×

NMB BANK
NIC ASIA

कर्णालीमा पनि पाइन्छ सुगमको स्वास्थ्य सेवा

कात्तिक २०, २०७४

NTC
Premier Steels

 


जुम्ला, १९ कात्तिक (रासस) ः कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको “दुर्गम कर्णाली” भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ । नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर जिन्दगी छ भन्ने प्रभावले चिन्तित तुल्याउँछ । अझ त यहाँ जन्मनेहरुले खानै पाउँदैनन र बाँचेकाहरु ३६ वर्ष नपुग्दै मर्छन् भन्ने छाप अहिलेसम्म पनि जीवित पारिएको छ । 

जसरी कर्णालीको भूगोल, जीवनशैली र परिवेशलाई बुख्याँचा बनाइयो, सूचना–प्रविधि र विकासले पछिल्लो पाँच वर्षमै असत्य सावित गरिदिएको छ । अहिले कर्णाली आउनु परे बाध्यता र सजाय महसुस गर्ने जो कोही फर्कंदा भने प्रशंसा गरेर जान्छन् । अनौठो अनुभव बटुल्दै फर्कंदा उनीहरु भन्ने गर्छन्, “कर्णाली साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यावरणीय गन्तव्य हो, एकपटक यहाँ पुग्नै पर्दछ ।” 

सडक सञ्जाल जोडिएसँगै केही हदसम्ममाथि उठेको महसुस गरिएको यो क्षेत्रका नागरिकको जीवनशैली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापना भएपश्चात् झनै उन्नति भएको पाइएको छ । प्रतिष्ठान स्थापनापछि मात्र यहाँका नागरिकहरुले बुझेका छन् कि हरेक देशको समृद्धि र विकासमा प्रभाव पार्ने प्रमुख मध्येको एक स्वास्थ्य क्षेत्र रहेछ भनेर । 

कर्णालीवासी भन्छन्, “स्वस्थकर जीवन नहुँदा न शिक्षामा दक्षता हासिल हुँदो रहेछ नत उत्पादनयोग्य श्रम गरेर समाज र देशलाई योगदान दिनसक्ने जनशक्ति तयार पार्न सकिदो रहेछ ।” स्वस्थ, सभ्य र दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै यस क्षेत्रका बासिन्दालाई स्वस्थ भएर बाँच्न पाउने अधिकार प्रतिष्ठानले दिलाएको छ । 

पाँच वर्ष अघिसम्म सुगमको उपचार सेवा लिन लाखौँ रकम खर्चगरी जीवन रित्याएर आउने कर्णालीका नागरिकहरुको पीडा अहिले पनि मानसपटलमा ताजै छ । यद्यपि सुगमले दिने त्यही स्वास्थ्य उपचार सेवा हाल दुर्गमका अस्पतालले उपलब्ध गराउँदा अल्पायुमै मर्नुपर्ने यहाँका नागरिकको बाध्यता हटेको छ । त्यतिमात्र होइन, प्रतिष्ठानको उत्पादित जनशक्तिले सुगममा पनि सेवा दिइरहेको छ । 

दुर्गम हिमाली क्षेत्रमा स्थापना भएको प्रतिष्ठानले भने कर्णाली र पिछडिएका क्षेत्र मात्र नभई हाल सिङ्गो ६ नं. प्रदेशका जनतालाई सुगमकै स्वास्थ्य उपचार सेवा सरल तरिकाले प्रवाह गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिनुभयो । “साधारण उपचार सेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्य सेवा दिन सबै विभागमा आधारभूत उपकरण छन् र वर्षेनी तिनको स्तरोन्नति पनि भइरहेको छ,” निर्देशक गोसाईंले भन्नुभयो । 

उहाँका अनुसार हाल प्रतिष्ठानमा हाडजोर्नी–२, स्त्रीरोग–२, सर्जन–३, इन्टरनल मेडिसिन–२, एनेस्थेसियोलोजिष्ट–४, जनरल फिजिसियन–२, जनस्वास्थ्य–१, सर्जरी–१ र रेडियोलोजिष्ट–१ गरी १८ जना विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भइरहेको छ । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x