश चरित्र उजागर गरेको उनको भनाइ छ ।


Advertisment

‘प्रधानमन्त्रीले पहिलो दिन कैलाश सिरोहियालाई समाएको थाहा छैन भन्नुभयो । समात्नलाई हिजो मैले नै अर्डर गरेको भन्नुभयो । यो दशमा के भइरहको छ ? सरकार छ कि छैन । यसरी नै देश चलाउने हो भने हामी कहाँ पुग्छौं ?’ उनले भने, ‘सरकार कसरी सञ्चालन भएको छ ? यो गम्भीर छ । रोहिंग्या नागरिकको हिसाबले गडबड होला, गलत भए दण्ड पाउनुपर्छ । तर यो किन गरिएको छ । बूढी मरी भन्दा काल पल्कियो भन्ने समस्या छ । व्यक्ति कैलाश केही होइन । अहिले कान्तिपुरलाई जसरी आक्रमण गरिएको छ, यो अनुचित छ ।’
 

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x