×

NMB BANK
NIC ASIA

पसिना पुछ्दै भोटमाग्न पुगेका सिलवालले भने–कांग्रेसले गर्दा विकास गर्न सकिएन (भिडियोसहित)

कात्तिक ३०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० कार्तिक – प्रतिनिधिसभा र स्थानीयसभाको चुनावी मिति नजिकिँदै गर्दा ललितपुर–१ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्ति पार्टीका झण्डाले ललितपुर–१ का गाउँ तथा बजारको रौनक चुनावमय बनाएको छ । ठूला दलका मुख्य उम्मेदवार आफ्नो चुनावी क्षेत्रमा दिनभरी नै घरदैलो अभियानमा खटिएका छन् भने गाउँलेलाई पनि चुनावप्रति चासो लाग्न थालेको छ ।

Muktinath Bank


ललितपुरको टीका भैरव गाउँ क्षेत्रका जनतासँग कुनै पनि दलका नेता पनि भोट माग्न नआएको स्थानीयले बताइरहँदा बेला टीका भैरवदेखि केही टाढाको गाउँ सिखर्पा वरपर भने वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमालेका उम्मेदवार नवराज सिलवालले मतदातासँग नमस्कार गर्दै मत मागिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


चुनावी प्रचार चलिरहँदा हामीले उम्मेदवारहरुले भोट माग्न नभ्याएका मतदातासँग सोधेका थियौं, ‘यसपालि कस्ता उम्मेदवार चुन्दै हुनुहुन्छ?’


Advertisment
Nabil box
Kumari


‘आजसम्म उम्मेदवार चुनेर केही पाएझैं लाग्दैन, हामीलाई कुन नेता उठेका छन् भन्ने पनि थाहा छैन’, टीका भैरवकी स्थानीयवासी शारदा खड्काले भनिन्, ‘पञ्चायत कालदेखि भोट हाल्दै आएकी छु, कसैले यो क्षेत्रका लागि केही गरेजस्तो पनि लाग्दैन ।’

Vianet communication


टीका भैरव बजारमा सिलाइ कटाइको पसल सञ्चालन गरेर बसेकी जानुका खड्काले पनि नेताप्रति आफ्नो कुनै विश्वास नभएको बताइन् । ‘सधै उही प्रक्रिया दोहोरिरहन्छ, हामीलाई त चुनावमा भोट नै नहालौं कि भन्ने लाग्न थालिसक्यो ।’, उनले सुनाइन् ।


त्यस्तै टीका भैरवकै कृष्णबहादुर खड्काले काठमाडौंबाट दश किलोमिटर टाढाको बस्ती भएर पनि उक्त गाउँ धेरै टाढाको विकट गाउँजस्तै गुनासो पोखे । ‘गाउँमा बाटो त आएको छ तर समयमा सवारी पाइँदैन, काठमाडौं नजिकै भएर पनि विकट गाउँजस्तै भएको छ ’, उनले थपे, ‘नेताले जनताका लागि गर्ने भन्छन्, तर आफ्ना लागि गर्छन् ।’


आँगन छेउमा बसेर साग काट्दै गरेकी स्थानीयवासी जानकी श्रेष्ठले भने आफूलाई उम्मेदवारको विश्वास लाग्ने बताइन् । ‘हामीलाई त उम्मेदवारको विश्वास लाग्छ, यिनै नेताले गर्दा त गाउँमा मोटर आएको छ’, उनले साग केलाउँदै लोकान्तरलाई सुनाइन्, ‘नेताको त विश्वास गर्नै प–यो नि, अलिअलि भए पनि कसैले गरेका छन् भने नेताले त गरेका छन् ।’


हिँडेरै भोट माग्दै नवराज

सिलवाल, महिलालाई नमस्कार, पुरुषसँग हस्तमिलन

टीका भैरवका जनतासँग भोट माग्न भ्याइ नसकेका वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल भने दिउँसोको चर्को घाममा सिखर्पा वरपरका मतदातासँग भोट माग्दै थिए । कार्यकर्तामाझ घेरिएका सिलवालले उक्त क्षेत्रको विकास गर्न र यही क्षेत्रमै रोजगारको सृजना गर्न आफूलाई जिताउन आह्वान गरे । सिखर्पाको विद्यालयमा बोल्दै सिलवालले कांग्रेसलाई पटकपटक जिताउँदा पनि यो क्षेत्रको विकास नगरेकाले अहिले वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए । ‘यो ठाउँका किसानलाई उन्नति पु–याउने र यही क्षेत्रमा उद्योग खोल्नेछौं’, उनले थपे, ‘कांग्रेसको नीतिले गर्दा विकास गर्न सकिएको छैन, त्यसैले अहिले वाम गठबन्धनले जिताउनुपर्छ ।’


स्कूल (हालको हिर्खपा सामुदायिक पुस्तकालय केन्द्र) को चउरमा जम्मा भएका मतदातालाई भाषण गरिसकेपछि सिलवालले जनतामाझ घरदैलो अभियान थालेका थिए । सिलवालले प्रत्येक घरका महिला मतदातालाई टाढैबाट नमस्कार टक्राइरहेका थिए भने पुरुष उम्मेदवारसँग हात मिलाउँदै अगाडि बढिरहेका थिए । कार्यकर्ताले मतदातालाई वाम गठबन्धनका उम्मेदवार ‘नवराज सिलवाल’ भन्दै चिनारी दिइरहेका थिए ।


भाषणपछि के भने मतदाताले?

सिलवालको भाषणपछि हामीले मतदातालाई सोध्यौं, ‘के तपाईलाई उम्मेदवारको भनाइमा विश्वास लाग्यो?’


‘विकासको नारा बाँड्छन्, योभन्दा पहिले पनि धेरैले बाँडे, भएन, अहिले पनि त्यसै भन्दैछन्’, कोणसभामा भेटिएका कमल कुवँरले सुनाए, ‘वाम गठबन्धन भएकाले जित्न त जित्लान् कि ।’


स्थानीयवासी पवित्रा घिमिरेले सिलवालको भाषणले आफू प्रभावित भएको बताइन् । ‘भूकम्पले भत्काएका घर अझै ठाडो पार्न सकेका छैनौं, उहाँहरुले यो क्षेत्रका लागि गर्छौं भन्नुभएको छ, विश्वास लागेको छ’, छेउमै उभिएकी ठूलीकान्छी नगरकोटीले सुनाइन्, ‘टहरामा बस्दा बिरामी भइसक्यौं, उनले जिते केही गर्थे कि !’


गाउँमा चुनावी चर्चा चलिरहे पनि गाउँले भने आफ्नै दैनिकीलाई प्राथमिकता दिएका छन् । गाउँमा पालैपालो विभिन्न पार्टीका उम्मेदवार मत माग्न आइरहेका छन् भने मतदाताले पनि उम्मेदवार आउँदा मुसुक्क मुस्कुराइदिएका छन् । उम्मेदवारका चुनावी आश्वासन त आर्कषक छन्, तर कतिपय मतदाताले आश्वासन पत्याउन छोडिसकेका छन् । सिर्खपाका मतदाता भन्छन्, ‘आउनुहुन्छ, नमस्कार गरेर जानुहुन्छ, हामी त केही बुझ्दैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x