×

NIC ASIA

मानव अंग प्रत्यारोपण केन्द्रको पीडा – बिरामीको प्राण बचाउनै धौ धौ

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel
काठमाडौं, १८ कात्तिक– भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रको डाइलासिस सेवा कक्षको बाहिर पट्टिको सिढीमा घाममा सुतिरहेकी थिइन बाग्लुङकी २३ वर्षीया लक्ष्मी आचार्य । आचार्यसँगै उनका बुबा इद्रमानन्द तिवारी र दाजु हरिप्रसाद तिवारी पनि लक्ष्मीकै छेउमा घाम तापिरहेका थिए ।

आचार्यलाई एक वर्ष अघि शरीर सुन्निने समस्या देखिएको थियो । चिसो वा अन्य कारणले शरीर सुनिएको होला भन्ने सोचेर उनका परिवारले रोगलाई सामान्य औषधि उपचार गराए । पटकपटक शरीर सुन्निने समस्या भएपछि पाँच महिना आचार्यलाई उनका आफन्तले चितवनको एक सरकारी अस्पतालमा जचाउँन लगे । त्यहा पिसाब र रगत परीक्षण पछि आचार्यको मृगौला फेल भएको थाहा भयो ।

डाक्टरहरुले मृगौला प्रत्यारोपण गनुपर्ने बताए पनि आचार्यको मृगौला प्रत्यारोपणको लागि तयारी भइरहेको उनका दाजु हरिप्रसाद तिवारीले बताए ।

‘बुवा अथवा आफ्नो जस्को मिल्छ उसकै एउटा मृगौला बहिनीलाई दिने तयारीमा छौं । प्रत्यारोपणको लागि तयारी बाकी नै छ त्यसैले अहिले डाइलासिस गरेर बसेका छौ ।

आचार्यका दाजु हरिप्रसादले भने,‘ भन्ने वित्तिकै डाइलासिस गर्ने पालो पाइदैन । रातिसम्म पनि पालो कुनुपर्ने हुन्छ । विरामी कुरुवालाई बस्ने ठाउँ नै छैन, समस्या हुन्छ ।’

मृगौला दिने व्यक्तिको पनि पूर्ण रुपमा स्वास्थ्य परीक्षण गरी मृगौला दिन मिल्ने अवस्था भए मात्रै दिन पाइन्छ । सरकारले मृगौलाका रोगीलाई डाइलासिस र प्रत्यारोपणको सेवा निशुल्क गरेका भएपनि औषधि खर्च र मृगौला दिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा ५ देखि ६ लाख सम्म खर्च लाग्ने गरेको छ । स्वास्थ्य परिक्षण र विभिन्न प्रकृया पुरा गर्न बाँकी रहेकाले आचार्यको मृगौला प्रत्यारोपण गर्न केही समय लाग्ने उनका आफन्तले बताए ।

सरकारले मृगौला रोगीलाई निशुल्क डाइलासिस गर्ने व्यवस्था गरेको छ । डाइलासिस सेवा निशुल्क भएपछि अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलासिस गराउने मृगौला पीडितहरुको चाप बड्दै गएको अस्पतालले जनाएको छ । मृगौला फेल भएका बिरामीले हप्तामा दुई पटकसम्म डाइलासिस गर्नुपर्ने भएपनि बिरामीको अत्याधिक चाँपको कारण समयमै पालो पाउँदैनन् ।

डा.श्रेष्ठ
नेपालमा मृगौला विग्रेको बिरामीहरु १० प्रतिशत रहेको तथ्यांक छ । हरेक सय जना नेपाली मध्ये एकजनामा मृगौलामा समस्या भएको डाक्टर कल्पना श्रेष्ठ बताइन् । बिरामीको अत्याधिक चापको कारण हप्तामा दुईपटक डाइलासिस गराउनुपर्ने बिरामीले हप्तामा एकपटक मात्रै पालो पाउने गरेको मानव अंग प्रत्यारोपण केन्द्रकी डा. श्रेष्ठले बताइन् ।

