×

NIC ASIA

काठमाडौं, २८ कात्तिक– हेर्दा स्वास्थ देखिने, कपाल सेतै फुलेका आँखामा पावरवाला चश्मा लगाएर अल्का अस्पतालको मधुमेह परिक्षण गर्ने ठाउँमा बसिरहेका थिए त्रिभुवन विश्व विद्यालयका पूर्व प्राध्यपक डा. सर्वराज आचार्य । 
लोकान्तरसंगको कुराकानीमा डा.आचार्यले अस्पतालमा चिनी रोग अर्थात मुधमेहको परिक्षण गर्न आएको बताए  । आचार्यले २ वर्ष अघि देखी मधुमेहको औषधी खादै आएको लोकान्तलाई बताए । पूर्व प्राध्यायपक समेत रहेका डा. आचार्यले मधुमेह नियन्त्रणको लागि स्वास्थ्यमा निकै ध्यान  दिने गरेका छन् ।

‘२०५८ सालमा आँखा जाँच गराउन जादाँ डाक्टरले रगत पनि परिक्षण गराउन भने । त्यसपछि रगत परिक्षण गराएँ । परिक्षको रिपोर्टमा सुगर भएको थाहा भयो । उनले लोकान्तरसंग भने,‘ त्यतिवेला डाक्टरको सल्लाहमा धेरै व्यायाम, योग गर्ने हिड्ने, खानपानमा ध्यान दिने गरेर सुगनलाई नियन्त्रण गरे । औषधी खान थालेको २ वर्ष मात्रै भयो ।’
आचार्यले अहिले दिनमा २ पटक मधुमेह नियन्त्रणको लागी औषधी सेवन गर्दै आएका छन् । औषधीसँगै स्वास्थ्य जीवनशैली अपनाएको भन्दै उनी भन्छन्, ‘यो रोगलाई नियन्त्रण गर्न औषधी खाएर मात्रै हुदैन । म त दिनमा दुई देखि ३ घण्टा हिड्ने गर्छु । ६–६ महिनामा रगत जाँच गराउछु, अनि वर्ष वर्षम मुटु र आँखा पनि परिक्षण गर्छु ।’
डा. आचार्यले त्रिभुवन विश्व विद्यालयमा पढाउदाको कहानी सुनाउँदै भने, ‘पहिला क्याम्पसमा पढाउदा मोटो थिएँ । डाक्टरले मोटोपन घटाउनु भनेका थिए । मोटरबाइकलाई घरमै छोडेर पसीना आउने गरी दौडेर क्याम्पस पुग्थे ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Rupse Holidays
Nabil box

‘मैले जस्तै रोगलाई नियन्त्रणमा राख्नुपर्छ । त्यसको लागि औषधी खाएर मात्रै हुँदैन । पहिलो कुरा डाक्टरको नियमित संम्पर्कमा रहेर उहाँको सल्लाह मान्नुपर्छ । समय समयमा रगत पिसाब, मुटु, आँखा परिक्षण गराउने, धेरै हिड्ने र पसिना आउने गरी व्यायम तथा योग गर्नुपर्छ,’ अन्य मधुमेहका रोगीहरुलाई पनि आफुले जस्तै स्वास्थ्य जिवनशैली अपनाउन आचार्यले सुझाव दिए ।
डा. आचार्यले जस्तै मधुमेहका विरामीले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेमा मधुमेहबाट हुने जोखिमलाई कम गर्न सकिन्छ । 

Vianet communication

तर डा.आचार्य जस्तै सबै मधुमेह रोगीहरु आफ्नो स्वास्थ्यप्रति सचेत नभएको चिकित्सकहरु बताउँछन् । नेपालमा मधुमेहको अवस्था डरलाग्दो भएको चिकित्सकहरुले बताएका छन् ।
विश्वभर ४१ करोड मानिसमा मधुमेहको समस्या रहेको तत्थ्याङ्क छ । नेपालको कुल जनसंख्याको १९ प्रतिशत नेपालीहरुमा मुधुमेहको समस्या रहेको काठमाडौं डाइबेटिज तथा थाइराड सेन्टरका निर्देशक डाक्टर अंशुमाली जोशीले बताए । नेपालमा प्रत्यक घरहरुमा एक न एकजना मधुमेहको विरामी रहेको उनको भनाइ छ । 

