×

अर्थमन्त्री पुनको जिल्लामा पर्यटन मन्त्रालयको 'गुरिल्ला' बजेट, अधिकांश रकम युद्ध पर्यटनमा

काठमाडाैं | असार ३, २०८१

अर्थमन्त्री वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत विनियोजन गराएका अधिकांश आयोजनाहरू युद्ध पर्यटनसँग सम्बन्धित रहेको देखिएको छ ।

पर्यटन मन्त्रालयले वार्षिक विकास कार्यक्रममा छुट्याएको २ अर्ब ९१ करोड ५ लाख ५० हजार बजेटमध्ये ८ करोड ५५ लाख रोल्पा जिल्लामा विनियोजन गरेको छ ।


Advertisment

विनियोजित बजेटका कार्यक्रमहरूमध्ये अधिकांश युद्ध पर्यटन र जनयुद्ध स्मृति संग्राहलयसँग सम्बन्धित देखिएको हो ।


Advertisment

रोल्पामा कालिका मन्दिर र मगर संस्कृति संग्रहालयमा १ करोड ३५ लाख छुट्याइएको छ । त्यस्तै, जनयुद्ध स्मृति संग्रहालय र शहीद स्मृति जीवित संग्रहालयका लागि पनि १ करोड ३५ लाख नै छुट्याइएको छ ।

'गुरिल्ला' अर्थमन्त्री भनेरसमेत चिनिने मन्त्री पुनले पर्यटनको अधिकांश बजेट जनयुद्धसँग सम्बन्धित विषयमा छुट्याउन लगाएका हुन् ।  

उनले युद्ध पर्यटन प्रवर्द्धनका लागि मात्र २ करोड ७० लाख छुट्याउन लगाएका छन्, जसमा परिवर्तन गाउँपालिका- २ मा ४५ लाख, ६ मा ४५ लाख, माडी- ५ मा ४५ लाख, होलेरीको पुरानो चौकीमा युद्ध पर्यटनका लागि ४५ लाख, पाटे गुम्चाल युद्ध पर्यटन विकासमा ४५ लाख छुट्याउन लगाएका छन् ।

हेर्नुहोस् बजेट :
बजेट रू हजारमा आर्थिक वर्ष २०८१/०८२ को अधिकांश बजेट प्रधानमन्त्री, मन्त्री र सत्ता साझेदार दलका शीर्ष नेताको गृहजिल्लामा केन्द्रित गरेको पाइएको छ ।

बढी बजेट खर्च गर्नेमध्ये भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाउँदा बजेट वितरणमा चरम असमानता तथ्य भेटिएको हो ।

मुख्यगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गृहजिल्ला (चितवन) तथा निर्वाचन क्षेत्र (गोरखा), सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला (झापा), अर्थमन्त्री पुनको गृहजिल्ला (रोल्पा) र तालुकवाला मन्त्रीको जिल्लामा बजेट खन्याएको देखिन्छ ।

अर्थमन्त्री पुनको रोल्पाले पनि मनग्गे पैसा पाउँदा शहरी विकास मन्त्री धनबहादुर बुढाले गृहजिल्ला डोल्पासँगै झापा र रोल्पामा पनि बढी बजेट खन्याएका छन् ।

यसक्रममा लोकान्तर टीमले ५ वटा मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाएर विश्लेषण गरेको छ । आव २०८१/०८२ को बजेटलाई मसिनोसँग केलाउने क्रममा लोकान्तरले कृत्रिम बौद्धिकता (एआई)को समेत प्रयोग गरेको थियो ।

पढ्नुहोस् लोकान्तरको विशेष रिपोर्ट:

'४ सुपर जिल्ला'र मन्त्रीको जिल्लामा बजेटको बाढी,अन्यत्र खडेरी ! [विशेष रिपोर्ट]

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x