साउन १६, २०७९
भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्ब...
तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ? गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् ।
-यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ ।
-कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।
-बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पनि बढी हुन्छ । त्यो किनभने ओबुलेसनको क्रममा बढी उमेरका महिलाले एकभन्दा बढी अन्डको निर्माण गर्छन् ।
-यो एउटा वंशाणुगत कारण पनि हो । जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ । यस्ता महिलामा एकभन्दा बढी अन्डको निर्माण गर्ने आनुवंशिक गुण प्राप्त हुन्छ ।
-इन विट्रो फर्टिलाइजेसनमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्ट्युब बेबी भन्ने पनि गरिन्छ । यस्तो प्रक्रियामा एकभन्दा बढी भ्रुणको स्थानान्तरण गरिन्छ ।
कुनै–कुनै जुम्ल्याहा बच्चा उस्तै देखिन्छन् । उनीहरूको रूप अंग एकैखालको हुन्छ । अन्डा एक स्पर्मबाट निषेचित भएमा यस्ता जुम्ल्याहा सन्तान जन्मन्छ । तर, केही समयपछि यस्तो अन्डा दुई भागमा विभाजित पनि हुन सक्छ । यी दुई बच्चाकै आनुवंशिक संरचना एकैप्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन ।
महिलाको गर्भाशयमा फरक–फरक अन्डा निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छन् । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् ।
भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्ब...
दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीन...
हालै भारतमा दुईवटा टाउको भएको बच्चा (कन्ज्वाइन्ड ट्वीन्स)को जन्म भयो । ती बच्चाको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु थियो । तर शरीर भने एउटै । भारत मध्यप्रदेशको रतलामका शाहीन खान र उनका पति सोहे...
सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार क...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...