×

NMB BANK
NIC ASIA

उधारोमा प्रदेश सांसदको ‘जागिर’, कहिले र कति पाउँछन् तलब ?

माघ २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ माघ- संघीयतामा कार्यान्वयनको चरणमा रहँदा केन्द्रमा रहेको शक्ति विकेन्द्रिकृत हुँदैछ । प्रदेश–प्रदेशमा संसद स्थापना भएको छ, सरकारहरु बन्ने चरणमा छन् ।

Muktinath Bank

दलका जिल्ला तथा क्षेत्रीयस्तरका नेताहरुले सांसद बन्दै आफ्नो क्षेत्रको विकासमा योगदान गर्ने अवसर पाउँदैछन्, जसलाई सकारात्मक रूपमै हेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवसरबाट बञ्चित धेरै नेता–कार्यकर्ताले सांसद बन्न पाएका छन् ।


Advertisment
Nabil box
Kumari

यसरी सांसद बनेकाहरुको सेवा/सुविधा कस्तो छ त ? यस विषयमा धेरैको चासो पाइन्छ ।

Vianet communication

कस्तो छ सेवा/सुविधा ?

सातवटा प्रदेशमा गरी कुल ५ सय ५० सांसद छन् । जसमध्ये ३ सय ३० जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने, २ सय २० जना समातुपातिकबाट चुनिएका हुन् ।

प्रदेशसभाको पहिलो बैठक सम्पन्न भइसकेको छ । सरकार गठनको तयारी पनि भइरहेको छ । तर प्रदेश सांसदहरुले पाउने सेवा/सुविधाको टुंगो भने अझैसम्म लागिसकेको छैन ।

प्रदेश सांसदहरुको सेवा/सुविधा सम्बन्धित प्रदेशले नै कानून बनाएर तोक्ने छ ।

संसद सचिवालयका सहसचिव सुदर्शन कुँइकेलका अनुसार प्रदेश सरकारले प्रदेशसभामा सोसम्बन्धी विधेयक पेश गरेपछि पछि त्यहाँबाट पारित भई प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि मात्र त्यसले कानूनको रूप ग्रहण गर्नेछ ।
त्यसअघि केन्द्र सरकारले तोकेर केही सुविधा दिन भने सक्छ ।

अहिले केन्द्रमासमेत नयाँ सरकार बनिनसकेकाले प्रदेश संसादहरुले केही महिना उधारोमै काम गर्नुपर्ने बाध्यता देखिन्छ । कुँइकेल भन्छन्, ‘केन्द्रमा नयाँ सरकार गठन भएपछि सायद त्यो काम गर्नेछ । संसदहरुले अझै केही समय तलब पाउने अवस्था छैन ।’

तर केन्द्र सरकारले अस्थायी सेवा/सुविधा तोक्नु उचित नहुने जानकारहरु बताउँछन् ।

संविधानअनुसार आफ्नो प्रदेशको अवस्था हेरी प्रदेश सरकारले सांसदहरुलाई तलव भत्ताको व्यवस्था गर्नुपर्छ । केन्द्रले अहिले अनावश्यकरूपमा तलब तोक्दा पछि घटबढ हुँदा असन्तुष्टि देखा पर्ने अवस्था रहन सक्ने अर्थविद् हरि रोका बताउँछन् ।

‘प्रदेश सांसदहरुलाई आफ्नो तलब भत्ता आफैं तोक्ने अधिकार दिएको छ । प्रदेश कानून नबन्दासम्म तलब तोकेर अनावश्यक हल्लाखल्ला नगर्नु राम्रो,’ उनले भने, ‘प्रदेश संसदले आफैँले कानुनहरु बनाउन थाले राम्रो हुन्छ ।’

स्रोत र साधनका आधारमा सेवा सुविधा तोकिने हुँदा सबै प्रदेशका सांसद, मन्त्री र मुख्यमन्त्रीहरुको तलब एउटै नहुनसक्छ । हरेक प्रदेशले आफ्नो आर्थिक क्षमता, साधन स्रोत र सामथ्र्य हेरेर तलब तोक्ने छन् ।

संघीयता लागू भएका देशहरुमा हरेक प्रदेशका सांसदहरुको तलबभत्ता फरक–फरक हुन्छ । धनी प्रदेशका सांसदहरुले तलब धेरै पाउँछन् भने, गरिब प्रदेशका सांसदको तलब कम हुन्छ ।

यसले गरिब वा स्रोत साधन कम भएका प्रदेशहरुले आफ्नो प्रदेशको स्रोतसाधन पहिचानमा लाग्ने र प्रतिस्पर्धा बढ्न सक्ने हुन्छ ।

प्रदेश प्रमुखको तलब भने आकर्षक

संविधानअनुसार प्रत्येक प्रदेशमा मन्त्रिपरिषद्को सिफारिसमा एक–एक जना प्रदेश प्रमुख नियुक्त गरिएको छ । सरकारले ती प्रदेश प्रमुखलाई प्रतिमहिना तलब र अतिथि सत्कारका लागि १ लाख ४ हजार उपलब्ध गराउनेछ । प्रदेश प्रमुखको सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार प्रदेश प्रमुखले मासिक तलब ६४ हजार पाउनेछन् भने अतिथि सत्कारका लागि ४० हजार पाउनेछन् ।

प्रदेश प्रमुखलाई आवश्यकता अनुसार विज्ञ राख्न सरकारले छुट दिएको छ । साथै १२ जनाको सचिवालय,  निजी चिकित्सकको सुविधा र गाडी सुविधा पनि उपलब्ध छ ।

संविधानले प्रदेश सरकार र मुख्यमन्त्रीको सम्पर्क प्रदेश प्रमुखमार्फत केन्द्रीय सरकारसँग गराउने प्रावधान राखेको छ ।

मुख्यमन्त्री हट्दा तथा अन्य कारणले मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् नरहँदा कार्यकारी अधिकार प्रदेश प्रमुखले प्रयोग गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x