×

विकासको काम

सिद्धबाबा सुरुङमा धमाधम काम : ४ महिनामै छिचोल्ने लक्ष्य, ०८२ साउनदेखि सञ्चालन

बुटवल | असार २, २०८१

वर्षायाम होस् वा हिउँद, जतिबेला पनि पहिरोको जोखिम रहेको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माण थालिएको सुरुङ यो समाचार तयार पार्दासम्म ८५.७ मिटर खनिएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत सुनौली–पोखरा खण्डमा पर्ने यो क्षेत्रमा १ हजार १२६ मिटर लामो सुरुङ मार्ग निर्माण कार्य वि.सं. २०८० माघदेखि शुरू भएको थियो ।


Advertisment

२७ जेठसम्म मुख्य सुरुङको उत्तरतर्फ ३७.४ मिटर र दक्षिणतर्फ ४८.३ मिटर खनिएको सिद्धबाबा सुरुङ परियोजनाले जानकारी दिएको छ । यसका अलावा मुख्य सुरुङको दुई मुखबीचमा पहिलो बाइपास २४ मिटर, दोस्रो बाइपास १८ मिटर र तेस्रो बाइपास १८ मिटर खनिएको छ । 


Advertisment

ती बाइपास क्रमशः १५१, १६१ र १३० मिटर खन्ने योजना छ । 

null

पहाडबाट तराई प्रवेश गर्ने पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने सुरुङ अहिले ‘ब्लास्ट’ गरेर धमाधम खनिँदैछ । ‘मेन टनेल’को दक्षिण मुखमा २ हजार ३ सय वर्गमिटरमा भीर सुरक्षाको व्यवस्था गर्नुपर्नेमा अहिलेसम्म ९८९ वर्गमिटरमा काम भइसकेको छ ।

गएको माघ ४ गतेदेखि औपचारिकरूपमा सिद्धबाबा सुरुङ खन्ने काम थालिएको थियो । सुरुङ खन्ने काम चाइना स्टेट कन्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । अबको ४ महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने योजनासहित काम अघि बढेको आयोजनाले जनाएको छ । 

आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीका अनुसार गत जेठ १३ गतेदेखि विस्फोट गराएर तीव्ररूपमा काम भइरहेको हो । ‘मशिनले मात्र काम गर्न सम्भव नभएपछि दैनिक ३/४ पटक ब्लास्ट गराएर कामलाई तीव्रता दिइएको छ,’ ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘यही स्पीडमा काम भए आउने दशैंको सेरोफेरोमा टनेल छिचोलिने छ । ३ सिफ्टमा २४ सै घण्टा काम भइरहेको छ । ठूलो पहिरो झरेर अवरोध नगरे अहिलेको वर्षायाममा पनि काम नरोक्ने तयारी छ । ठेकेदार कम्पनीले पनि ‘म्यानपावर’ थपेर काम गरिरहेको छ ।’

यस खण्डको ४ किलोमिटर सडक बढी पहिरो झर्ने क्षेत्रमा पर्दछ । सबैभन्दा बढी पहिरोको समस्या भएको ठाउँमा सुरुङ निर्माण गरिएको हो । सडकमा कमजोर चुरेभीर भएकाले बर्खामा लेदो र हिउँदमा सुख्खा पहिरो तथा ढुंगा झरिरहन्छ ।  

सुरुङमार्गका प्रोजेक्ट डाइरेक्टर नरेशमान शाक्यले अहिले ‘हाइ स्पीड’मा खन्ने काम चलिरहेको बताए । ‘हामीलाई अहिले ब्लास्टको मेटेरियलको अभाव होला जस्तो छ, अरू केही समस्या छैन । आउँदो २०८२ साउनदेखि गाडी चल्न मिल्नेगरी काम भइरहेको छ,’ शाक्यले लोकान्तरसँग भने । 

सुरुङ छिचोलिएपछि पनि भित्र सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम गर्न ८ महिनादेखि १ वर्षसम्म लाग्ने उनको भनाइ छ । 

null

यस आयोजनामा कूल ११ सय मिटर लामो सुरुङसहित बुटवल र पाल्पातर्फ ७८० मिटर सडक दोहोरो लेन, ‘स्लोप’ प्रोटेक्सनसहितको संरचना गरी कूल २.५९ किलोमिटर क्षेत्रमा सुरक्षित भौतिक संरचना निर्माण गरिँदै छ । पर्यटकीय राजधानी पोखरासँग जोड्ने बाटोमा पर्ने सुरुङमार्ग पूरा भएपछि पहिरोको जोखिम घट्ने र त्यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास सरकारको छ ।

५ वर्षभित्र सक्नेगरी सिद्धबाबा सुरुङ निर्माण शुरू भएको साढे २ वर्ष पुग्यो । आयोजनाको लागत ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँ छ । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाइरहेको हो ।

