×

NIC ASIA

सुनसान छ निशान पढ्ने स्कूल : त्रासमा साथीहरू, भन्छन्– कहिल्यै झगडा गर्दैनथ्यो [भिडियोसहित]

साउन २२, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –मंगलबार बिहानको ११ बजे ।

Muktinath Bank

स्थान– हाइल्यान्ड स्कूल पुरानो सिनामंगल । अन्य दिन चहलपहल हुने यस स्कूलमा मंगलबार सन्नाटा थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही शिक्षक र विद्यार्थी त थिए, तर सबै शोकमा ।


Advertisment
Nabil box
Kumari

यही स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय बालक निशान खड्काको अपहरण र हत्याको शोकमा विद्यालय विदा भयो ।

Vianet communication

बिहान १० बजे विद्यालय परिवारले निशानको फोटोमा पुष्प गुच्छा चढाएर श्राद्धाञ्जली दिए । त्यसपछि अधिकांश घर फर्किए ।

विद्यालय परिसरमै बाँकी रहेका विद्यार्थीहरू त्रसित देखिन्थे ।

स्कूल विदा भएपनि ‘क्लास टिचर’ जानकी जोशी स्कूल परिसरमै भेटिइन् । ‘निशान ज्ञानी विद्यार्थी थियो । जहिले पनि होमवर्क गरेर आउँथ्यो,’ दुःखी हुँदै जोशीले भनिन्, ‘उसको हत्या भयो भन्ने कुरा अहिले पनि पत्यार लागेको छैन ।’

स्कूलबाहिर निशानसँगै पढ्ने दुई साथी पनि भेटिए– दीप श्रेष्ठ र प्रदीप थापा । प्रदीप निशानका सबैभन्दा नजिकका साथी रहेछन् । उनीहरू सँगसँगै स्कुल जाने आउने गर्थे ।

निशानको हत्याले प्रदीपलाई निकै ठूलो चोट परेको छ । उनी एक्लो महसुस गरिरहेका छन् । निशानलाई सम्झिँदै उनी भन्छन्– ‘त्यो कुरा थाहा पाए पछि म रोएँ ।’

प्रदीपले भावुक हुँदै थपे– ‘निशान मेरो मिल्ने साथी थियो । हामी सँगै कक्षामा बस्ने, खाजा खाने, खेल्ने र होमवर्क गर्ने गर्थ्यौं । ऊ कहिले पनि झगडा गर्दैनथ्यो ।’

निशानको अाइतबार बेलुका अपहरणपछि हत्या भएको थियो । उनको शव सोमवार बिहान भक्तपुरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

उनको अपहरण र हत्यामा संलग्न रहेको आरोप लागेका दुई जना प्रहरी कारवाहीमा मारिएका छन् ।

नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको सोमबार नै प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

निशानकी आमा चमेली खड्का काँडाघारीमा चिया खाजा पाइने सानो होटल चलाउँछिन् । बुवा वैदेशिक रोजगारीको शिलशीलामा मलेसियामा छन् ।

निशानको अपहरण र हत्यापछि उनको परिवार र विद्यालय मात्र होइन देशैभर शोक छाएको छ ।

निशानबारे के भन्छन् शिक्षिका र उनका साथीहरू, हेर्नुहोस्  भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ४, २०७४

  काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x