×

NMB BANK
NIC ASIA

चुनावका १२ ‘हट केक’ : यी ‘हेभिवेट’ अवश्य हार्नेछन् !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १७ कात्तिक – मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विहीवार मनोनयन दर्ता भएको छ । पहिलो चरणमा हुने मंसिर १० को निर्वाचनका लागि कात्तिक पाँच गते नै मनोनयन दर्ता सकिएको छ ।

चुनावमा हार जित स्वभाविक हो, तर हरेक चुनावमा केही त्यस्ता निर्वाचन क्षेत्र हुन्छन् जहाँ ‘हाइ प्रोफाइल’ नेताहरु आमने सामने हुन्छन् । यसको अर्थको हो, जहाँ ठूला नेताहरु आमने सामने उभिन्छन् त्यहाँ कुनै एक ठूलो नेता अवश्य हार्छन् ।

मांसिर २१ मा हुने चुनावी भिडन्तमा पनि देशभर केही यस्ता निर्वाचन क्षेत्रहरु ‘हट केक’को रुपमा देखा परेका छन् । जहाँ ‘हाई प्रोफाइल’ नेताको भविष्य अडिएको छ । देशभरका १२ वटा निर्वाचन क्षेत्रमा २४ जना चर्चित अनुहारहरू चुनाव लड्दैछन् र ति मध्ये हरेक निर्वाचन क्षेत्रबाट एक जना विदा हुनेछन् ।

झापा १

केपी ओलीको जिल्ला झापा क्षेत्र नम्बर एक ‘हट केक’ मध्यको एउटा क्षेत्र हो । मत संख्यालाई विश्लेषण गर्दा झापा पाँचमा उम्मेदवार रहेका ओली सेफ जोनमै छन् । तर उनको जिल्लामा बाम गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका माओवादी नेता राम कार्की चाहिँ ‘डेन्जर जोन’मा छन् ।

झापा एकबाट कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मा कार्कीसँगको प्रतिस्पर्धामा छन् । कार्की पूर्व सञ्चारमन्त्री समेत भइसकेका व्यक्ति हुन् । शर्माले चाहिँ २०७० को चुनाव हारेका थिए । २०७० मा चुनाव हारेका भएपनि जिल्लामै आफ्ना राजनीतिक गतिविधि अघि बढाउने शर्माले कार्कीलाई टक्कर दिने अनुमान गरिएको छ । शर्मालाई कांग्रेस इतरका मतदातलेसमेत राम्रै मान्ने गरेका कारण कार्कीलाई उनले रोक्नसक्ने चर्चा चलेको छ ।

झापा ३

झापा तीनमा चाहिँ कांग्रेसका नेता कृष्ण सिटौला डेन्जर जोनमा छन् । अघिल्लो पटक झिनो मत अन्तरले चुनाव जितेका सिटौलालाई राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले टक्कर दिइरहेका छन् । स्थानीय तहमा बलियो देखिएको राप्रपाले झापा ३ मा कांग्रेस नेता सिटौलालाई टक्कट दिने अनुमान गरिएको छ । कांग्रेस र राप्रपाको गठबन्धनबाट चुनाव लड्न ठिक्क परेका लिङदेनलाई अन्तिममा आएर सिटौलाले नछोडेपछि सिटौला र लिङदेनबीच प्रतिस्पर्धा हुन लागेको हो । लिङदेनलाई एमाले माओवादीलेसमेत समर्थन गरेका छन् ।

मोरङ ६

मोरङको क्षेत्र नम्बर ६ दोस्रो चरणको चुनावमा चासोका साथ हेरिने क्षेत्र मध्येको एक हो । जहाँ कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तुलनात्मक रुपमा कांग्रेस बलियो भएपनि सो क्षेत्रमा उठेका एमाले नेता पण्डित व्यक्तिगत रुपमा निकै स्वच्छ छवी भएका नेताका रुपमा चर्चित छन् ।

कर्मचारीको डिभी पीआर खारेजका लागि सामान्य प्रशासन मन्त्री हुँदा महत्वपूर्ण भूमिका खेलेका पण्डितले कोइरालालाई अवश्य पनि टक्कटर दिने छन् । यहाँबाट पनि यी दुई ठूला नेतामा एक जनाले अवश्य हार्ने नै छन् ।

चितवन ३

स्थानीय चुनाव जस्तै दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा पनि चितवनको नतिजामा धेरैको स्वभाविक चासो हुने देखिएको छ ।

चितवनमा वाम गठवन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड चुनावी मैदानमा छन् । उनको क्षेत्रमा कांग्रेसको साथ पाएका राप्राका नेता विक्रम पाण्डे चुनावी भिडन्तम छन् ।

पाण्डेले सो क्षेत्रबाट यो भन्दा अघि निर्वाचन जितेका थिए । प्रचण्ड चाहिँ पहिलो पटक चितवन गएका हुन् । यो क्षेत्रमा यस भन्दा अघि तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले चुनाव जितेका थिए । तर यसपाली कांग्रेसले राप्रपाकै उम्मेदवारलाई समर्थन गरेकोले प्रचण्ड आरामदायी अवस्थामा छैनन् ।

काठमाडौं १

वर्षौंदेखि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित्दै आएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकमा यसपाली कसले चुनाव जित्छ भनेर अनुमान गर्न गाह्रो छ । यहाँ सिंहसँगै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा चुनावी मैदानमा छन् ।

