×

काठमाडौं चपलीकी शोभा केसीको ६ वर्षीय छोरा रोनक आगनमा खेल्दै थिए । ठूलो–ठूलो आवाजमा बजेको गीत सुनेर उनी झस्किए । मुन्टो ठड्याएर हेर्दा माला लगाएका केही मान्छे आफ्नो आगनमा देखेपछि उनी चिच्याए ।

 ‘जनता आए’ ....


Advertisment


उनी कुद्दै आमालाई बोलाउन गए । 


Advertisment


छोराले बोलाएपछि आमा शोभा बाहिर निस्किन् ।

छोराले ‘जनता आए’ भनेर भनेको त ‘नेता’ पो रहेछन् । 


उनी मुस्कुराइन् । 


घरदैलो गर्न पुगेका उम्मेदवार र उनका सहयोगीहरुमा हाँसो छायो । 


यो दृश्य काठमाडौं क्षेत्र नम्बर चारका वाम गठवन्धनका एमाले उम्मेदवार राजन भट्टराई आफूलाई जिताउन मत माग्न जनताको घर दैलोमा पुग्दाको हो ।


केही सहयोगी र मतदातालाई आकर्षित गर्ने चुनावी गीत बज्ने दुई थान लाउड स्पिकर लिएर भोट माग्न हिडेका राजनलाई लोकान्तरकर्मीले चपलि क्षेत्रमा भेटेको थियो । 


‘नमस्कार म राजन भट्टराई यस क्षेत्रको उम्मेदवार, भोट दिएर जिताउनु होला है’ भन्दै दुई हात जोडेर वाम गठवन्धनका उम्मेदवार राजन प्रदेशसभाका दुई उम्मेदवारलाई साथ लिएर चुनावमा मत माग्न व्यस्त थिए ।  


आफूले जिते जनताका सवै समस्या समाधान गर्ने वचन व्यक्त गरिरहँदा मतदातामा भने त्यसलाई पत्याउने आधार देखिएन । चुनावमा जितेर जाने उम्मेदवारले मत माग्ने समयमा सवै काम गरिदिने र आफूसँग विकास निर्माणको जादूको छडी जस्तो देखाउने तर जितेपछि केही नगर्ने तितो वास्तविकतासँग मतदाता साक्षकार भइसकेका छन् जसले गर्दा मत माग्न पुगेका उम्मेदवारलाई उनीहरु संकाको दृष्टिकोणले हेर्छन् । 


उम्मेदवार भट्टराईले भोट मागेर गएपछि हामीले शोभालाई सोध्यौं

भोट माग्न को–को उम्मेदवारहरु आए ? 


उहाँ(राजन भट्टराई) पहिलो हो । अरु कोही आएका छैनन् । 


उम्मेदवार बारे थाहा छ ? (शोभालाई हाम्रो दोस्रो प्रश्न)


(हाँस्दै) खै मलाई त थाहा छैन । अघि पछि आउने भए पो चिन्नु । अब भोट माग्न आउनुहुन्छ होला नी त, अनि चिनुला नी !


कस्ता उम्मेदवार छान्नु हुन्छ त ? 


खै अहिलेसम्म त थाहा छैन, अब फुच्चेको बुबा र घरका अरुसँग सल्लाह गरेर कसलाई भोट हाल्ने फाइनल हुन्छ । 


त्यति भन्दै उनले हतारो जनाइन् । (सायद भित्र केही काममा व्यस्त थिइन् ।)


 त्यसपछि हामी हतार–हतार राजन भट्टराईको टोलीलाई भेट्न कुद्यौं । 


दिउँसोका समयमा भोट माग्न हिडेका भट्टराईले कामका लागि बाहिरिएका आफ्ना मतदाता भने भेट्न पाएनन् । विहान र साँझ मात्र घर दैलो गर्दा समय अभाव हुने डरले उनी दिउँसोको समयमा पनि मत माग्न हिडेका थिए । 

शोभासँग हामी कुराकानी गर्दै गर्दा भट्टराईको टोलीलाई हामीले दुई घर पर भेट्यौं । उम्मेदवारहरु नमस्कार गर्दै मत माग्दै गर्दा छतमा रहेकाहरु तल नझरिकन उम्मेदवारहरुको नमस्कार खाइरहेका थिए । 

००००


जनता निराश छन् 
‘अहिलेका मतदाताहरु एकदमै सचेत छन् । भोट माग्दै हिड्ने क्रममा थाहा पाए मतदाताहरुमा रिस छ, असन्तुष्टि छ । घर दैलोमा हिडिरहेकै समयमा भट्टराईले लोकान्तरलाई प्रतिक्रिया दिए,‘ बाटो, खानेपानी,बत्ति सामान्य किसिमको ढलको समस्यामा सवैतिर छ ।’ 


