मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
माघ १५, २०७४
काठमाडौं, १५ माघ- ‘माघ १२ गते शुक्रबारको दिन हाम्रो २६औं वेडिङ एनिभर्सरी थियो । बिहीबार राति म र मेरी श्रीमती एनिभर्सरी सेलिब्रेसन गर्ने योजना बनाउँदै थियौँ । राति पौने १० बजेतिर इन्डियाको परिचित नम्बरबाट फोन आयो । भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकारले मलाई पद्मश्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको रहेछ । मेरा चिकित्सक साथीहरुले मलाई फोन गरेर बधाई दिनुभयो । मलाई भारत सरकारले त्यहाँको प्रतिष्ठित नागरिक सम्मान पद्मश्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको कुरा मेरा साथीहरुबाट थाहा पाए । त्यो खबर सुनेर मलाई एकदमै खुशी लाग्यो । हाम्रो वेडिङ एनिभर्सरीको दिन हाम्रो लागि डबल खुशी प्राप्त भयो,’ तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले लोकान्तरसँग आफ्नो खुशी यसरी सुनाए ।
गत बिहीबार भारतको ६९औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारत सरकारले विभिन्न विधामा सम्मान दिइएका व्यक्तिहरुको नाम घोषणा गरेको थियो । सोही कार्यक्रममा नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई भारतले प्रतिष्ठित नागरिक पद्मश्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।
सन् १९८० मा रुइतले गरेको अध्ययनबाट मोतियाबिन्दुको शल्यक्रिया खर्च ९० प्रतिशतले कम भएको र उनले १ लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गर्ने निर्णय गरेको भारतको प्रेस इन्फर्मेसन ब्यूरोले जनाएको छ ।
पढ्नकै लागि सात वर्षको उमेरमा १५ दिन हिँडे
डा. रुइत नेपालको निकै विकट जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका हुन् । उनका बुबा सोनामले व्यपार गरेर जीविका चलाउने गर्थे । गाउँमा पठनपाठनका लागि कुनै विद्यालय थिएन । विद्यालय नभए पनि बाबुले दार्जलिङमा लगेर स्कूलमा पढाएको डा. रुइत सम्झन्छन् ।
‘मेरो घर एकदमै विकट ठाउँमा थियो । पढ्नका लागि गाउँमा कुनै पाठशाला थिएन । म सात वर्षको भएपछि मेरो पिताले मलाई पढाउन कै लागि दार्जलिङ लानुभएको थियो,’ उनले बाल्यकालमा पढ्नकै लागि घर छाडेको दिन सम्झँदै लोकान्तरसँग भने, ‘ताप्लेजुङको ओलाङचुङगोलाबाट १४/१५ दिन हिडेर म पढ्नकै लागि दार्जिलिङ पुगेँ ।’
रुइतले दार्जलिङको मिसनरी स्कूल सेन्ट रोर्बट्मा भर्ना भएर पढाइ शुरु गरे । विद्यालय बिदाको दिन कक्षामा सँगै पढ्ने साथीहरुको आमाबुबा भेट्न आइरहन्थे । तर, उनको घर टाढा भएकोले रुइतलाई भेट्न कोही आफन्त आउँदैन थिए । उनले आफन्तलाई भेट्ने समय पनि पढेर बिताउँथे ।
‘घर फर्कन १५ दिन लाग्थ्यो । २/३ वर्षमा मात्रै घर जान पाइन्थ्यो । बिदाको समयमा अरु साथीहरु घर जान्थे । म भने दार्जलिङमै पढेर बस्थेँ । मैले त्यहाँ धेरै राम्रो शिक्षा पाएँ,’ उनले भने ।
रुइतले त्यहाँ ८ कक्षासम्म पढे । सन् १९६२ मा भारत र चीनबीच सीमा युद्ध भयो । युद्धको कारण दार्जलिङस्थित उनले पढ्दै गरेको विद्यालय बन्द भयो । त्यसपछि उनका बुबाले काठमाडौंको सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिए । रुइतले सन् १९७० मा सोही स्कूलबाट प्रथम श्रेणीमा एसएलसी पास गरे ।