नेपालमा रहेका मधुमेहका सबै विरामीहरु उपचारको पहँुचमा नरहेको डा. जोशीले बताए । उनले लोकान्तरसंग भने, ‘शहरी क्षेत्रमा रहेका मानिसहरु उपचारको पहुँचमा छन् । तर ग्रामिण क्षेत्रका धेरै विरामीहरु उपचारबाट बन्चित नै छन् । जसको कारण उनीहरुमा आँखा किड्नी विग्रसकेपछि मात्रै आउने गरेका छन् ।’
मधुमेह लागेको सुरुको अवस्थामा शरीरमा कुनै लक्षण नदेखिने गरेको उनले बताए । पचास प्रतिशत विरामीहरुमा मात्रै सुरुको अवस्थामा मधुमेहको लक्षण देखिने  भएकाले पनि विरामीको अवस्था जटिल भएपछि उपचारमा आउने गरेको डा. जोशीको अनुभव छ । 

डा. जोशीका अनुसार मधुमेहका विरामीहरुमा यस्तो लक्षण देखिन सक्छ 
 

पटक पटक पिसाब लागिरहन्छ ।
बढी तिर्खा लागिरहने ।
जति खाएपनि भोक लागे जस्तो मात्रै हुने ।
शरीर कमजोर भएजस्तो अनुभव हुने ।
छाला सुक्ने, शरीर चिलाउने ।
हातखुट्टा झम्झामाउने, दुखेको थाहा नहुने ।
पिसाव नली, योनीमा संक्रमण हुने ।
दाँत र गिजा पाक्ने समस्या देखिने ।
जति खाएपनि तौल घट्दै जाने ।
यौनशक्तिमा  कमी आउने ।
यस्ता मानिसमा मधुमेहको सम्भावना बढि हुन्छ 
तनाव धेरै लिने व्यक्ति
अस्वास्थ्यकर जिवनशैली अपनाउने व्यक्ति
मोटो व्यक्ति 
गर्भवती महिला
जन्मदा ४ केजी वा सो भन्दा धेरै भएको शिशु
अन्तर ग्रन्थी, प्याङुक्रियाजको रोग भएमा 
परिवारको कुनै सदस्यमा मधुमेह भएको अवस्थामा 

मधुमेहका विरामीले समयमा उपचार र स्वास्थ्यमा ध्यान नदिदा यसले जटिल रुप लिनसक्छ । प्याङ्क्रियाज गन्थ्रीको ईन्सुलिन उत्पादन गनेए कोषिकाहरु घट्दै जाँदा रगतमा चिनीको मात्रा बढि हुन थाल्छ ।  जसको कारण मधुमेह रोगीलाई अन्य समस्याहरु पनि उत्पन्न हुन सक्छ ।
मधुमेहलाई समयमै नियन्त्रण नगर्दा यस्तो रोगको संक्रमण हुनसक्छ 
आँखा भित्रको नशामा क्षति भई आँखा धमिलो हुने ।
रेटिनामा क्षति भई दृष्ट्रि गुम्न सक्छ ।
मृगौला सम्बन्धि रोग लाग्न सक्छ ।
हृदयघात र पक्षघातको सम्भावना हुने ।
खुट्टाको नशा क्षति भई खुट्टामा घाउ चोटपटक लाग्नेको थाहा नहुने । 
घाउ लामो समय सम्म निको नहुने । पाक्ने र खुट्टा काट्न पर्ने अवस्था समेत आउन सक्छ ।
स्मरणशक्तिमा ह्रास आउछ ।
 

मधुमेह लाग्नै नदिन र लागेपछि  ध्यान दिनुपर्ने उपाय
 

खानपानमा ध्यान दिने ।
मदिरापान र धुम्रपान नगर्ने ।
नियमित शारीरिक व्यायाम र योग गर्ने ।
मधुमेहको समस्या देखिएमा चिकित्सकको सुझाव अनुसार नियमित औषधी सेव गर्ने ।
सक्रिय जीवनशैली अपनाउने ।
स्वास्थ्यकर खाना खाने ।
समय समयमा स्वास्थ्य परिक्षण गराउने । 
स्वास्थ्य परिक्षण गराउदा रगत, पिसाब, आँखा मुटु परिक्षण गराउने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x