१५ असार २०८३, सोमबार

१२ वर्षपछि सङ्लिएको त्रिशूली नदीमा जलयात्रा महोत्सव हुँदै

चैत १२, २०७४
१२ वर्षपछि सङ्लिएको त्रिशूली नदीमा जलयात्रा महोत्सव हुँदै

काठमाडौं, १२ चैत-मापदण्डविपरीत सञ्चालित फिरफिरे र क्रसर उद्योगहरू सञ्चालनमा रोक लगाइएपछि सङ्लिएको त्रिशूली नदीमा जलयात्रा महोत्सव हुने भएको छ ।

त्रिशूली बचाउ महाअभियानको आयोजनामा आगामी १७ गते शनिबार महोत्सव आयोजना गर्न लागिएको हो । १२ वर्षपछि त्रिशूली नदी सफा भएको सन्देश दिन र फेरि नधमिलियोस् भनेर दबाब दिने उद्देश्यले महोत्सव आयोजना गरिएको त्रिशूली बचाउ महाअभियानका संयोजक श्रवणकुमार त्रिपाठीले जानकारी दिए ।

‘स्थानीय प्रशासनले क्रसर सञ्चालनमा रोक लागएपछि १५ दिनदेखि त्रिशूली नदी सफा छ । त्रिशूली नदी सफा र र्‍याफ्टिङका लागि उपयुक्त रहेको सन्देश दिन र अब नधमिलियोस् भनेर दवाब दिन महोत्सबको आयोजना गरेका छौं,’ उनले लोकान्तरसँग भने, ‘महोत्सवमा २५ देखि ३० वटा डुङ्गामा राष्ट्रिय झण्डा र पञ्चैबाजासहित त्रिशूलीमा जलयात्रा हुनेछ ।’

मलेखुको गलौँदी खेलकुद मैदानबाट बिहान ११ बजे शुरु हुने जलयात्रा महोत्सवमा जलयात्रामै पञ्चैबाजासहित विभिन्न सांकृतिक कार्यक्रम र स्थानीय ताथ राष्ट्रिय कलाकारहरूको दोहोरी कार्यक्रम रहने उनको भनाइ छ । एकैपटक दुई सय जना सहभागी गराउने उद्देश्यले जलयात्राका लागि ३० वटा डुङ्गा व्यवस्थापन गरिएको छ ।

त्रिशूली नदीमा जलयात्रा सहितको महोत्सवमा सहभागी हुन चाहनेले बुधबारसम्ममा नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्