पाइलट बन्ने सपना, बने डाक्टर
दार्जलिङमा प्राथमिक तहमा पढ्दै गर्दा रुइतको सपना पाइलट बन्ने थियो । दार्जलिङमा पढ्दा बिदाको दिन रुइत कहिलेकाहीँ सिनेमा हेर्न जान्थे । सिनेमामा देखेको पाइलटको कहानी हेरेरै उनले आफू भविष्यमा पाइलट बन्छु भनेर सोच्ने गर्थे । उनलाई सिनेमामा भएको पाइलट आफैँ हुँ जस्तो लाग्थ्यो । रुइतले आफैँले कयौँपटक आकाशमा काल्पनिक जहाज उडाएका पनि थिए ।
काठमाडौं आए पनि उनले आफ्नो पाइलट बन्ने सपनालाई बिर्सेका थिएनन् । समयले उनको पाइलट बन्ने सपनालाई परिवर्तन गरायो । काठमाडौंको सिद्धार्थ वनस्थली स्कूलमा पढ्दा उनीसँगै बहिनी याङ्ला पनि सँगै बस्थिन् ।
आफूसँगै बसेको भएर पनि रुइतले बहिनीलाई असाध्यै माया गर्थे । दाजुबहिनीको प्रेमलाई दैवको आँखा लाग्यो । बहिनीलाई क्षयरोगले च्याप्यो । राम्रोसँग उपचार नपाएपछि बहिनी याङ्लाको १४ वर्षकै उमेरमा निधन भयो । बहिनीको मृत्यूले रुइतलाई धेरै ठूलो पीडा दियो ।
आफ्नो बहिनीजस्तै धेरै नेपालीको समयमा उपचार नपाएर मृत्यु भएको घटना धेरै छन् भन्ने उनले महसुस गरे । त्यसपछि उनले आफ्नो पाइलट बन्ने सपनालाई त्यागेर डाक्टर बन्ने योजना बनाए ।
डाक्टर बन्ने योजना बनाए पनि डाक्टर पढ्न त्यति सजिलो थिएन उनलाई । गाउँमा सानोतिनो व्यपार गरेर एसएलसीसम्म पढाएका बाबुसँग छोरालाई डाक्टर पढाउन सक्ने सम्पत्ति थिएन । त्यसमाथि पनि ताप्लेजुङमा भएको रुइतको घर पहिरोले लगेपछि बाबुआमा घनकुटामा आएर व्यापार गरेर बस्थे ।
‘बहिनीको मृत्युपछि मलाई ठूलो झड्का लाग्यो । मैले नेपालमा भएका बिरामीलाई डाक्टर बनेर बचाउँछु भन्ने लाग्यो । त्यसपछि मैले डाक्टर बन्ने सपना बुन्न थालेँ ।’
पढाई राम्रै भएकाले रुइतले जसरी पनि डाक्टर बन्छु भन्ने प्रण गरे । तर, आर्थिक कठिनाइ उनको अघि थियो । ‘म एकदमै विटक ठाउँको मान्छे । दुःख गरेर जसोतसो एसएलसीसम्म पढाउनु भएको थियो । मलाई डाक्टरी पढाउने कुरा भनेको उहाँहरुले सोच्न पनि सक्नुहुन्नथ्यो । तर, स्कूल पढ्दादेखि नै मेरो पढाइ राम्रो भएकोले डाक्टरी पढ्न हिम्मत गरेँ ।’
होटलमा भुइँ पुछेर त्रिचन्द्रमा अध्ययन
एसएलसी पास गरेपछि साइन्स पढ्न त्रिचन्द्र क्याम्पसमा भर्ना भए । उनी त्रिचन्द्रमा आइएससी पढ्दै गर्दा घनकुटाबाट आमाबुबाले केही पैसा त पठाइन्थिे । तर, बुबाले पठाइदिएको पैसाले उनलाई काठमाडौंमा बस्न नै धौधौ हुन्थ्यो । पढ्नका लागि पैसा भएन । तर, उनले घरमा गुनासो गरेनन्, बरु आफैँ केही गर्ने योजना बनाए ।
त्यसपछि उनले दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा काम गर्न थाले ।
‘म हप्ताको ३ दिन अन्नपूर्ण होटलमा काम गर्न थालेँ । त्यहा भुइँ पुछ्ने, रिसेप्सनमा बस्ने, गेस्टहरुसँग कुरा गर्ने काम हुन्थ्यो,’ उनले भने । यसरी काम गर्दा हप्तामा २५/३० रुपैयाँ कमाइ हुन्थ्यो । उनले त्यही पैसाले आफूलाई चाहिने किताबहरु किन्ने तथा कलेजमा शुल्क बुझाउने गर्न थाले ।
