×

एमालेसँग समीकरण बनाउनेबारे कांग्रेसले के निर्णय गर्‍यो ?

काठमाडाैं | असार १७, २०८१

पछिल्लो समय एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाउने विषयबारे कांग्रेसले औपचारिक धारणा बाहिर ल्याएको छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठकपछि कांग्रेसले सत्तालाई मात्रै कांग्रेसले प्राथमिकता नराखे पनि दीर्घकालीन हिसाबले सरकार चल्ने स्थिति आउने, संविधान शंसोधन हुने र निर्वाचन पद्धतिले ल्याएका अप्ठ्यारालाई मिलाउन सक्ने स्थिति भए नयाँ सरकारको विकल्पमा जाने निर्णय गरेको हो ।


Advertisment

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अप्ठ्यारालाई चिर्न सक्ने गरी विषय अगाडि बढे सरकारमा विचार गर्ने बताए । 


Advertisment

‘सबैभन्दा ठूलो पार्टीको हैसियतले सत्तामा नेपाली कांग्रेस हुनुपर्छ । नेतृत्व गर्नुपर्छ भन्ने अनौठो विषय भएन । तर बैठकमा सरकार केन्द्रित भएर छलफल भएको छैन । तथापि नेतृत्व तहले विभिन्न दलसँग छलफल गरिरहेको छ । राष्ट्रिय मुद्दामा छलफल गरेको छ । सत्ता हाम्रो प्राथमिकताको विषय होइन । मुद्दामा एकरूपता आयो । दीर्घकालीन रुपमा अगाडि जाने परिस्थिति बन्यो त्यो अवस्थामा यो विषयले प्राथमिकतामा पाउँछ,’ महतले बैठकपछि भने, ‘यी मुद्दामा छलफल गर्दा एक ठाउँमा उभिने परिस्थितिमा यो कुरा अगाडि बढ्ने कुरा हो । त्यसकारण यो विषयमा बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभई यो विषयमा बोल्नु उपयुक्त हुँदैन ।'

तर संविधान शंसोधन गरेर चुनौतीलाई चिर्ने गरी अगाडि बढ्दा कांग्रेस त्यो दिशामा अगाडि बढ्ने उनले बताए । 

‘हाम्रो लागि मुख्य कुरा मुद्दा हो । विनामुद्दा खाली सरकारमा जानको लागि नेपाली कांग्रेसले यो विषयलाई प्राथमिकतामा राख्दैन । सम्पूर्ण रुपमा दीर्घकालीन हिसाबले सरकार चल्ने, परिणाममूलक काम गर्न सक्ने, अस्थिरताको अन्त्य गर्न सक्ने, निर्वाचन पद्धतिले ल्याएका अप्ठ्यारालाई कम गर्न सक्ने, देशलाई स्थिरता र समृद्धि तर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै यो विषयलाई विचार गर्छौ’ महतले भने । 

बैठकमा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग सौहार्दपूर्वक भेट भएको ब्रिफिङ गरेका थिए ।

‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्,’ सभापतिको उद्धृत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं ।’

गत शनिवार देउवा र ओलीबीच बालकोटमा ३ घण्टा वार्ता भएपछि नयाँ सत्ता समीकरणको प्रयास अगाडि बढेको थियो । 

त्यसपछि दलहरूबीच संवादको क्रम बाक्लिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलसँग लगातार घण्टौं छलफल गरेका छन् । 

ओलीले आजै साँझ सरकारमा सहभागी भएका एमालेका ८ मन्त्रीलाई छलफलका लागि बालकोट बोलाएका छन् ।

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x