×

NMB BANK
NIC ASIA

चार महिनामा साढे ४ खर्ब पुग्यो नेपालको वैदेशिक व्यापार घाटा

मंसिर १३, २०७५

NTC
फाइल फोटो : वीरगञ्ज नाकाबाट भित्रिँदै ट्रकहरू
Premier Steels

काठमाडौं – नेपालको वैदेशिक व्यापार घाटा साढे ४ खर्ब पुगेको छ । 

Muktinath Bank

व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ को पहिलो ४ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो ४० दशमलव ३ प्रतिशतले बढी हो । निर्यात र आयातको सन्तुलन कायम हुन नसक्दा नेपालको वैदेशिक व्यापार घाटा चुलिएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले गत वर्षको चार महिनाको तुलनामा निर्यातमा केही सुधार देखिएपनि आयात बढेका कारण व्यापार घाटामा वृद्धि भएको बताए । 

Vianet communication

चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट २६ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको व्यापार निकासी तथा प्रर्वद्धन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । तर नेपालमा हुने वस्तुको आयातमा भने चालु आर्थिक वर्षको चार महिनामा ३८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । चार महिनाको आवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तुको आयात भएको छ ।

नेपालमा हुने वस्तु आयातको करीब ३० प्रतिशत हिस्सा कृषिजन्य वस्तु र पेट्रोलियम पदार्थले ओगटेको केन्द्रका अधिकारीहरूको भनाइ छ ।

गत वर्षको पहिलो चार महिनाको अवधिमा ३ खर्ब ५० अर्ब ४० करोड रुपैयाँको आयात भएको थियो । गत आर्थिक वर्षको पहिलो चार महिनामा वस्तुको निर्यात तथा आयातको अनुपात १ः१३ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ः१६ रहेको छ ।

अर्थात् गत आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट १ रुपैयाँको वस्तु निर्यात हुँदा १३ रुपैयाँको आयात हुने गरेको थियो । चालु आर्थिक वर्षमा १ रुपैयाँको वस्तु निर्यात हुँदा १६ रुपैयाँ ५० पैसाको वस्तु आयात भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x