×

NMB BANK
NIC ASIA

उल्टो दिशामा समृद्धिका सूचक, झण्डै ४५ प्रतिशतले घट्यो वैदेशिक लगानी

पुस १२, २०७५

NTC
Premier Steels

काठमाडौं – मुलुक आर्थिक समृद्धि बाटोमा अघि बढेको भनिएका बेला वैदेशिक लगानी घटेको पाइएको छ । सरकारले आर्थिक समृद्धि शुरू भइसकेको बताइरहँदा मुलुकभित्रै उत्पादन गर्न सकिने वस्तुको आयात निरन्तर उकालो रहेको र तुलनात्मक रूपमा वैदेशिक लगानी समेत न्युन मात्रामा भित्रिएको पाइएको हो । 

Muktinath Bank

कृषिजन्य वस्तुको आयात समेत निरन्तर उकालो लागिरहेका बेला चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेशबाट भित्रिने लगानी समेत करीब ५० प्रतिशतले घट्नु आर्थिक समृद्धिका लागि नाकारात्मक देखिने जानकारीहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल ७४ करोड २५ लाख ८९ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ अर्ब ३१ करोड ३९ लाख ६९ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । यो भित्रिएको लगानी ४३ दशमलव ४९ प्रतिशतले कम हो ।


Advertisment
Nabil box
Kumari

चालु आर्थिक वर्षमा कृषि तथा वन क्षेत्रमा ६३ लाख ५० हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै निर्माण क्षेत्रमा चालु आर्थिक वर्षमा २४ लाख रूपैयाँ बराबरको लगानी भित्रिएको छ । त्यस्तै उद्योगको क्षेत्रमा १ करोड ५८ लाख १२ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको उद्योग विभागको तथ्याङ्क रहेको छ । 

Vianet communication

त्यस्तै म्यानुफ्याक्चरिङको क्षेत्रमा २१ करोड ७० लाख ५१ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । खनिजको क्षेत्रमा १३ लाख १६ हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । सेवा क्षेत्रमा चालु आर्थिक वर्षमा १३ करोड ९३ लाख ८५ हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पर्यटनको क्षेत्रमा कुल वैदेशिक लगानी ३३ करोड ८६ लाख ७५ हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कृषि तथा वन क्षेत्रमा कुल १८ करोड ५० लाख रूपैयाँ वैदेशिक लगानी भित्रएको थियो । त्यस्तै उर्जाका क्षेत्रमा गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १७ करोड ५ लाख ४६ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । तर, चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ऊर्जा तथा हाइड्रो पावरका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको छैन ।

ऊर्जा तथा हाइड्रोका क्षेत्रमा लगानी नआएका कारण वैदेशिक लगानी तुलनात्मक रूपमा कम देखिएको उद्योग विभागका सूचना अधिकारी सीएम न्यौपानेले बताए । ‘ऊर्जाका परियोजनाहरू अलि महंगा हुन्छन् । अर्बभन्दा कम लगानीमा बनाउन सकिँदैन,’ उनले भने, ‘यस वर्ष ऊर्जाको क्षेत्रमा लगानी नआएकोले केही कम देखिएको हो ।’

समग्र वैदेशिक लगानी कम देखिएपनि वैदेशिक लगानीमा बन्ने आयोजनाको संख्या भने बढेको न्यौपानेको भनाई छ । उनका अनुसार वैदेशिक लगानी बन्ने परियोजना १ सय ७१ वटा रहेका छन् । गत वर्ष १ सय ४४ रहेका थिए ।
गत आर्थिक वर्षमा सूचना तथा प्रविधिको क्षेत्रमा ८७ लाख ६० हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो ।

गत आर्थिक वर्षको सो अवधिमा उत्पादन क्षेत्रमा ५३ करोड ३२ लाख ६ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको उद्योग विभागको तथ्याङ्क छ । त्यस्तै खनिज क्षेत्रमा गत आर्थिक वर्षको पहिलो पाँच महिनामा २० करोड रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ ।

त्यस्तै गत आर्थिक वर्षमा सेवा क्षेत्रमा ९ करोड ८१ लाख ५० हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा पर्यटन क्षेत्रमा ११ करोड ८२ लाख ५३ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो ।

यसरी वैदेशिक लगानी समेत कम भित्रिनु र आयात समेत निरन्तर बढिरहनुले सरकारले अघि सारेको समृद्धिका लागि राम्रो संकेत मान्न नसकिने अर्थविदहरू बताउँछन् । अर्थविद् एवं पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुक आर्थिक समृद्धिमा अघि बढिराखेको भनिएका बेला त्यसका संकेत पनि साकारात्मक हुनुपर्ने बताए ।

‘समृद्धिका लागि आर्थिक पाटो नै मुख्य हो । सरकारले समृद्धिको दिशामा अघि बढिराखेका छौं भन्नुको अर्थ सबै सूचकहरू राम्रा छन् भन्नु हो,’ उनले भने, ‘तर अहिले आयात बढिराख्नु र वैदेशिक लगानी समेत न्युन भित्रिनुले समृद्धिको दिशामा अघि बढेको संकेत पक्कै पनि मिल्दैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x