उनले यसरी ८ महिनासम्म काम गरे । त्यहाँ काम गर्दा उनलाई पैसा मात्र भएन, विदेशीहरुसँग पनि बोल्नुपर्ने भएकाले अंग्रेजी पनि राम्रोसँग बोल्न सक्ने भए ।
साढे २ वर्ष त्रिचन्द्र क्याम्पसमा पढेपछि उनले एमबीबीएस पढ्न छात्रवृत्ति पाए । त्यसपछि उनले पढ्नकै लागि पैसाको तनाव लिनु परेन ।
भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजमा ५ वर्ष पढे । भारतमा एमबीबीएस पास गरेपछि रुइत नेपाल नै फर्किए ।
आँखाकै डाक्टर हुने योजना यसरी बन्यो
नेपाल आएपछि उनले वीर अस्पतालमा ‘जनरल फिजिसियन’का रूपमा ३ वर्ष काम गरे ।
मेडिकल पढेर वीर अस्पतालमा काम गर्ने क्रममा उनी विकट जिल्लाहरुमा हुने स्वास्थ्य शिविरहरुमा गइरहन्थे । शिविरमा जाँदा उनले नेत्र विशेषज्ञ डाक्टर नविन चन्द्रले एकै परिवारको ७ जना विरामीको अप्रेशन गरेर आँखाको ज्योति फर्काएको देखेपछि उनलाई नेत्र विशेषज्ञ हुने सोच आयो ।
उनले फेरी भारतमा छात्रवृत्तिमा आँखाको विषयमा पढ्ने अवसर पाए । उनले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा एमडी पढ्न थाले । तीन वर्ष पढेपछि सन् १९८४ मा नेपाल फर्किएर रुइतले त्रिपुरेश्वर आँखा अस्पतालमा काम गर्न थाले ।
त्रिपुरेश्वर आँखा अस्पतालमा ८ वर्ष काम गरेपछि १९८७ मा अध्ययन गर्न १ वर्षअष्ट्रेलियागए ।अष्ट्रेलिया रहँदा उनलाई अष्ट्रेलियाया, युरोप र अमेरिकामा धेरै कामको अवसर आयो । तर, उनको योजना नेपालमै कार्य गर्ने थियो ।
नेपाल फर्किएपछि उनले सहकर्मीहरुसँग मिलेर सन् १९९४ मा तिलगंगा आँखा केन्द्रको रुपमा आँखा अस्पताल खोले ।
त्यतिबेलादेखि नै उनले आँखाको सेवालाई सामान्य नागरिकको पहुँचमा पुर्याउने प्रत्यात्न गरिरहे । रुइतको समूहले खोलेको तिलगंगा आँखा अस्पताल लेन्स उत्पादनदेखि नेपाली र विदेशीको समेत आँखाको उपचार गर्ने ठूलो अस्पतालको रुपमा परिचित छ । डा. रुइत सन २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
उनी अहिले नेपालको वरिष्ठ नेत्र विशेषज्ञको रुपमा परिचित छन् । डा. रुइतले ३० वर्ष अघिदेखि निरन्तर नेत्र विशेषज्ञको रुपमा कार्य गर्दै आएका छन् । रुइतले यो अवधिमा १ लाखभन्दा बढीको आँखाको उपचार गरिसकेका छन् ।
गत बिहीबार भारत सरकारले घोषणा गरेको पद्मश्री पुरस्कारले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बन्ने उनले बताए । डाक्टर रुइतले नेपाललाई भारतीय नागरिकले हेर्ने नकारात्मक दृष्टिलाई आफूले पाएको सम्मानले परिवर्तन गर्न सफल भएको धारणा राखे ।
‘नेपाल र भारत छिमेकी देश हुन् । दुई देशबीच सम्बन्ध राम्रो हुन जरुरी छ । भारतले नेपालीलाई पुरस्कार दिनु हामी सबै नेपालीको लागि राम्रो कुरा हो । मलाई प्राप्त भएको पुरस्कारले मेरा सम्पूर्ण विरामीलाई पनि खुशी प्राप्त भएको छ,’ उनले भने, ‘भारतमा नेपालीहरु तल्लो लेभलमा मात्रै काम गर्छन् भन्ने नकारात्मक सोचलाई मैले पाएको पुरस्कारले गलत सावित गरेको छ ।’
उनले दुवै देशका नागरिकबीच आपसी सम्बन्ध राम्रो हुनुपर्ने र दुबै देशले एकअर्कालाई सम्मान गर्नुपर्ने धारणा राखे । आफूले पाएको पुरस्कार नेपालको लागि महत्वपूर्ण भएको उनको भनाइ छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...