‘यसअघि निर्वाचित भएकाले समस्या समाधान नगरिदिएको भन्दै मतदाता रिसाएका छन्’ भट्टराईले भने ‘भोट माग्न टोल टोलमा पुग्दा म माथिपनि आशंका व्यक्त भएको छ ।’

भोट माग्ने क्रममा आफूलाई मतदाताले तपाईलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेको अनुभव उनले हामीसँग साटे । ‘भोट माग्न जनताको घरदैलोमा पुग्दा उहाँहरुले मलाई  यसअघि पनि निर्वाचित भएर जानेहरु फर्केर आएनन् । तपाइले चै गर्नुहुन्छ भनेर के ग्यारेन्टी छ ? भनेर प्रश्न गरेका छन् ।’ भट्टराईले भने,‘मैले उहाहँरुलाई हिजोको के अवस्था रह्यो भनेर मलाई नहेर्नुस्, मलाई जताको प्रतिनिधि बनाउनु भएमा म तपाइहरुलाई समस्या पर्दा अग्रसर भएर लाग्नेछु भनेर प्रतिबद्धता दिने गरेको छ ।’

कठिन प्रतिस्पर्धा


पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका राजन भट्टराई एमालेका ‘हाई प्रोफाइल’ नेता हुन् । विदेश मामिलामा अव्वल राजन यसअघि माधवकुमार नेपाल प्रधामन्त्री भएको बेला प्रधानमन्त्रीका विदेश सल्लाहकार थिए भने केपी ओली प्रधानमन्त्री भएको बेला विदेश नीतिका योजनाकार । उनी नेपाल भारत प्रवुद्ध समूहका पाँच सदस्य मध्ये एक हुन् । तर, मतदाता माझ भने उनी ‘लो प्रोफाइल’ उम्मेदवार हुन् । 


उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री गगन थापा छन् । जसको नाम नसुन्ने कम मात्र मतदाता छन् । यसअघिको निर्वाचित जनप्रतिनिधि भएका कारण पनि उनलाई चिन्ने मतदाताको संख्या बढी छ । 


विवेकशील साझा पार्टीले पनि आफ्नो प्रभाव राजधानीमा बढाएको छ । उक्त पार्टीबाट सुबुना बस्नेत उम्मेदवार बनेकी छिन् । उनले यसपटक काठमाडौं चारका मतदाताले विवेक प्रयोग गरेर आफूलाई जिताउने बताउँदै आएकी छिन् । स्थानीय तहको चुनावमा महानगरपालिकामा राम्रो उपस्थिति जनाएको विवेकशील र साझाबीच एकता भएसँगै चुनावी समिकरणमा समेत यसले असर पुग्ने आकलन गरिएको छ । बस्नेतले थापा र भट्टराइ दुबैको मत काट्ने स्थानीय मतदाताको विश्लेषण छ । 


यस्तो छ पछिल्लो हिसाव


२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ मा गगन थापाले जितेका थिए । उनले २२ हजार ३३६ मत पाउँदा उनका निकटतम प्रतिद्धवन्दी एमालेका निर्मल कुँइकेलले ९ हजार १ सय ३५ मत पाएका थिए । कुँइकेल अहिले प्रदेशसभाका उम्मेदवार बनेका छन् । 


तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका नन्द किशोर पुनले ६ हजार ४ सय ६२ मत पाएका थिए । उनले निकटतम प्रतिद्वन्द्वीलाई १३ हजार २ सय मतले पराजित गरेका थिए । तर अहिले अवस्था फेरिएको छ वा भनौं क्षेत्र नम्बर ४ को मत समिकरण बदलिएको छ । 


यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर १, ७, ८ र ३० पर्छन् । त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा पर्छन् ।


स्थानीय तहको चुनावमा काठमाडौँ महानगरका ४ वटा वडामा कांग्रेस वडा अध्यक्षहरूले जम्मा ७ हजार ७ सय २८ मत ल्याएका थिए । त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका ८ वडामा कांग्रेस वडाअध्यक्ष उम्मेदवाहरूले जम्मा ६ हजार ३ सय ४८ मत ल्याएका थिए ।


काठमाडौं र बुढानीलकण्ठको मत जोड्दा कांग्रेसका पक्षमा १४ हजार ७६ मत छ । यिनै वडामा एमाले र माओवादीका वडाअध्यक्षहरूले पाएको मत जोड्ने हो भने २० हजार ७ सय ४८ मत पुग्छ । स्थानीय तहको मतलाई आधार मान्ने हो भने क्षेत्र नम्बर चारमा नेपाली कांग्रेस वाम गठवन्धन भन्दा ६ हजार ६ सय मतले पछि छ । 


स्थानीय तहको चुनावमा विवेकशील र साझाले करिब ६ हजार मत ल्याएका थिए । 

यो पनि पढ्नुहोस्

गगन थापाको चुनावी व्यस्तता : खानाको सट्टा २० कप चिया !

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x