×

NIC ASIA

वार्षीक ४० हजार थपिन्छन् क्यान्सरका बिरामी, बच्न डा. बरालको यस्ता सुझाव

माघ २१, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २१ माघ–  हामी सक्छौं म सक्छु भन्ने नाराका साथ आइतबार विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष फेबरुअरी ४ मा विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिन्छ । दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल क्यान्सर अस्पताल लगायतका विभिन्न संघसंस्थाले विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रम गरेर मनाउने गरेका छन् ।

Muktinath Bank

हरेक वर्ष क्यान्सर रोग न्यनिकरणको लागि भव्यरुपमा दिवस मनाउने गरेपनि नेपालमा वर्षेनि क्यान्सरका विरामी भने बढ्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा वार्षिक १५ हजार मानिसको क्यान्सरको कारण मृत्यु हुने गरेको अनुमान छ । यस्तै वार्षिक ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको नेपाल अर्बद रोग निवारण संस्थाले जनाएको छ । 
नेपालमा फोक्सो, महिलाको पाठेघरको मुखको क्यान्सर, नाक, कान, घाँटीको क्यान्सर मुख्य समस्या बनेको छ ।


Advertisment
Nabil box
Kumari

क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ

Vianet communication

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगको प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थको सेवन भएको बताउँछन् । सुन्र्तीजन्य पदार्थको सेवनलाई निरुत्साह गर्न सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाईने, सजाएर खुल्ला रुपमा बिक्री वितरण गर्न नपाईने नियम बनाइएको छ । तर नेपलामा सुर्तीजन्य पदार्थको खुल्ला बिक्रीवितरण भइरहेको छ । यस्तै सार्वजनिक स्थानमा  धुम्रपान गर्नेहरु पनि उतिकै छन् ।

पछिल्लो समय युवाहरुमा सार्वजनिक स्थानमै चुरोट खाने युवाहरु बढ्दै गएको डा. बरालले बताए । जनचेतना भए पनि युवाहरुले चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको उनले बताए । 

‘नेपालमा नियमहरु मात्रै बनाइएको छ सरकारी निकायले कार्यन्वयन गर्न सकेको छैन । त्यसले पनि सार्वजनिक स्थानमा धुम्रपानको प्रयोग घटेको छैन ’ डा बरालले भने, ‘क्यान्सर हाम्रो शरीरको जुनसुकै ठाउँमा पनि हुन सक्छ ।  सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर हुने सम्भावना ९० प्रतिशत रहेको हुन्छ । चुरोट खाने मान्छे नजिकै बस्नेलाई पनि क्यान्सर हुने जोखिम उत्तिकै हुन्छ ।’

वार्षिक १७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको उनले बताए ।

एउटा चुरोटमा ४ हजार रसाइनिक पदार्थ  हुने भएकाले क्यान्सर हुने सम्भावनालाई घटाउन सुर्तीजन्य पदार्थको सेवन निषेध गर्नुपर्ने डा. बरालले बताए ।

सरकारले सुर्तीजन्य पदार्थको नियमलाई प्रभावकारी कायन्वय गर्न नसक्दा सुर्तीजन्य पदार्थको प्रयोग घट्न नसकेको उनको ठहर छ । 

‘हामीले चुरोटको कारण क्यान्सर हुने  सम्भावनाको विषयमा पटक पटक जानकारी गराएका छौं । तर सरकारले लागु गर्न सकेको छैन । यो सरकारको कमजोरी हो । नियमलाई कडाइका साथ कार्यन्वयन ग¥यो भने यसको नियन्त्रण सम्भव छ ।’

क्यान्सरका कारण तत्वहरु विभिन्न किसिमका छन् । खानपान र जीवनशैली स्वास्थ्य हुन सके ४० प्रतिशत क्यान्सरको जोखिम कम हुने डा. बराल बताउँछन् ।

क्यान्सरबाट बच्न डा. बरालको यस्तो सुझाव

सुर्तीजन्य पदार्थको सेवन गर्ने ।
मदिरा सेवन नगर्ने ।
नियमित रुपमा शारीरिक व्यायम गर्ने ।
तौन नियन्त्रण राख्ने ।
खानपानमा विषेश ध्यान दिने ।
फलफुल र हरियो सागपात प्रशस्त खाने ।
सम्भव भएसम्म अर्गानिक खाना खाने ।
नुन कम खाने ।
विग्रेको तथा बाहिरको खाना कम खाने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x