२६ जेठ २०८३, मंगलबार

अर्थमन्त्री पुनको जिल्लामा पर्यटन मन्त्रालयको 'गुरिल्ला' बजेट, अधिकांश रकम युद्ध पर्यटनमा

असार ३, २०८१
काठमाडौं
अर्थमन्त्री पुनको जिल्लामा पर्यटन मन्त्रालयको 'गुरिल्ला' बजेट, अधिकांश रकम युद्ध पर्यटनमा

अर्थमन्त्री वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत विनियोजन गराएका अधिकांश आयोजनाहरू युद्ध पर्यटनसँग सम्बन्धित रहेको देखिएको छ ।

पर्यटन मन्त्रालयले वार्षिक विकास कार्यक्रममा छुट्याएको २ अर्ब ९१ करोड ५ लाख ५० हजार बजेटमध्ये ८ करोड ५५ लाख रोल्पा जिल्लामा विनियोजन गरेको छ ।

विनियोजित बजेटका कार्यक्रमहरूमध्ये अधिकांश युद्ध पर्यटन र जनयुद्ध स्मृति संग्राहलयसँग सम्बन्धित देखिएको हो ।

रोल्पामा कालिका मन्दिर र मगर संस्कृति संग्रहालयमा १ करोड ३५ लाख छुट्याइएको छ । त्यस्तै, जनयुद्ध स्मृति संग्रहालय र शहीद स्मृति जीवित संग्रहालयका लागि पनि १ करोड ३५ लाख नै छुट्याइएको छ ।

'गुरिल्ला' अर्थमन्त्री भनेरसमेत चिनिने मन्त्री पुनले पर्यटनको अधिकांश बजेट जनयुद्धसँग सम्बन्धित विषयमा छुट्याउन लगाएका हुन् ।  

उनले युद्ध पर्यटन प्रवर्द्धनका लागि मात्र २ करोड ७० लाख छुट्याउन लगाएका छन्, जसमा परिवर्तन गाउँपालिका- २ मा ४५ लाख, ६ मा ४५ लाख, माडी- ५ मा ४५ लाख, होलेरीको पुरानो चौकीमा युद्ध पर्यटनका लागि ४५ लाख, पाटे गुम्चाल युद्ध पर्यटन विकासमा ४५ लाख छुट्याउन लगाएका छन् ।

हेर्नुहोस् बजेट :
बजेट रू हजारमा आर्थिक वर्ष २०८१/०८२ को अधिकांश बजेट प्रधानमन्त्री, मन्त्री र सत्ता साझेदार दलका शीर्ष नेताको गृहजिल्लामा केन्द्रित गरेको पाइएको छ ।

बढी बजेट खर्च गर्नेमध्ये भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाउँदा बजेट वितरणमा चरम असमानता तथ्य भेटिएको हो ।

मुख्यगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गृहजिल्ला (चितवन) तथा निर्वाचन क्षेत्र (गोरखा), सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला (झापा), अर्थमन्त्री पुनको गृहजिल्ला (रोल्पा) र तालुकवाला मन्त्रीको जिल्लामा बजेट खन्याएको देखिन्छ ।

अर्थमन्त्री पुनको रोल्पाले पनि मनग्गे पैसा पाउँदा शहरी विकास मन्त्री धनबहादुर बुढाले गृहजिल्ला डोल्पासँगै झापा र रोल्पामा पनि बढी बजेट खन्याएका छन् ।

यसक्रममा लोकान्तर टीमले ५ वटा मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाएर विश्लेषण गरेको छ । आव २०८१/०८२ को बजेटलाई मसिनोसँग केलाउने क्रममा लोकान्तरले कृत्रिम बौद्धिकता (एआई)को समेत प्रयोग गरेको थियो ।

पढ्नुहोस् लोकान्तरको विशेष रिपोर्ट:

'४ सुपर जिल्ला'र मन्त्रीको जिल्लामा बजेटको बाढी,अन्यत्र खडेरी ! [विशेष रिपोर्ट]

salt training

कमेन्ट गर्नुहोस्