×

कांग्रेस–एमाले संवाद शुरू

देउवा र ओलीबीच बालकोटमा तीन घण्टा छलफल

काठमाडाैं | असार १५, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरको बालकोटमा तीन घण्टा छलफल भएको छ ।

लामो मौनता तोड्दै प्रमुख दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताबीच शनिवार दिउँसो झण्डै तीन घण्टा छलफल भएको हो । ओलीलाई भेट्न देउवा उनकै निवास बालकोट गएका थिए । 


Advertisment

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको कांग्रेस स्रोतले लोकान्तरलाई जानकारी दियो । पत्नी डा आरजु राणासहित सभापति देउवा बालकोट गएका हुन् ।


Advertisment

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने बहस भइरहेको बेला कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

भेटमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको स्रोतले बतायो ।

दिउँसो २ः१५ बालकोट पुगेका देउवा ५ः१५ मा बाहिरिएका थिए । 

२०७९ मंसिरको चुनावपछि कांग्रेस र एमालेबीच नयाँ सरकारबारे संवाद भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई दलबीच संवादहीनताको स्थिति सिर्जना भएको थियो ।

२०८० फागुन ३० गते प्रतिनिधिसभामा प्रचण्डले विश्वासको मत लिने क्रममा ओलीले विगतमा संवाद गरौँ भन्दा देउवाले अस्वीकार गरेको बताएका थिए । लगत्तै देउवाले अब कुराकानी गर्ने जवाफ फर्काए ।

गत वैशाखको शुरूमा दुई दलबीच पुनः संवाद शुरू भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठको कार्यक्रममा एमालेले देउवालाई महत्वका साथ कार्यक्रममा बोलाएको थियो । त्यही बेला दुई दल नजिकिएका थिए । 

त्यसपछि टाढिएका कांग्रेस र एमालेका शीर्ष नेताबीच पुनः संवाद शुरू भएको हो । ओली र देउवाबीचको पछिल्लो संवादलाई महत्वपूर्ण राजनीतिक घटनाक्रमको रूपमा हेरिएको छ ।
 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x