सडकको काममा ढिलाइ गर्दा आलोचना खेपेको निर्माण कम्पनीले समयमै सुरुङ निर्माण सम्पन्न गरी हस्तान्तरण गनुपर्ने दबाब छ ।

सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरी ९ जेठ २०७८ मा सडक विभागले ‘ग्लोबल टेन्डर’मार्फत ठेक्का आह्वान गरेको थियो ।

null

सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । निर्माणपश्चात ५ वर्षसम्म मर्मतको काम सोही कम्पनीले गरिदिनुपर्ने शर्त सम्झौतामा राखिएको छ ।

यो सडक खण्डको प्रयोग गरी गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्मका सवारीसाधन चल्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङ निर्माणको निर्णय गरेको थियो ।

आयोजनाका अनुसार बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त क्षेत्रमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरू बनाइने छ । यसले सडकमाथिबाट खस्ने ढुंगालाई सिधै तल झार्नेछ । यसरी कूल ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने योजना छ । सुरुङमार्गको तीन स्थानमा खुला ठाउँ राखिएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुनेछ । 

बुटवलतर्फको चिडियाखोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर २ लेनमा सडक सुधारको काम हुनेछ । यस खण्डमा पहिरो नियन्त्रणका सबै काम गरिनेछ । केही समस्या नआए र अहिले भेटिएजस्तो मात्र चट्टान भेटिए काम छिटो र सजिलो हुने भएकाले तोकिएकै समयभित्र सम्पन्न गर्न सकिने ज्ञवालीको भनाइ छ ।

null

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किने छ । २४३ मिटर दुरीका तीनवटा क्रम प्यासेज बन्नेछन् । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्किन मिल्ने आयोजनाले जनाएको छ । त्यसको पनि निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

अहिले निर्माणका क्रममा सहज चट्टान भेटिएकाले ब्लास्टिङमार्फत दैनिक सुरुङ खनिँदै आएको छ । एकपटकमा दुई मिटर ‘ब्लास्ट’ गर्न सकिएको छ । एक सिफ्टमा दुवैतर्फ ब्लास्टमार्फत दुई/दुई मिटर खन्न सकिन्छ । यसरी क्रस प्यासेजसहित दिनमा ७ मिटर खन्न सकिने अवस्था छ । 

यसरी काम भए ब्लास्टमार्फत गर्न थालेको ११२ दिनमा खन्ने काम सकिन्छ । बीचमा केही समस्या आइहाले पनि ६ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्न सकिने उनको दाबी छ । पहिला सुरुङको काम सकेर त्यहीँबाट गाडी पास गरी एक सेट बनाइने छ ।

‘ब्रेक थ्रु’ भएको ६ महिनाभित्र सुरुङबाट गाडी चलाउने योजना रहेको आयोजनाको भनाइ छ । सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर ‘सिमेन्टेड’ ‘रक सेट’ बनाइने छ । ठूला ढुंगा झर्दा धान्न सक्ने विषयलाई आधार मानेर रक सेट डिजाइन गरिएको शाक्यको भनाइ छ ।  

null

शुरूमा रूख काट्न नपाउँदा काम गर्न नपाएकाले थप ९ महिना समय दिनुपर्ने माग ठेकेदार पक्षबाट आएको छ । आयोजना तोकिएकै समयमा सकिने दाबी गरिए पनि केही कारण ढिलाइ भए जरिवाना तिर्नुपर्ने डरले ठेकेदारले पहिल्यै म्याद थपको माu गरेको हो । 

यो सुरुङ नागढुंगा सिस्ने खोला सुरुङ मार्गभन्दा अग्लो हुनेछ । जमिनदेखि यसको उचाई ९.२ मिटर हुनेछ । नागढुंगा सिस्ने खोला सुरुङको उचाई ८.२ मिटर छ । डिजाइनअनुसार ‘भेन्टिलेसन’का लागि १५ वटा ‘जेट फ्यान’ जडान गरिने छ । 

यो खण्डमा भइरहेका दुर्घटनाले धनजनको ठूलो क्षति भइरहे पछि यसलाई ‘मृत्युमार्ग’ उपमा समेत दिइएको छ । यो खण्ड भएर दैनिक सरदर ३५ सय गाडी ओहोरदोहोर गर्छन् । यो ३ किलोमिटर सडक खण्डमा पछिल्लो १० वर्षमा ७२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

तिनाउका स्थानीय तोया लम्सालले अन्य आयोजनाजस्तै सिद्धबाबाको टनेल निर्माणमा ढिलाइ नगर्न आयोजनालाई सुझाव दिँदै आएको बताए । अहिले भइरहेको कामले आशा जगाएको उनको भनाइ छ ।

 

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x