×

NIC ASIA

सुदूरकी छोरीको कला यात्रा

दुई दर्जन देउडा गाएकी पशुपतिः पाँच वर्ष गुमनाम, ‘सँगै लैजा मलाई’ले चर्चामा

धनगढी | जेठ १२, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘तड्पेला यो मुटु सास फेर्न मुस्किल होला, तड्पेला यो मुटु ।

कसो गरी छुटूँ ,गलिका परानी मेरा कसो गरी छुटूँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सँगै लैजा मलाई त्यति माया मान्ने भए सँगै लैजा मलाई ।


Advertisment
Rupse Holidays
Nabil box

मुटु जलाई जलाई म एक्ली कसरी रौला मुटु जलाई जलाई ’’

Vianet communication

यो शब्द हो गायिका पशुपति खनालको ‘सँगै लैजा मलाई’ बोलको देउडा गीतको ।  सुरिलो र जादुमय स्वरका कारण देउडा गायिका पशुपति यतिबेला चर्चामा छिन् । साङ्गीतिक क्षेत्रमा लामो सङ्घर्ष गरेकी पशुपतिलाई नचिन्ने देउडाप्रेमी निकै कम छन् । गायिका खनालले दुई दर्जनभन्दा बढी देउडा गीतमा स्वर दिइसकेकी छिन् भने तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘सँगै लैजा मलाई’, ‘मदनकी मनाङ’, ‘साइकि प्यारी’, ‘म अभागी’लगायतका गीत चर्चामा छन् ।

null

अनि बनिन् गायिका...

अछाम साँफेबगरकी पशुपतिले साङ्गीतिक माहोलले भरिपूर्ण परिवारमा जन्म लिइन् । उनकी आमा देउडा गाइरहन्थिन् । उनका दाजुले गजल लेख्थे भने अन्य दिदीहरूले पनि गीत गुनगुनाइरहन्थे । सात दिदीभाइमध्ये पशुपति पनि बाल्यकालबाटै गाउन र नाँच्न खुब मन पराउँथिन् । विद्यालय र गाउँघरमा हुने कार्यक्रमहरूमा नाँच्न–गाउन उनी अग्र पङ्क्तिमा हुन्थिन् ।  ब्राह्मण परिवारमा जन्मिएकी पशुपतिलाई त्यतिबेला कला क्षेत्रमा लाग्न त्यति सहज थिएन । सायद कला र गला भएता पनि उनले आफूभित्रको प्रतिभा बाहिरी रुपमा खुलेरै प्रस्तुत गर्न सकिरहेकी थिइनन् । वा भनौँ उनलाई सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउन–नाच्न घरपरिवारबाट अनुमति थिएन । नाच्ने–गाउने काम ब्राह्मण वर्गको गर्नुहुँदैन भन्ने सुदूरपश्चिमबासीको सङ्कीर्ण सोच रहेकाले उनलाई कार्यक्रमहरूमा भाग लिन दिइँदैनथ्यो । तर पशुपति भने बेला मौकाको सदुपयोग गर्दै विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिइरहन्थिन् । गीत गाउन मन पराउने उनले धनगढीमा सुप (सुदूरपश्चिम) आइडल भइरहेको जानकारी पाइन् । ’आइडलमा भाग लिनका लागि घरबाट आउन दिने कुरा थिएन । त्यसैले स्कूलबाट सहभागिता गराउँदै छन् भनेर मैले घरमा कुरा राखेँ । यसपछि आमाबुवाले पनि मलाई जान दिनुभयो । सुप आइडलमा म टप टेनभित्र पर्न सफल भएँ । गाउँभरि मेरो चर्चा भयो । मैले हौसला पाउँदै गएँ,’ उनले भनिन् ।

