×

NMB BANK
NIC ASIA

ट्रम्प जापानमा, उत्तर कोरियाविरुद्ध के बनाउँलान रणनीति ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
टोकियो, १९ कात्तिक -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको छ । उहाँको उक्त भ्रमणको पहिलो देश जापान हो । 

आइतबार बिहान अमेरिकी राष्ट्रपतिको एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिवीर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो ।

सो सैनिक शिवीरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन पनि गर्नुभएको थियो । 
उहाँ र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता हुनेछ । त्यसअघि आज अपरान्ह उहाँहरु दुवै जना टोकियोभन्दा बाहिर रहेको ‘कन्ट्रि क्लब’ मा गल्फ खेल्ने कार्यक्रम रहेको छ । 

जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको सम्मानमा आज साँझ जापानमा रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको जापानी विदेशमन्त्रालयले जानकारी दिएको छ । 

जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको जापान भ्रमण ऐतिहासिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले यस भ्रमणका माध्यमबाट यी दुई देशबीचमा यसअघि कहिल्यै नभएको सम्बन्ध विकास हुनेमा आफूले विश्वास लिएको बताउनुभएको छ । 

यसअघि उक्त सैनिक शिवीरमा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र जापानबीचको सम्बन्ध अहिले पनि सुमधुर रहेको र आगामी दिनमा पनि यी दुई देश व्यापारिक तथा अन्य आवश्यक सबै एजेण्डाहरुका कारण झनै सुदृढ हुने बताउनुभएको थियो । 

राष्ट्रपति ट्रम्पले मङ्गलबार जापानी सम्राट अकिहितो र महारानी मिचिकोसँग भेटवार्ता गर्नुहुने बताइएको छ । त्यस अगावै जापानी प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुनेछ । 

सो वार्ता अन्य विषयहरुका अतिरिक्त द्विपक्षीय व्यापार, लगानी र क्षेत्रीय सुरक्षाका विषयमा बढी केन्द्रित हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो । 

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x