×

NMB BANK
NIC ASIA

मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा ५ सय ६० किलोमिटर पाइप बिछ्याइयो

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १९ फागुन – २०७४ सालको दशैंसम्म काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी पिलाउने घोषणा गरेको सरकारले पाइप बिछ्याउने र धारा जोड्ने कामलाई तीव्रताका साथ अघि बढाएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हालसम्म खानेपानी वितरण लाइनको ५ सय ६० किलोमिटर लम्बाइमा पाइप बिछ्याइसकिएको निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि निर्देशनालयले पहिलो चरणमा ६ सय ७० किलोमिटर पाइप बिछ्याउने योजना बनाएको छ । आगामी दशैंसम्ममा ती पाइपहरू बिछ्याइसक्ने योजना रहेको निर्देशनालयले बताएको छ । उक्त पाइप चक्रपथभित्र मात्र बिछ्याइएको छ ।

त्यस्तै, मेलम्चीको पानीको भण्डारणका लागि चक्रपथबाहिर ३९ किलोमिटर पाइप बिछ्याइसकिएको निर्देशनालयले जनाएको छ । पानी भण्डारणका लागि पहिलो चरणमा ६१ किलोमिटर पाइप बिछ्याउने लक्ष्य निर्देशनालयको छ ।
निर्देशनालयले दुई वर्षअघिदेखि मेलम्चीका लागि पाइप बिछ्याउने काम थालेको थियो ।

निर्देशनालयका अनुसार पानी वितरणका लागि बिछ्याइएको पाइप उच्च गुणस्तरको छ । ‘हामीले बिछ्याएको पाइप प्वाल नपर्ने बलियो र खियाप्रतिरोधात्मक छ,’ निर्देशनालयका प्रबन्धक खनालले लोकान्तरसँग भने ।
ती पाइप कम्तीमा सय वर्षसम्म खप्ने निर्देशनालयको भनाइ छ । ग्लोबल टेन्डरमार्फत भारत, चीन र युनाइटेड अरब इमिरेट्स, अबुधाबीबाट आयात गरिएको निर्देशनालयले बताएको छ ।

४३ हजार धारा जडित

हालसम्म उपत्यकामा ४३ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । आगामी असोजसम्म ८६ हजार धारा जडान गरिसक्ने निर्देशनालयको योजना छ ।

‘आगामी असोजसम्म लक्ष्य गरेका काम सम्पन्न भइसक्नेछ,’ निर्देशनालयका प्रबन्धक खनालले थपे । यसअघि धेरैपटक भाका सार्दै आएको सरकारले आगामी दशैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी पिलाउने प्रतिबद्धता जाहेर गरिसकेको छ । पाइप र धाराको राम्रो व्यवस्थापन नहुँदा दैनिक करोडौं लिटर पानी चुहावट हुने गरेको छ ।

कति खनियो सुरुङ ?

खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार मेलम्चीको पानी ल्याउन अब ४ हजार ६ सय १६ मिटर सुरुङ खन्न बाँकी छ । सुरुङको कुल लम्बाइमध्ये करीब २३ किलोमिटर खनिसकिएको छ । मेलम्चीको पानी ल्याउन करीब २७ किलोमिटर सुरुङ खन्नुपर्छ । काम दु्रत गतिमा अघि बढेकाले आगामी असोजअगावै सुरुङ खनिसक्ने मन्त्रालयको भनाइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x