×

NMB BANK
NIC ASIA

ग्रामीण भेगमा वस्तु विनिमय कायमै, भारतीय बिचौलियाबाट ठगिँदै नेपाली

मंसिर ११, २०७५

NTC
Premier Steels

धनगढी – वस्तु विनिमय प्रणाली अर्थात् एक वस्तुबाट अर्को वस्तु साटासाट गरी आफ्नो आवश्यकता पूर्ति गर्ने प्रचलन आज पनि कायमै रहेको छ ।

Muktinath Bank

आधुनिकताको क्रमसँगै वस्तु वा सेवा खरिद गर्न मुद्रा, क्रेडिट कार्ड, चेक, ई–सेवालगायत विभिन्न विनिमयका माध्यम चलनचल्तीमा रहेपनि कैलाली, कञ्चनपुुरसहित भारतीय सीमासँग जोडिएका विभिन्न जिल्लाका ग्रामीण भेगमा वस्तु विनिमय प्रणाली कायमै रहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषिमा निर्भर ग्रामीण भेगका नागरिक वस्तु विनिमय प्रणाली अनुसार नै आफ्ना आवश्यकता पूर्ति गर्दै आएका हुन् । भारतका विभिन्न ठाउँबाट आउने बिचौलिया र स्थानीयबीच धान, गहुँ, मसुरोलगायत जिन्सी पदार्थबाट आलु, खुर्सानी, सिद्रा, सखरखण्ड, मिठाईलगायत वस्तु साटासाट हुँदै आएको कैलारी गाउँपालिका–६ का भलमन्सा गंगाराम महतोले बताए । जसबाट नेपालीहरू नै मारमा पर्दै आएको समेत उनले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार भारतीय नागरिक सस्तो र कम गुणस्तरका खाद्य वस्तुहरू महंगोमा बेच्दै आएका हुन् । यसरी साटासाट हुने वस्तुको बजार मूल्यमा हुने अन्तर र कमसल पदार्थले गर्दा भारतीयबाट नेपाली नागरिक अज्ञानतावश ठगिँदै आएको उनले बताए ।

Vianet communication

उनको अनुसार १ पसेरी (साढे २ किलो) धानले १ किलो आलु साटासाट हुँदै आएको छ । ४ किलो धान बराबर १ किलो खुर्सानी साट्ने काम हुँदै आएको छ भने ६ पसेरी धान (१५ केजी) ले १ केजी गुणस्तरहीन सिद्रा पनि साट्ने काम हुँदै आएको जनाइएको छ ।

भारतको खिरी जिल्लाको चौराहाका स्थानीय कैलाश चौहानले हिउँद र गर्मी सिजनभर वस्तु साटासाटको व्यापार गर्दै आएको बताए । विगत २० वर्षदेखि यही व्यापार गर्दै आएको बताउने चौहानले वर्षमा १० पटकसम्म नेपाल आउँदै गरेको जानकारी दिए । १ पटकमा करीब १ हप्तासम्म नेपालको विभिन्न स्थानमा वस्तु साटासाटको व्यापार गर्दै आएको पनि उनको भनाई छ ।

४० वर्षदेखि नेपालमा आएर व्यापार गर्दै आएको बताउने खिरी जिल्ला चौराहाकै अर्का प्रेम जैसवालले पुस्तौंदेखि नेपालमा आएर व्यापार गर्दै आएको बताए । यही व्यापारबाट नै आफूहरूको जीविकोपार्जन हुँदै आएको समेत जैसवालको भनाई छ ।

कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक एवं सहकारीविद् डा. गोविन्दराज जोशीले ग्रामीण भेगमा अशिक्षा र कमजोर आर्थिक अवस्था र किसानका कृषि उपजले बजार मूल्य नपाउँदा भइरहेको वस्तु विनिमय प्रथाबाट नेपाली किसान भारतीय बिचौलियाबाट ठगिँदै आएको बताए ।

विकसित देशमा मुद्रा विनिमय प्रणाली समेत हट्ने क्रममा रहेको जानकारी दिँदै उनले नेपालको ग्रामीण भेगमा भने वस्तु विनिमय प्रणाली कायमै रहनुले मुलुकको कमजोर आर्थिक अवस्थालाई दर्शाइरहेको औल्याए ।

वस्तु विनिमय प्रथा हटाउनको लागि राज्यले ग्रामीण भेगमा कृषि उपजको प्रभावकारी बजारीकरणमा ध्यान दिनुका साथै विनिमय तथा मुद्राबारे जनजागरण कार्यक्रम सञ्चालन गर्नु पनि आवश्यक रहेको बताए । पैसाबाटै आवश्यक वस्तु खरिद गर्ने बानीको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको सहकारीविद् डा. जोशीको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x