null

सुप आइडलमा पशुपति टप टेनभित्र परेपछि उनको कलाकारिताको चर्चा गाउँघरदेखि शहर–बजार जताततै हुन थाल्यो । उनको छिमेकी गाउँमा रहेका वीरेन्द्र वड साङ्गीतिक क्षेत्रमै थिए । पशुपतिको गायन कलाबाट प्रभावित भएका उनले गीत रेकर्डिङका लागि काठमाडौं लैजाने मनसाय बनाए । ’वीरेन्द्र दाइले मेरो घरमै आएर बुवालाई सम्झाउनुभयो । बहिनीको आवाज धेरै राम्रो छ । साङ्गीतिक क्षेत्रमा उसको भविष्य देखेको छु । उसको आवाजमा गीत रेकर्ड गर्नका लागि बहिनीलाई काठमाडौं पठाइदिनुस् । गीत रेकर्ड गराउने जिम्मा मेरो भयो भन्दै उहाँले सम्झाएपछि बुवा पनि मलाई काठमाडौं पठाउन तयार हुनुभयो । संयोगवश मेरो दाइ पनि त्यतिखेर काठमाडौंमै हुनुहुन्थ्यो,’ पशुपतिले विगत सम्झिइन् ।

साङ्केतिक क्षेत्रमा पाइला चाल्दै गरेकी पशुपतिले काठमाडौंमा गएर ‘सँगैसँगै तिमीसँगै मेरो भाग्य देखाइदेऊ’ बोलको गीत रेकर्ड गरिन् । एउटा गीत रेकर्ड गर्न काठमाडौं आएकी पशुपतिलाई अर्को पनि रेकर्ड गर्ने मौका जुर्यो । उनका दाइ कृष्ण खनालले लेखेको ‘यो मन खाने काले’ बोलको गीत पनि पशुपतिकै आवाजमा रेकर्ड भयो । गीत रेकर्डिङपछि पशुपति पुन अछाम फर्किन् । केही समय गाउँघरमै बिताइन् । अब उनले करियरको एउटा पाटो समातिसकेकी थिइन् । कलाकार बन्ने उनको सपना साकार बन्दै थियो । त्यसका लागि पनि पशुपतिलाई काठमाडौं नै कर्मथलो बनाउनुपर्ने बाध्यता थियो । फलस्वरुप केही समयपछि उनी काठमाडौंमै बस्ने गरी अछामबाट हिँडिन् । अधिकांश नेपालीको सपनाको शहर काठमाडौंमा उनले सङ्घर्ष गर्न थालिन् ।

रेखाको त्यो साथ, लुडो खेल्दा शुरू भयो प्यार !

साङ्गीतिक क्षेत्रमा गायिका रेखा जोशीले नाम कमाइसकेकी थिइन् । उनले थुप्रै चर्चित गीत बजारमा ल्याइसकेकी थिइन् । गायनमा भविष्य खोजिरहेकी पशुपतिले गायिका रेखासँग रुम पार्टनर भएर  बस्ने अवसर पाइन् । रेखासँग दुई वर्ष कीर्तिपुरमा सँगै बसेकी पशुपतिले म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाइन् । पशुपति गायनसँगै अभिनय कलामा पनि पोख्त थिइन् । रेखाले पशुपतिलाई म्युजिक भिडियोको सुटिङ हेर्न लगिन् ।

null

त्यही क्रममा गायिका शोभा थापाको नजर पशुपतितिर पर्यो । उनले म्युजिक भिडियोका लागि अवसर दिइन् ।  ’रेखा दिदीसँगको साथ मेरा लागि स्मरणीय छ । अविस्मरणीय छ । उहाँबाट धेरै कुरा सिक्न पाएँ, हौसला अनि प्रेरणा पनि लिएँ । हामी खुब मिल्थ्याैँ । दिदीले मलाई धेरै माया गर्नुहुन्थ्यो । झण्डै दुई वर्ष हामी सँगै बस्यौँ,’ पशुपति भन्छिन्, ‘त्यसपछि उहाँकी बहिनी आएपछि र मेरो विवाह भएपछि हामी अलग–अलग बस्न थालेका छौँ । दिदीले साथ सहयोग अहिले पनि गरिरहनुभएको छ ।’