यसपाली सिंह आफ्नो विराज खोसिने डरमा छन् । पत्रकारको रुपमा जहिल्यै चर्चामा रहेका मिश्र वीवीसी नेपाली सेवाको जागिर छोडर राजनीतिमा आएका थिए । उनै मिश्र अहिले प्रकाशमानसँग चुनाव भिड्दैछन् । मिश्र मात्रै होइन माओवादी नेता जनार्दन शर्मामा भाई अनिल शर्मा पनि सो निर्वाचन क्षेत्रमै मैदानमा छन् । यहाँ त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।

काठमाडौं ४

काठमाडौं ४ पनि अर्को चर्चित निर्वाचन क्षेत्र हो । यहाँ कांग्रेसका चर्चित नेता गगन थापा मैदानमा छन् भने गठबन्धनबाट एमालेका राजन भट्टराई मैदानमा छन् । परराष्ट्रविद् भट्टराई वाम गठ एमालेको तर्फबाट कांग्रेसँग मैदानमा उत्रिएका छन् । सिन्धुपाल्चोकका भट्टराई एमालेको माथिल्लो तहमा राम्रो नेता रहेपनि मतदाताको तहमा चाहिँ कमजोर पात्र हुन् । उक्त क्षेत्रमा यसअघि गगन थापाले प्रतिद्वन्दीभन्दा फरकिलो मत अन्तरका साथ विजयी भएका थिए । तर स्थानीय तहको चुनावमा भने उनको क्षेत्रका एमालेले जित निकालेको थियो ।

काठमाडौं ५

लगातार दुई पटक नेपाली कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका एमाले महासचिव इश्वर पोखरेल यसपटक ‘कमफर्ट’ अवस्थामा छन् । उनको प्रतिस्पर्धा कांग्रेस नेता डा. प्रकाशशरण महतसँग हुँदैछ । नुवाकोटका महत र ओलखढुंगाका पोखरेलमध्ये एक जना पाँच वर्षका लागि सांसद बन्न पाउने छैनन् ।

अस्वस्थ भएपचि नरहरी आचार्यले प्रत्यक्षतर्फ निर्वाचन नलडेसँगै महतले यहाँबाट ठाउँ पाएका हुन् । तर स्थानीय निर्वाचनको मतका आधारमा पोख्रेल यहाँ सजिलो अवस्थामा छन् । दुई पटकसम्म यहीँबाटै चुनाव हारेका पोख्रेलले यसपाली पनि चुनाव हारे भने ह्याट्रिक गर्नेछन् ।

धनुषा ३

कांग्रेस र राजपा–फोरमबीचको चुनावी तालमेल नमिल्नुको मुख्य कारण धनुषा तीन हो । जहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा छन् । वाम गठवन्धनको समेत चुनौती रहेको यो क्षेत्रमा निधि या महतो मध्ये एक जना ‘रिंग आउट’ हुने निश्चित छ ।

सप्तरी २

सप्तरी २ मा फोरमका उपेन्द्र यादव र बाम गठबन्धनका उमेश यादव मैदानमा छन् । यादवले दुई पटकसम्म सुनसरी र मोरङबाट चुनाव जितेका थिए । गठबन्धनले संसदमा कुर्सी फाल्ने चर्चित नेता यादवलाई उनीसँग भिडाएको छ । यादव विरुद्ध राजपाका नेताले वागी उम्मेदवारी दिएका कारण उनी थप संकटमा परेका छन् ।

नवलपुर १

तत्कालिन नवलपरासीको नवलपुर १ मा कांग्रेसका महामन्त्री शशांक कोइराला र मधेशी नेता हृदेश त्रिपाठी चुनावी मैदानमा छन् । राजपा छोडेर स्वतन्त्र उम्मेदवारको नाममा एमाले छिरेका त्रिपाठी कोइरासँग चुनाव भिड्दैछन् । कोइरालाले यहाँ २०७० मा चुनाव जितेका थिए । दुई मध्ये एक जना यसपटकको संसदमा हुने छैनन् ।

गुल्मी १

गुल्मी एकमा एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी चुनावी मैदानमा छन् । २०७० सालमा चुनाव जितेका भण्डारी फेरि एक पटक ज्ञवालीसँग मैदानमा उत्रिउका छन् । ज्ञवालीले २०६४ को निर्वाचनमा चाहिँ भण्डारीलाई पराजित गरेका थिए । यी दुई नेता यो निर्वाचन क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर भिडिरहेका छन् ।

भक्तपुर २

भक्तपुर २ मा पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व मन्त्री महेश बस्नेत चुनाव लड्दै छन् । ढुंगाना कांग्रेस र बस्नेत एमालेबाट चुनाव लड्दैछन् । ढुंगाना २३ वर्षपछि राजनीतिमा कम ब्याक भएका हुन् । यो क्षेत्रमा नेमकिपा पनि बलियो शक्ति हो ।

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले यस क्षेत्रमा जित हात पार्दा एमालेका महेश वस्नेत तेस्रो भएका थिए । तर स्थानीय तहको चुनावको मत परिणामले भने वाम गठवन्ध अगाडि रहेको छ । राजनीतिमा सक्रिय वस्नेतले लामो समय निष्क्रिय रहेका ‘हाइ प्रोफाइल’ ढुंगानालाई चुनौती दिनसक्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x