२६ जेठ २०८३, मंगलबार

'मेड इन नेपाल' दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न सिप्रदी र यात्रीबीच सम्झौता​​

असार १४, २०८१
काठमाडौं
'मेड इन नेपाल' दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न सिप्रदी र यात्रीबीच सम्झौता​​

सिप्रदी र यात्रीबीच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि सम्झौता भएको छ ।

देशको बाटो र माटो सुहाउँदो  तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ दुई पांग्रे सवारी उत्पादन गर्न सम्झौता भएको सिप्रदीले जनााएको छ ।

देशकै प्रतिष्ठित ब्रान्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आबद्ध रहेको छ ।

नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवाहरू बीचमा चर्चित ब्रान्ड हो ।

यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुई पांग्रे उत्पादन उद्योगमा कोशेढुंगा साबित भएको छ । ​​​

भविष्यमुखी सोच एवं आधुनिक प्रविधिलाई आत्मासात गर्दै देशमा वातावरण मैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायीलाई प्रोत्साहन गर्नका लागि सम्झौता प्रभावकारी हुने दुवै कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्