×

NMB BANK
NIC ASIA

संघीयताका दुःख : कर्मचारी माग्न पनि सिंहदरबारै धाउनुपर्ने

फागुन २९, २०७४

NTC
Premier Steels

काठमाडौँ, २९ फागुन– गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिले कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन् । 

जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर आवश्यक कर्मचारी उपलब्ध गराईदिन माग गरेका हुन् । 

सांसद गोपाल बमको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जिल्लाका स्थानीय तहमा छिटो कर्मचारी पठाउन मन्त्रालयमा अनुरोध गरेको छ । 

जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिवसमेत नहुँदा कार्य सम्पादनमा असर पुगेको भन्दै सांसद बमले मन्त्रालयका अधिकारीलाई छिटो कर्मचारी व्यवस्था गर्न माग गरे । 

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले १४ वडा रहेको नगरपालिकामा दुई जना मात्र सचिव रहेको बताए । 

Muktinath Bank

“नगरपालिकामा कार्यकारी अधिकृत पनि छैनन्, विद्यालय निरीक्षकका भरमा काम चलाउनुपरेको छ, संघबाट कर्मचारी पनि पठाइएन, हामीलाई कर्मचारी राख्ने अधिकार पनि छैन, जनताको काम कसरी गर्ने ?”– मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसँग प्रश्न गर्दै उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई सचिवले १४ वडाको काम गर्नुपर्दा कार्य सम्पादनमा असहजता भोग्नुपरेको नगर प्रमुख शाहीले सुनाए । लामो समयपछि जनप्रतिनिधि निर्वाचित भएकाले स्थानीयस्तरमा जनचाहनाअनुरुप काम गर्न कर्मचारी अभावका कारण समस्या भएको प्रतिनिधिमण्डलको भनाइ थियो । 

कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको जानकारी गराउँदै सहसचिव तामाङले समायोजनपछि अपुग कर्मचारी स्थानीय तहको मागअनुसार प्रदेश लोकसेवाले विज्ञापन गरी नियुक्तिका लागि सिफारिश गर्ने बताए । 

नगरपालिकाको वडा नं १३ का अध्यक्ष चक्रबहादुर साउद एक जना कर्मचारीका भरमा आफूले वडा कार्यालय सञ्चालन गरिरहेको गुनासो गरे । 

“एकै जना कर्मचारीले कुचो लगाउनेदेखि टिप्पणी उठाउनेसम्मका काम गर्नुपर्ने बाध्यता छ, तीन दिनसम्म हिँडेर जनता सेवा लिन आउँछन्, एक दिन छोडेर हिँडे जनताको काम रोकिन्छ, कर्मचारी नहुँदा कार्यालय चलाउन समस्या भएको छ,”  उनले भने । 

नगरपालिकाकी उपप्रमुख शान्ता रोकाया जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी अभावका कारण काम गर्न नसकिएको बताए । मन्त्रालयका अधिकारीसमक्ष उहाँले उपप्रमुखको कामका विषयमा प्रष्ट पारिदिन पनि माग गरे । 

मुलुक संघीय प्रणालीमा गएपछि कर्मचारीको व्यवस्था भए सेवा प्रवाहमा सहज हुने भन्दै प्रतिनिधिमण्डलले अधिकारीलाई अनुरोध गरेको छ । मुगुमा छायाँनाथ रारा नगरपालिका, मुगुम कर्मारोग, सोरु र खत्याड गाउँपालिका गरी चार वटा स्थानीय तह छन् । 

मन्त्रालयको १३ बुँदे निर्देशन 

यसैबीच मन्त्रालयले अनुगमनका क्रममा स्थानीय तहको काम कारबाही, सेवा प्रवाह, चुस्त, छरितो र प्रभावकारी हुन नसकेको देखिएकाले १३ बुँदे निर्देशन जारी गरेको छ । 

७७ वटै जिल्ला समन्वय समितिका समन्वय अधिकारी र ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र जारी गरिएको हो । 

परिपत्रमा जिल्लाका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष वा प्रमुखसँग बिदा वा काज स्वीकृत नगराइ कार्यक्षेत्र नछोड्ने, स्थानीय तहमा काम गर्न विषयगत कार्यालयबाट खटिएका वडा कार्यालयमा कार्यरत एवं सेवा केन्द्रमा कार्यरत कर्मचारीको काज बिदा स्वीकृत, कार्य सम्पादन मूल्यांकनलगायतका प्रशासनिक नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी निर्देशन दिइएको छ । 

मन्त्रालयले सातवटै प्रदेशमा कर्मचारी नपुगेको सम्बन्धमा समन्वय गर्न मन्त्रालयका सात जना सहसचिवलाई जिम्मेवारी दिएको छ । जसअनुसार प्रदेश नं १ मा आनन्दराज ढकाल, प्रदेश नं २ मा डा हरि पौडेल, प्रदेश नं ३ मा सुरेश अधिकारी, प्रदेश नं ४ मा रामकृष्ण सापकोटा, प्रदेश नं ५ मा पुरुषोत्तम नेपाल, प्रदेश नं ६ मा वेदबहादुर कार्की र प्रदेश नं ७ मा रुद्रसिंह तामाङ तोकिएका छन् । 


Advertisment
Nabil box
Kumari

–पूर्णप्रसाद मिश्र / रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x