×

NMB BANK
NIC ASIA

उत्तर कोरियामा भोकको समस्या : नक्कली मासु खान बाध्य जनता

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १९ कात्तिक — उत्तर कोरियाले कडा आर्थिक प्रतिबन्ध झेलिरहेका कारण त्यहाँका जनताले भोकभोकै बस्नुपरेको खबर आइरहेको हुन्छ ।

Muktinath Bank


संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका कारण यस देशमा समस्या परेको हो । अहिले त्यहाँको अर्को एउटा रहस्य खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाना कम उत्पादन भएका कारण मानिसहरू भातसित इन्जोगोगी खान बाध्य छन् । इन्जोगोगी नक्कली मासु हो । सोयाबीनको तेलका अवशेषलाई थिचेर र रोल गरेर यो मासु बनाइन्छ ।


Advertisment
Nabil box
Kumari

यसका साथै मिठाईका रूपमा यहाँ स्पीड केक पनि खाइन्छ । यो केकलाई बेकिङ गरिरहनुपर्दैन ।

Vianet communication

यस किसिमका भोजनमा प्रोटीन र फाइबर भेटिन्छ अनि मांसपेशीलाई तन्दुरुस्त राख्नुका साथै भोक पनि छिटो मेटिन्छ ।

उत्तर कोरियामा औसत रूपमा मानिसहरू कुपोषित छन् । सन् २००९ मा भएको एक अध्ययनअनुसार, उत्तरमा प्रिस्कूल जाने बच्चाहरू दक्षिण कोरियाली बच्चाहरूको तुलनामा १३ सेन्टिमिटर होचा र सात किलो हलुका हुने गर्छन् ।

संयुक्त राष्ट्रसंघको खाद्य नियोग वर्ल्ड फूड प्रोग्रामका अनुसार, उत्तर कोरियाली एकै किसिमका खाना खान्छन् ।
उनीहरूको प्रमुख आहार चामल, मकै, किम्ची र बीन पेस्ट हो । यसबाट आवश्यक फ्याट र प्रोटीन उनीहरूले पाउँदैनन् ।

रोयटर्सको एक रिपोर्टअनुसार, देशमा पब्लिक डिस्ट्रिब्युसन सिस्टमले ७० प्रतिशत जनसंख्यालाई रासनपानीको प्रत्याभूति गर्छ ।

तर यसको बाबजुद ६१ प्रतिशत उत्तर कोरियालीले खानाको आधारभूत आवश्यकता पूरा गर्नका लागि बजारमा निर्भर रहनुपर्छ ।

उत्तर कोरियामा धनी मानिसहरू पोर्क खान्छन् । सामान्य जनता चाहिँ कुकुर, खरायो जस्ता जनावरको मासु खाएर जिन्दगी बिताउँछन् ।

देशमा उत्पादन भएका सागपात, मकै र सस्ता चामलहरू पनि खाइन्छ ।

उत्तरबाट भागेका मानिसहरूका अनुसार, प्योङयाङका केही प्रभावशाली मानिस मात्र सबै किसिमको डाइट पाउँछन् । उच्च ओहदाका सरकारी अधिकारी खसी र हरिणको मासु पनि खान्छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x