गायिका पशुपतिसँग स्मरणीय क्षण थुप्रै छन् । साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेका बेला बजारमा चल्न नसक्नु उनका लागि दुःखद पक्ष थियो । एक दर्जन गीत गाइसक्दा पनि गायिका पशुपति भनेर चिनिएकी थिइनन् ।  उनका अङ्कल महेन्द्र खनालले फेसबूकमा सन्तोष जैसीलाई जन्मदिनको शुभकामना दिए । पशुपतिले पनि उनलाई म्यासेन्जरमार्फत शुभकामना दिइन् । अनि उनी र सन्तोषबीच कुराकानी हुन थाल्यो । ‘मैले अलि चाँडै रिप्लाई फर्काउन थालेँ । त्यहीबाट हामीहरूको संवाद शुरू भयो,’ पशुपति सम्झिन्छिन् । त्यो समयमा पशुपति र रेखा र सन्तोष मिलेर अनलाइन लुडो खेल्थे । लुडो खेल्दा खेल्दै पशुपतिको ती युवासँग प्रेम शुरू भएको थियो । यो कुरा पशुपतिले रेखालाई पनि सुनाइन् ।

null 

रेखाले पनि केटाबारे सकारात्मक प्रतिक्रिया दिइन् । त्यो समयमा सन्तोष दुबईमा थिए । सामाजिक सञ्जालबाटै शुरू भएको सम्बन्ध विवाह गर्नेसम्म पुग्यो । पशुपतिलाई माग्न सन्तोषको परिवार घरमै आए । वार्ता सकारात्मक उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो । विवाहपछि पनि पशुपति गायन क्षेत्रबाट चर्चामा आउन सकेको थिइनन् ।

‘सँगै लैजा मलाई’ले एकाएक चर्चामा

साङ्गीतिक क्षेत्रमा पाइला चालेको ५–६ वर्षसम्म पनि चिनिन नसकेपछि पशुपतिलाई उनका शुभचिन्तकहरूले हराउँदै गएको संज्ञा दिन्थे । उनले गाएका गीतहरू पनि हिट हुन सकिरहेका थिएनन् । विवाहको केही समयपछि श्रीमानको पनि वैदेशिक रोजगारीका लागि जाने तयारी भइरहेको थियो । पशुपतिकी आमा देउडा गाउन र शब्द मिलाउन पोख्त थिइन् । आफ्नै जीवनमा भोगिरहेका विषय आमालाई बताउँदै पशुपतिले यही अवस्थाको गीत बनाइदिन आग्रह गरिन् । उनकी आमाले ‘लैजा मलाई’ बोलको गीत तयार गरिन् । पशुपति लगायत सबैलाई त्यो गीत खुबै मनपर्यो ।  पशुपतिले आफ्नै लगानीमा त्यो गीत तयार गरिन् । त्यो टिकटकमा भाइरल बन्यो । २० हजारभन्दा बढी टिकटकर त्यो गीतसँग जोडिए । ‘सबैको मन–मनमा गीत बस्न सफल भयो । मलाई पनि पशुपति खनाल भनेर यही गीतले चिनायो । यसले मलाई निकै खुसी मिल्यो,’ उनी भन्छिन्, ‘म्युजिक भिडियोमा पनि श्रीमान् र मैले नै अभिनय गर्यौँ । यो गीतसँग मेरा धेरै भावना जोडिएका छन् ।’

null

‘सँगै लैजा मलाई’ बोलको गीतबाट सफलता पाएपछि पशुपतिले ‘साइको मेरो यात्रा हुनु रानी चडा’ बोलको गीत निकालिन् । त्यो गीतले पनि सफलता पायो । देउडाप्रेमीहरूले त्यो गीतलाई निकै रुचाए ।

एकपछि अर्को सफलता मिल्दै गएपछि विभिन्न क्षेत्रबाट पशुपतिलाई अवसरहरू मिलिरहेका थिए । त्यही क्रममा बझाङका दीपक सङ्गम बीसीले ‘मदनकी मुना साइकी प्यारी म अभागी’ बोलको गीत गाइदिनका लागि आग्रह गरे । ’यो गीतले पनि साङ्गीतिक क्षेत्रमा एउटा तरङ्ग नै ल्यायो । सबैको मन–मनमा बस्न सफल भयो । यसमा मेरा श्रीमान् सन्तोष र सुस्मिता कुँवरले अभिनय गर्नुभएको छ । धेरै चलेको गीतमध्ये यो गीत एक हो । यसको म्युजिक भिडियो पनि धेरै राम्रो छ,’ उनले थपिन् ।

