×

NIC ASIA

नेपालमा वैदेशिक लगानी पाँच गुणाले बढ्यो, प्रतिफल नगण्य !

भदौ ८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –गत आर्थिक वर्ष २०७४/०७५ वर्षको अन्तिमसम्ममा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पाँच गुणाले बढेको छ ।

Muktinath Bank

आर्थिक वर्ष २०७३/०७४ को पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब ५७ करोड ७ लाख नेपाल भित्रिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षमा ५५ अर्ब ६४ करोड ५ लाख एफडीआई स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

एक वर्षको अवधिमा जम्मा ३ सय ९५ आयोजनामा वैदेशिक लगानी स्वीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी पर्यटनमा १ सय ५६ वटा आयोजनामा लगानी स्वीकृत भएको छ । सोे अवधिमा पर्यटन क्षेत्रमा वैदेशिक लगानीका आयोजना भने घटेको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको १० महिनामा पर्यटन क्षेत्रमा १ सय १२ आयोजनामा लगानी स्वीकृत भएको थियो ।

Vianet communication

यसैगरी सेवा क्षेत्रमा १ सय १८ वटा सेवा आयोजनामा वैदेशिक लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षमा सूचना प्रविधिको क्षेत्रमा भने न्यून आयोजना देखिएका छन् ।

उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सूचना प्रविधिका २६ आयोजनामा लगानी स्वीकृत भएको छ । अघिल्लो आवको १० महिनामा सूचना प्रविधिको क्षेत्रमा ४ वटा आयोजनामा मात्रै लगानी स्वीकृत भएको थियो ।  

वैदेशिक लगानी कृषी, ऊर्जा, सूचना प्रविधि, सेवा क्षेत्र, उत्पादन उद्योग, खनिज, पर्यटन लगायतका क्षेत्रमा बढिरहेको छ । 

उद्योग विभाग वैदेशिक लगानी महाशाखाका अनुसार पछिल्ला २ वर्षको अवस्था हेर्दा नेपालमा संख्यात्मक तथा पूँजीगत लगानीका हिसाबले चीन अगाडि देखिन्छ ।  

महाशाखा प्रमुख प्रशान्त बोहराले भने– ‘चीनले नेपाली ऊर्जा क्षेत्रमा लगानी गर्न निकै इच्छा देखाएको छ । यसैगरी रेस्टुरेन्टमा नेपालमा थुप्रै लगानी आइरहेको छ । यसको कारण नेपाल चीनबीचको सम्बन्ध पनि हुनसक्छ भने चीनले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव बढाउने रणनीति अनुरूप नेपालमा पनि आउन थालेको हुन सक्छ ।’

सरकारले लगानीको वातावरण बनाउने र स्थायी सरकारको नीतिले लगानीकर्ताको आकर्षण बढ्न थालेको बोहराको भनाई छ । 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशबाट भित्रिने साना लगानीकर्ताको आकर्षण साना उद्योगमै रहेको छ ।  राष्ट्र बैंकको अध्ययनअनुसार हालसम्म विदेशी लगानीसहित आएका कम्पनीमध्ये बढीले उत्पादन क्षेत्रमा लगानी गरेको देखिएको छ । तीमध्येका कतिपयले उत्पादित वस्तु विदेश निर्यात गरिरहेका छन् ।

उद्योग विभागका अनुसार नेपालका प्रमुख वैदेशिक लगानीकर्ताहरूमा चीन, भारत, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, जर्मनी, मोरिसस, क्यानडा, युनाइटेड अरब इमिरेट्स, सिंगापुर, बंगलादेश लगायत छन् । 

उद्योग विभागका अनुसार पछिल्ला वर्षहरूमा साना उद्योग र ऊर्जा क्षेत्रमा लगानीको आकर्षण बढी देखिन्छ । नेपाल सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । 

नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी ऊर्जामूलक क्षेत्रमा भित्रिने गरेको छ । त्यसपछि, सेवा र पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानीको चाप बढ्दै गएको देखिन्छ ।

उत्पादनमूलक क्षेत्रमा पनि वैदेशिक लगानीको अवस्था राम्रै देखिन्छ । नेपालमा सञ्चालनमा रहेका गार्मेन्ट, सिमेन्ट, टेक्सटाइल र प्लाष्टिक उद्योगका इकाइहरूमा झन्डै आधा हिस्सा वैदशिक लगानीको नै देखिन्छ ।

‘प्रतिफलशून्य लगानी’

वैदेशिक रूपमा दिनप्रतिदिन लगानी बढिरहे पनि स्पष्ट योजना नहुँदा प्रतिफल नदेखिएको विज्ञहरू बताउँछन् । 

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक  देखिए पनि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नै नसकेको बताउँछन् ।

‘अहिले विदेशबाट भित्रिएको रकम सही ठाउँमा लगानी हुन सकेको छैन । प्रत्येक वर्ष लगानी आइरहेको छ । कहाँ लगाउने, त्यसको प्रतिफल के हो भन्ने कुराको स्पष्ट नीति छैन । हाम्रो देशको खास विशेषतालाई हेरेर यसबाट हाम्रो समृद्धि कसरी हुने बाटो पहिल्याएर त्यसपछि लगानी लगाउने हो,’ अधिकारीले भने, ‘सानासाना उद्योगमा पनि वैदेशिक लगानी विदेशीको हस्तक्षेप हो । ठूलाठूला लगानी जुन काम गर्न हामीसँग प्रयाप्त पैसा छैन, त्यस्तोमा बाहिरको लगानी आउने वातावरण बनाउनुपर्छ । केही उद्योगपतिले पैसा कमाएर मात्रै भएन । गाउँका मान्छे पनि पैसा कमाउनुपर्‍यो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x