×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : त्रिविको टोली राराबमा, चिट चोर्न नपाएपछि परीक्षार्थीद्वारा नाराबाजी

काठमाडाैं | चैत ८, २०७४

NTC
Premier Steels

जनकपुरधाम, ८ चैत- जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा भइरहेको अनियमितताबारे लोकान्तरले श्रृंखलाबद्धरूपमा समाचार प्रकाशन गरेपछि त्रिविको केन्द्रीय टोली जनकपुर आइपुगेको छ ।

Muktinath Bank

त्रिविका परीक्षा उपनियन्त्रक अखिलेशकुमार सिंह नेतृत्वको टोली स्नातकोत्तर तह दोस्रो वर्षको बिहीबारको परीक्षा शुरू हुनुअगावै क्याम्पसमा आइपुगेको थियो । केन्द्रबाटै  टोली आएपछि बिहीबारको परीक्षामा निकै कडाइ गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेश गराउनुअगावै चिट, गेसपेपर, गाइड तथा टीयू सोलुसनहरू निकालिएको छ भने मोबाइल पनि परीक्षा हलमा लैजान दिइएको छैन । चिट र मोबाइल थुतेपछि परीक्षार्थीले नाराबाजी गरेका छन् । आफूहरूले पढ्न नपाएकाले चिट चोर्न पाउनुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नाराबाजीका बीच परीक्षा शुरू भएको छ । सुरक्षाका लागि थप सुरक्षाकर्मी मगाइएको छ ।

Vianet communication

पर्यवेक्षक  विनोदलाल कर्णले आफूहरूले निकै कडाइका साथ बिहीबारको परीक्षा सञ्चालन गरिरहेको जानकारी दिए । परीक्षार्थीहरूसँग रहेका चिट तथा सबैखाले पुस्तकहरू प्रवेशद्वारमै निकालिएको र मोबाइल पनि परीक्षा हलमा लान नदिइएको उनले बताए ।

यस्तै त्रिविका परीक्षा सहनियन्त्रक सिंहले पनि राराबको परीक्षामा भइरहेको अनियमितता बारे थाहा पाएपछि त्रिवि परीक्षा बोर्डले आफूलाई खटाएको बताए ।

‘म आफू पनि राराबकै प्रोडक्ट हो, यहाँ भइरहेको अनियमितता नियन्त्रण गर्न क्याम्पसको साख पुरानै अवस्थामा फर्काउन म स्वयम् आएको छु,’ उपनियन्त्रक सिंहले लोकान्तरसँग भने । राराब मात्रै नभएर जनकपुरका सबै परीक्षा केन्द्रमा भइरहेको अनियमितता नियन्त्रण गर्ने उनको अठोट छ ।

यसैबीच त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले फोन गरेर लोकान्तरलाई धन्यवाद दिएका छन् । 'त्रिविका लागि यो धब्बाको रूपमा रहेको थियो, तपाईंहरूको सहयोगले आज हामीले नियन्त्रण गर्न सफल भएका छौं,' जोशीले भने ।

यसबारे सामाजिक सञ्जालमा पनि चर्चा भएको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मण घिमिरेले सामाजिक सञ्जाल फेसबूकबाटै यसरी प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए । 

हेर्नुहोस्, राराबमा भइरहेको अनियमितता बारे लोकान्तरमा प्रकाशित समाचार :

त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! [भाग ३]

त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]

नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x