×

NMB BANK
NIC ASIA

काठमाडौं, १४ माघ– कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकाहरुमा शुन्य अपाङ्गता हाम्रो अभियान भन्ने नाराका साथ आइतबार विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाइएको छ । 

Muktinath Bank

बालबालिकाहरुमा शून्य अपाङ्गता भन्ने नारा बनाउँदै विभिन्न कार्यक्रम भएपनि  कुष्ठरोगको कारण अपाङ्गता भएकाहरुको पुनस्र्थापनामा सरकारले चासो नदिएको  कुष्ठरोग प्रभावितहरुले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६५ औं विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठरोग नियन्त्रण महाशाखाले आइतबार टेकुमा आयोजना गरेको अन्तरक्रियामा कुष्ठरोग प्रभावित समाजका अध्यक्ष दिपक तिवारीले सरकारको आलोचना गरे । 


Advertisment
Nabil box
Kumari

महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अन्त्यमा समय माग्दै उनले आफ्नो गुनासो संचारकर्मीलाई सुनाएका थिए ।

Vianet communication

‘नेपाल सरकारले नै ३३ हजार मानिसहरु कुष्ठरोगको कारण अपाङ्गता भएको जनाएको छ । तर ती कुष्ठरोग प्रभावितको अवस्था कस्तो छ ? कहाँ छन् ? कसरी जीवन विताइरहेका छन् सरकारसँग कुनै जानकारी छैन । 

उनले भने, ‘ कुष्ठरोग प्रभावित लागि विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले काम गरीरहेका छन् भन्छन् । तर कुष्ठरोग प्रभावितको अवस्था दयनीय छ । उनीहरुको जीवन कसरी वितिरहेको छ कसैलाई चासो छैन । कुष्ठरोग प्रभावितको पुनः स्थापनाको कुरा मात्रै भएको छ, काम भएको छैन ।’

उनले कुष्ठरोग महाशाखालाई कुष्ठरोग बाट अपाङ्गता भएका मानिसहरुको पुनस् स्थापनाको लागि कार्य गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक मोहम्द दाउदल कुष्ठरोग बाट प्रभावित भएकाहरुको लागि सरकारले आगामी दिनहरुमा योजना बनाएर आयआर्जनको लागि कार्यक्रमहरु गर्ने बताए ।
दिवसको अवसरमा आयोजित अन्तरक्रियामा महाशाखाका छालारोग विशेषज्ञ डाक्टर रविन्द्र बास्कोटाले कुष्ठरोगीको खोजीमा भएका अध्ययन अनुसन्धानको प्रतिवेदनहरु सार्वजनिक गरेका थिए । कुष्ठरोगीको खोज्ने क्रममा नयाँ

विरामीहरु भेटिने क्रम बढ्दै गएको डा. बास्कोटाले बताएका छन् ।

महाशाखाको तत्थ्याङ्क अनुसार नेपालमा आर्थिक वर्ष २०७३–७४ मा नयाँ विरामीको संख्या ३ हजार २ सय १५ रहेको भने २ हजार ६ सय १९ जना विरामीले उपचार गराइरहेका छन् ।  कुष्ठरोगको संक्रमण तराईका जिल्लाहरुमा बढि रहेको जनाइएको छ ।

कुष्ठरोगको कारण हालसम्म ३३ हजार जना अपाङ्गता भएको अनुमान गरीएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x