×

NIC ASIA

अर्थविद्हरू भन्छन्– सदुपयोग गर्न सके बिमस्टेकबाट नेपाललाई फाइदा

भदौ १३, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथौ शिखर सम्मलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदैछ ।

Muktinath Bank

सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं आइपुग्ने क्रम शुरू भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निकै तामझामका साथ हुन लागेको यस सम्मेलनबाट नेपाललाई के फाइदा त ? सरकारले सदुपयोग गर्न सके बिमस्टेक क्षेत्रबाट कनेक्टिभिटी, ऊर्जा तथा पर्यटनमा लाभ लिन सकिने विश्लेषकहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

पूर्वअर्थमन्त्री शंकर कोइराला नेपालले बिमस्टेक क्षेत्रका राष्ट्रहरूसँगको कनेक्टिभिटी बढाउन सके पर्यटन आगमन बढाउन सक्ने र नेपालमा प्रचूर सम्भावना भएको ऊर्जा निर्यात गर्ने बाटो खुल्ने बताउँछन् ।

Vianet communication

उनी भन्छन्, ‘बिमस्टेक क्षेत्रमा पूर्वाधार विकास गर्दै कनेक्टिभिटी बढाउनुपर्छ । सडक र हवाइ कनेक्टिभिटी बढाउन सके नेपालले ऊर्जा र अन्य वस्तु निर्यातबाट फाइदा लिन सक्नेछ ।’ 

कोइरालाले सरकार सम्मेलनमा ऊर्जा व्यापार, बौद्ध सर्किट, पर्यटन प्रवर्द्धनर जलवायु परिवर्तनको प्रभाव घटाउने लगायतका एजेन्डा कार्यान्वयनमा आउने गरी प्रस्तुत हुनु आवश्यक रहेको बताए । 
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले पनि नेपालले फाइदा लिन चाहे थुप्रै फाइदा हुने बताए । 

उनले भने, ‘बिमस्टेकका सबै सदस्य राष्ट्रसँग जमिन, जल र हवाइ मार्गबाट जोडिने कुरालाई महत्त्वका साथ प्रस्तुत गरे नेपालले निकै लाभ लिन सक्नेछ । यस्तै विद्युत् उत्पादन तथा तथा बजारीकरणका लागि कुरा गर्नसके निकट भविष्यमै नेपालले फाइदा लिन सक्नेछ ।’

बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले बेहोरिरहेको व्यापार घाटा कम गर्ने विषयमा पनि गम्भीर छलफल गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।  

सरकारले पनि सम्मेलनमा सदस्य राष्ट्रको चौतर्फी विकासमा सघाउन बिमस्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको संगठनको बडापत्र निर्माण, समग्र बिमस्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरिबी हटाउने विषय प्रमुख कार्यसूचीमा राखेको छ ।

यसैगरी सरकारले बिमस्टेकमा व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तनजस्ता विषय समावेश हुनेछन् ।

सम्मेलनको पूर्वतयारी स्वरूप सदस्य मुलुकका विदेश मन्त्रालयका सचिव तथा वरिष्ठ अधिकारीको बैठक र बुधबार सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीस्तरीय बैठकबाट एजेण्डाहरू पूर्ण रूपमा तय गरिनेछन् ।  

यही भदौ १४ र १५ मा शान्त, समृद्ध र दीगोपनाका लागि बंगालको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुन लागेको सम्मेलनका लागि एजेन्डागत तयारी पनि अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ । 

सम्मेलनमा म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलङ्कन राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री मोदी, बंंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनेछन् । 

सम्मेलनपछि १६ गते श्रीलंकका राष्ट्रपतिले लुम्बिनीको भ्रमण समेत गर्ने कार्यक्रम छ । म्यानमारका राष्ट्रपति भने बुधवार नै लुम्बिनी पुगेका छन् ।

बिमस्टेक सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रमा भारतीय लगानीमा बनेको धर्मशालाको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।  

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिमस्टेक स्थापना भएको हो । 

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकको यस उपक्षेत्रीय संगठनमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सन् १९९७ मा स्थापना भएको यो संगठनको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । 

दोस्रो सम्मेलन सन् २००८ मा भारतमा तथा तेस्रो सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष राष्ट्र नेपाल हो । 

कार्यतालिका अनुसार नेपालमा चौथो सम्मेलन हुन लागेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x