×

NMB BANK
NIC ASIA

भोजभतेरमा लाखौं खर्च : तिहारको मासुभातमा ११ लाख स्वाहा, ओली आउँदा ६ लाख

मंसिर १९, २०७५

NTC
Premier Steels

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्न नसकेको गुनासो भइरहेको अवस्थामा भोजभतेरमै लाखौं रकम खर्चिन थालेका छन् ।

Muktinath Bank

मुख्यमन्त्री लालबाबु राउतले हिन्दूको पर्व तिहार र छठ पर्वको अवसरमा गत कात्तिक १८ गते शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारको सचिवालय मधेश भवनमा मुख्यमन्त्री राउतले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, संवैधानिक निकायका पदाधिकारी, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजलाई आमन्त्रण गरेर शुभकामना सन्देश व्यक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा ११ लाख ८२ हजार ५ सय रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रममा १ हजार २ सय १० प्लेट खानाबापत ९ लाख ७ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । प्रतिप्लेट ७ सय ५० रुपैयाँका दरले खानामा खर्च भएको थियो ।

Vianet communication

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता टीकामणि नेउपानेले लोकान्तरसँग भने, ‘हामीले करीब १ हजार जना जतिले खाना खान सक्ने अनुमान गरेका थियौं । तर भीड बढ्यो । झन् मन्त्रालयका हामीजस्ता कतिपय कर्मचारीले त खाना नै खान सकेनौं ।’

विराटनगरको नारायण टेन्ट हाउसलाई खाना, टेन्ट र पन्डाल तथा कुर्सी समेतको व्यवस्था गर्न भनिएको थियो । खानाबापत ९ लाख ७ हजार ५ सय र टेन्ट, पन्डाल र स्वागतद्वारबापत २ लाख ५० हजार गरी ११ लाख ५७ हजार ५ सय रुपैयाँ टेन्ट हाउसको बिल भुक्तानी गरिएको नेउपानेले बताए ।

‘कुखुराको मासु, खसीको मासु र माछा सहितको खानाको प्रतिप्लेट ७ सय ५० रुपैयाँ धेरै नै सस्तो भएकाले टेन्ट हाउसलाई त्यो काम दिइएको थियो,’ नेउपानेले भने ।

कार्यक्रममा केही सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । ‘अस्तित्व नेपाल जनकपुर संस्थाले केही सांस्कृतिक कार्यक्रम गरेबापत ५० हजार रुपैयाँको बिलसहित भुक्तानीका लागि माग गर्दा २५ हजार रुपैयाँभन्दा बढी दिन नसकिने गरेर मैले आफैं तोक लगाएको छु,’ नेउपानेले लोकान्तरसँग भने ।

प्रधानमन्त्री ओलीको स्वागतमा भोजभतेरमा ६ लाखभन्दा बढी खर्च

प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउँदा उनको सम्मान र स्वागतमा प्रदेश सभाले ६ लाख रुपैयाँभन्दा खर्च गरेको छ । गत भदौ २ गते प्रधानमन्त्री ओली २ नम्बर प्रदेशको प्रदेश सभामा आएर विशेष सम्बोधन गरेका थिए । ओलीको स्वागत र सम्मानमा प्रदेश सभाले समेत दिवाभोजको आयोजना गरेको थियो ।

प्रदेशसभा सचिवालयका लेखा अधिकृत लालबाबु मिश्रका अनुसार प्रधानमन्त्री ओलीको सम्मानमा ६ लाख ४७ हजार ७ सय ६० रुपैयाँ खर्च भएको थियो । ‘उहाँ आउँदा विभिन्न ४ स्थानमा स्वागतद्वार, व्यानर आदि बनाइनुका साथै आन्तरिक सजावट समेत गरिएको थियो । दिवाभोजको समेत आयोजना गरिएको थियो,’ लेखा अधिकृत मिश्रले भने ।

स्वागतद्वार, आन्तरिक सजावट र सरसफाइका लागि जनकपुरका अमित टेन्ट हाउसलाई जिम्मा दिइएको थियो । जसबापत टेन्ट हाउसलाई १ लाख ९७ हजार ७ सय ६० रुपैयाँ भुक्तानी गरिएको छ । स्वागतद्वारबापत १ लाख २० हजार रुपैयाँ टेन्ट हाउसलाई भुक्तानी गरिएको छ । ब्यानरका लागि सर्लाहीको मलंगवा–१० का पेन्टर सुजितकुमार यादवलाई व्यानरबापत ७७ हजार ७ सय ६० रुपैयाँ भुक्तानी गरिएको छ ।

मिथिला भोजनका लागि जनकपुरकै होटेल मिथिला व्यञ्जन प्रालिलाई जिम्मा दिइएको थियो । खानाबापत ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको लेखा अधिकृत मिश्रले बताए । प्रधानमन्त्री ओलीसँगै प्रदेश सभाका सांसद, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतका लागि खानाको व्यवस्था गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x