पाँच वर्ष गायन क्षेत्रमा सङ्घर्ष गरेर पनि आफूलाई चिनाउन नसकेकी पशुपतिले पछिल्लो समय भने केही उत्कृष्ट गीतबाट साङ्गीतिक दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेकी छिन् । अहिले उनलाई नचिन्ने देउडाका दर्शक श्रोता निकै कम छन् ।

एउटै ध्येयः देउडा संरक्षण

पछिल्लो समय हराउँदै गएको देउडा गीत संरक्षणमा गायिका पशुपतिले योगदान दिइरहेकी छिन् । हालसम्म उनले दुई दर्जनभन्दा बढी देउडा गीतमा आवाज दिइसकेकी छिन् । आगामी दिनमा पनि देउडा गीत सङ्गीतमै सङ्घर्ष गर्ने उनको ध्येय छ । प्लस टू लेभलमा आम सञ्चार (मास कम्युनिकेसन) अध्ययन गरेकी पशुपति अहिले भने रत्नराज्य लक्ष्मी कलेजमा सङ्गीत विषय लिएर पढिरेहकी छिन् । उनले एसएलसी दिएलगत्तै अछामस्थित रेडियो बान्नीगढी पनि केही समय काम गरेकी थिइन् । झण्डै आठ महिना रेडियोमा बिताएकी पशुपतिले मिडिया क्षेत्रमा सोचेजति सफलता पाउन नसकेपछि साङ्केतिक क्षेत्र तिरै पाइला मोडेकी थिइन् । ’एसईईपछि मैले रेडियोमा काम गर्ने अवसर पाएँ । कार्यक्रम चलाउनेदेखि समाचार वाचिका, मार्केटिङलगायत सबै कुराको ज्ञान रेडियोबाट लिएँ । सञ्चार क्षेत्रमा सोचेजस्तो भविष्य नदेखेपछि मैले साङ्गीतिक क्षेत्र नै रोजे अहिले पनि यसै क्षेत्रमा सङ्घर्ष गर्दैछु,’ उनी भन्छिन् ।

null

देउडा संस्कृति कला सभ्यता संरक्षणका लागि उनले सक्दो प्रयास गरिरहेकी छिन् । देउडा गीतमा उनी संख्यालाई भन्दा गुणस्तरलाई जोड दिन थालेकी छिन् उनी । उनले नै तयार गरेका सातभन्दा बढी गीत बजारमा आउने तयारीमा छन् । ’देउडा हाम्रो सभ्यता हो । जननी हो । यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । यदि हामीले देउडा गीत गाएनाैँ भने अब आउने पुस्ताले यसको महत्वबारे थाहा पाउँदैनन् । अझ भनौं देउडा भनेको के हो भन्नेसम्म बुझ्दैनन्,’ दार्शनिक पारामा उनी भन्छिन्, ‘यसको संरक्षणका लागि हामी सबैले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ । अहिलेका युवा पुस्ताले देउडामा पनि मोडरेट खोजिरहनुभएको छ । सबै सुहाउँदो प्रस्तुति पस्किन कलाकारहरूले प्रयास गरिरहेका छौँ ।’

देउडाबाहेक लोकदोहोरी गीत पनि बजारमा ल्याउने पशुपतिलाई रहर छ । उसो त उनले ‘यो मन खानेकाले’ बोलको लोकदोहोरी गीत रेकर्ड गरिसकेकी छिन् । केही दिनभित्रै अन्य लोकदोहोरी गीत पनि बजारमा ल्याउने उनको तयारी छ ।

संयोग पनि कस्तो पशुपति र उनका श्रीमान् सन्तोषको एकैदिन जन्मदिन परेको छ । सन्तोष यति बेला वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । पशुपति साङ्गीतिक क्षेत्रमा काठमाडौंमै सङ्घर्ष गरिरहेकी छिन् । पशुपति र सन्तोषको जन्मदिन जेठ १२ गते अर्थात् आजै हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x