×

NMB BANK
NIC ASIA

खर्च गर्न नसकेर बजेट घटाएको सरकारले आगामी आवका लागि तोक्यो साढे ११ खर्बको सिलिङ

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १९ फागुन –चालू आर्थिक वर्ष (आव) २०७३/७४ मा विनियोजित बजेट नै खर्च गर्न धौधौ परिरहेका बेला सरकारले आगामी आवका लागि थप १ खर्ब रुपैयाँ थपेर बजेट सिलिङ तोक्ने तयारी गरेको छ ।

सरकारले आगामी आव २०७४/७५ मा ११ खर्ब ५६ अर्ब रुपैयाँको हाराहारीमा बजेट लिसिङ तोक्ने तयारी गरेको हो ।

सरकारले चालू आवका लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी आवका लागि करीव १ खर्ब रुपैयाँ थपेर बजेट ल्याइन लागिएको राष्ट्रिय योजना आयोगका सहप्रवक्ता शिवरञ्जन पौड्यालले बताए ।

‘सरकारका सबै मन्त्रालयसँग प्रि बजेट छलफलको निष्कर्शका आधारमा यो आकारको बजेट ल्याउने तयारी गरेका हौं,’ आयोगका सहप्रवक्ता पौड्यालले लोकान्तरसँग भने ।

आफैंले ल्याएको बजेट खर्च गर्न नसकेपछि सरकारले चालू आवको मध्यावधिमा आएर बजेटको आकार खटाइसकेको छ । चालू आवको मध्यावधिसम्म बजेट खर्च न्यून भएपछि सरकारले बजेटको उक्त आकार १ खर्ब १३ अर्ब ३ करोड रपैयाँले घटाएको हो ।

बजेट खर्चको स्थिति निराशाजनक देखिएपछि सरकारले चालू आवमा विनियोजित तीनै शिर्षकका बजेट संशोधन गरेको हो । जसअनुसार चालूतर्फ ९ प्रतिशत, पूँजीगततर्फ १६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ करीव ८ प्रतिशत गरी कुल करीव ११ प्रतिशतले बजेटको आकार घटाएको हो ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको सात महिनामा करीव एक तिहाई हिस्सा बजेटमात्र खर्च भएको छ ।

खर्चको विश्लेषण गरेरमात्र बजेटको अख्तियारी दिइने

योजना आयोगले आगामी आवका लागि सम्बन्धित मन्त्रालय वा आयोजनाले गरेको खर्चको विश्लेषण गरेरमात्र बजेट विनियोजनको अख्तियारी दिने जनाएको छ । ‘सम्बन्धित मन्त्रालय वा आयोजनालाई चालू तथा यसअघि विनियोजन गरिएका बजेट, तिनको कार्यान्वयन र त्यसका आधारमा आगामी दिनमा गर्न सक्ने कामको विश्लेषण गरेरमात्र बजेट अख्तियारी दिइनेछ,’ आयोगका सहप्रवक्ता पौड्यालले भने ।

एलएमविआइएस (लाइन मिनिष्ट्रिी बजेटरी इन्भफर्मेसन सिष्टम) मार्फत हालसम्मको वास्तविक बजेट, त्यसको कार्यान्यन स्थिति र आगामी काययोजनाका आधारमा चालू वा नयाँ आयोजनाका लागि बजेट विनियोजन गरिने आयोगको भनाई छ ।

यसैगरी योजना बिहीवारैदेखि आगामी आवका लागि बजेट छलफल अघि बढाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x