×

मिटरब्याजको जालोमा पीडित

२५ लाख ऋण दिएर चार गुणा असुली, अझै तीन करोड तिर्न बाँकी !

विराटनगर | असार ११, २०८१

तस्वीर : मिटरब्याज पीडित गजेन्द्रप्रसाद साह र साहुले लिएको उनको घर ।

विराटनगर–१० का ६४ वर्षीय गजेन्द्रप्रसाद साह मिटरब्याजको जालोमा परेपछि घरबारविहीन भएका छन् । लिएको ऋणभन्दा चार गुणा बढी रकम तिरिसक्दा पनि साहुले अझै करोडौं तिर्न बाँकी देखाएर घर फिर्ता नगरेपछि उनी बिचल्लीमा परेका हुन् । 

घरजग्गा कारोबार गर्ने साहले १४ वर्षअगाडि विराटनगर महानगरपालिका–७ का संजयकुमार करवासँग २५ लाख रुपैयाँ ऋण लिएका थिए । २०६७ असोज  १२ गते करवासँग २५ लाख रुपैयाँ ऋण लिएको उनले बताए । कर्जा लिँदा उनले विराटनगर–१० मा रहेको एक कट्ठा साढे १८ धुरमा बनेको एक तले घर अनिताकुमारी साहको नाममा पास गरिदिएका थिए । साहको घरजग्गा अहिले अनिताको नामबाट करवाको नाममा पुगेको छ । 


Advertisment

२५ लाख रुपैयाँको ब्याज र साउँगरी उनले एक करोड १२ लाख रुपैयाँ बुझाइसकेको दाबी गरेका छन्  । तर,  पनि अझै घरजग्गा उनको नाममा फर्किएको छैन । अझै करवाले तीन करोड रुपैयाँ पाउनु पर्ने दाबी गरिरहेको साहले बताए । करवाले भने अनितासँग २६ लाख ११ हजार रुपैयाँमा आफूले घरजग्गा खरिद गरेको बताउने गरेका छन् ।


Advertisment

‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर, साहुले ऋण अझै बाँकी छ भन्न छोडेन,’ पीडित साहले भने, ‘२५ लाख ऋण लिएको हो । अहिलेसम्म १ करोड १४ लाख तिर्दासमेत ऋण चुक्ता भएन ।’ 

साहुले अझै साउँ र ब्याज गरेर तीन करोड बाँकी रहेको भन्दै तिर्न ताकेता गरिरहेको उनको गुनासो छ । ताकेता गरेर हैरान बनाएपछि उनले २०७९ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा करवाविरुद्ध उजुरी दिएका छन् । उजुरी अहिले विचाराधीन छ ।

चलन चल्तीको ऋण भनेर लिएको रकम अहिले ‘मिटरब्याज’को जालोमा जेलिएको उनले बताए । ‘तीन करोड दिए घर फिर्ता गरिदिने भनिरहेका थिए । आइतबार एक्कासि नगर प्रहरी र जिल्लाबाट खटिएको प्रहरी लगाएर घर खाली गराए । घरको सबै सामान बाहिर निकाले । त्यसपछि महानगरमा हारगुहार गरेपछि २१ दिनको समय थप गरिएको छ,’ उनले भने, ‘महानगरले पनि २१ दिनभित्र घर खाली गर्नु भनेको छ । चलन चल्तीको ऋण भनेर लिएको रकम मिटर ब्याजमा असुली गर्न खोजेपछि समस्यामा परेको छु,’ गहभरी आँसु पार्दै साहले भने, ‘वृद्ध अवस्थामा छोराछोरी लिएर अब कहाँ जाउँ ?’

उनले मिटरब्याजमा ऋण लगाएर उठीबास गराउन खोज्ने करवालाई कारवाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

यता साहु संजयकुमार करवाको दाबी भने फरक छ । उनले साहलाई सयकडा १० का दरले ब्याजमा कर्जा दिएको दाबी गरेका छन् । २५ नभई ५० लाख ऋण दिएको उनको दाबी छ । उनले मिटरब्यजासमेत नलिएको दाबी गरे । 

विराटनगरमा मिटरब्याजपीडित उनी एक्ला होइनन् । विराटनगर–१८ का दिमादिगीलावघाटका एक दर्जन बढी मिटरब्याजबाट पीडित छन् । उनीहरूले विराटनगर–१८ मटेरूवा घर भएका मिटरब्याजी सुनिल साहबाट पीडित भएको उजुरी जिल्ला प्रशासन कार्यालय मोरङमा दिएका छन् । उजुरी दिएको महिनौँ बितिसक्दा पनि साहविरुद्ध स्थानीय प्रशासनले कुनै कारवाही गरेको छैन । 

साहबाट पीडित भएकाहरू विराटनगर–१८ दमादीगीका ४८  वर्षीय दिलीपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, विराटनगर–१८ लावघाटकी ४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकीरी देवी साह, ४७ वर्षीय नारयण साह र अरुण मण्डलले साहविरुद्ध उजुरी दिएका छन् । पीडितहरूले ११ फागुनमा उजुरी दर्ता गराएका थिए ।

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २२० भन्दा बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराएका थिए । त्यसमध्ये ५७ वटा निवेदनउपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति हुन नसकेपछि अदालत पठाइएको छ । बाँकी १६३ निवेदन विचाराधीन रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x