उनले लोकान्तरलाई भनिन्, ‘अहिले म कहाँ ३ सय भन्दा वढी बिरामी पालो कुरिरहेका छन् र तिनीहरुको जिन्दगी कस्तो छ भने,कि त ट्रान्सप्लानमा गइहालनु पर्ने छ । हप्तामा दुई पटक नियमित डाइलासिस गनुपर्नेमा, एकपटक मात्रै पालो पाइरहेका छन् । यो रियल डाइलासिस होइन । त्यो त उनीहरुलाई सास धान्ने मात्रै हो । ’

पुराना बिरामीहरु निरन्तर डाइलासिसमा मात्रै बस्ने गरेकाले पनि नयाँ बिरामीले सेवा पाउन समस्या भएको अस्पतालले जनाएको छ । मानव अंग पत्यारोपण केन्द्रमा गत आर्थिक वर्ष २०७३–७४मा २९ हजार ४ सय ७८ जना मृगौलाका विरामीले निशुल्क डाइलासिस सेवा लिएका छन् । यस्तै आर्थिक वर्ष २०७४–७५ को साउन देखि असोज मसान्त सम्ममा मात्रै ८ हजार १ सय सतासी जना बिरामीले डाइलासिस सेवा लिइसकेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आर्थिक वर्ष २०७३–७४ मा १ सय ३२ जनाले मात्रै मृगौला प्रत्यारोपण गरेका छन् भने यस आर्थिक वर्षको साउन देखि असोज सम्ममा ३९ जनाले मृगौला प्रत्यारोपण गरेका छन् ।
केन्द्रको तथ्याङ्कलाई हेर्दा मृगौलाका विरामीको संख्या अत्याधिक रहेपनि पत्यारोपण गर्नेको संख्या भने निकै कम छ । पुराना विरामीहरु निरन्तर डाइलासिसमा मात्रै बस्ने गरेकाले पनि नयाँ विरामीले सेवा पाउन समस्या भएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपणको लागि शुल्क नलाग्ने भएपनि अधिकांस विरामीहरुले परिक्षण र औषधीको लागि चार, पाँच लाख खर्च लाग्ने भएकाले विरामीहरु प्रत्यारोपण नगरी निशुल्क डाइलासिस सेवा लिएर मात्रै बस्ने गरेको डा. श्रेष्ठले बताइन् ।

मृगौला फेल हुने कारण

मधुमेह र उच्च रक्तचाप समस्या हुनु
शरीरमा पानीको हुनु ।
पिसाब सम्बन्धी समस्या देखिनु
प्रोस्टेटको आकारमा बृद्धि
जन्मजात पिसाब नलीमा खराबी
लामो समय पेनकिलरको प्रयोग

मृगौला रोगीहरुमा सबैभन्दा ठूलो कारण मधुमेह भएको डां श्रेष्ठले बताइन् । संसारमै मुधुमेह रोगीमा ५० प्रतिशतमा मृगौला फेल हुन सक्ने उनको भनाइ छ ।

मृगौला बचाउँन यस्तो कुरामा ध्यान दिनुस्

डा. श्रेष्ठले मृगौला बचाउन निम्न कुरामा ध्यान दिन सुझाव दिइन्

स्वास्थ व्यक्तिले पनि वर्षमा एकपटक रगत र पिसाब परिक्षण गराउने ।
औषधी सेवान गरीरहेका दिर्घ रोगीहरुले प्रत्यक ६ महिनामा मृगौला परिक्षण गराउनु पर्छ ।
रक्तचाप र मधुमेहको नियमित परिक्षण गरी नियन्त्रणमा राख्ने ।
जथाभावी औषधी सेवन नगर्ने ।
प्रशस्त मात्रामा शुद्धपानी पिउने ।
स्वास्थ जीवनशैली अपनाउने ।
स्वास्थ्यकर र पोसिलो खाना खाने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x