×

NMB BANK
NIC ASIA

दुग्ध किसानको प्रश्न– प्लाष्टिकका भाँडा विस्थापन गर्ने सरकारी कार्यक्रम खोइ ?

पुस २२, २०७५

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

चितवन– सरकारले कार्यान्वयनमा ल्याउन खोजेको दुध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर निर्देशिका प्रति किसानले असन्तुष्टि व्यक्त गरेका छन् ।

Muktinath Bank

‘दुध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर निर्देशिका २०७५’ किसानको हितमा नभएको र किसानको हितमा नहुनु उपभोक्ता र स्वंयम सरकारकै हितमा नभएको भन्दै टिप्पणी गर्दै किसानले उक्त निर्देशिका प्रति असुन्तुष्टि व्यक्त गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि तथा पशुपञ्छि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको निर्देशिकामा किसानले दुध दुहुँदा प्लाष्टिकको भाँडा प्रयोग गर्न नमिल्ने व्यवस्था गरेको छ ।


Advertisment
Nabil box
Kumari

कृषि तथा पशुपञ्छि विकास मन्त्रालयबाट समेत गत असोज ४ गते स्वीकृति भइसकेको उक्त निर्देशकाको परिच्छेद ३ (छ)को ‘ङ’ मा दुध संकलन गर्दा आल्मुनियम वा स्टेनलेस स्टिलको भाँडा वा क्यान मार्फत मात्रै गर्नुपर्ने उल्लेख गरिएको छ ।

Vianet communication

निर्देशिकामा यसो उल्लेख गर्नुको अर्थ प्लाष्टिकको भाँडा प्रयोग नगर्न भन्न खोजेको किसानहरुको बुझाई छ । सफा भाँडोको प्रयोग गर्न भनेर निर्देशिकामा हुने स्वभाविक भएपनि आल्मुनियमको भाँडो नै भनेर सरकारले किटान गर्नुको कारण आफुहरुले नबुझेको किसानहरुले बताएका छन् ।


निर्देशिकामा गरिएको सो व्यवस्थालाई आफुहरुको दुग्ध व्यवसाय माथि सरकारले खेलवाड गर्न खोजेको अर्थमा बुझेको भन्दै किसानहरुले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।

चितवन रत्ननगरका गाई पालक किसान किसोर बगालेले सरकारले निर्धारण गरेको मापदण्ड मान्न आफुहरु तयार रहेको तर त्यस निर्देशकाको बारेमा सकारले जनचेतना फैलाउनु पर्ने बताए । 

‘सरकारले निर्देशिकामार्फत् प्लाष्टिकको क्यानमा मात्रै दुध दुहुनु पर्ने व्यवस्था गरेको छ । यो व्यवस्था स्वभाविक हो । तर, प्लाष्टिक भाँडोलाई विस्थापन गर्न सरकारले के, कस्ता कार्यक्रमहरु लिएर हामीमाझ आएको छ । त्यसका विषयमा सरकारले जागरण अभियान चलाउनु पर्छ कि पर्दैन?’ आक्रोस् पोख्दै उनले भने,  ‘हामीमध्ये कोही किसान बुझ्न नसक्ने पनि छौं, चिन्न नसक्ने पनि छौं । त्यस्ता चिन्न नसक्ने, सजिलै बुझ्न नसक्ने किसानलाई बुझाउन, सिकाउन सरकारको दायित्व भित्र पर्छ कि पर्दैन?’

त्यस्तै उनले सरकारले नेपाली उपभोक्तालाई ‘शुद्ध दुध’ उपभोग गर्न खोजेको विषय एकदमै स्वागत योग्य भएपनि ‘शुद्ध दुध’ उत्पादन गर्ने किसान उत्पादन गर्नमा सरकारले लगानी गर्न नसकेको बताए । शुद्ध दुध उत्पादन गर्ने किसान उत्पादन गर्ने सरकारी दायित्व रहेको भन्दै उनले किसान विरोधि नीति ल्याएर दुग्ध किसानलाई भड्काउन नहुने बताए ।

त्यस्तै चितवनकै अर्का गाई पालक (किसान) डोलप्रसाद धमलाले सस्तो भाँडो  भएका कारण प्लाष्टिकको भाँडो नै प्रयोग गर्न बाध्य रहेको बताए ।

सिल्भरको भाँडोमा दुध नल्याउन भनेर दुग्ध सहकारीहरुले भनेपछि आफुहरुले प्लाष्टिकको भाँडो प्रयोग गर्न बाध्य भएको उनको भनाई  थियो । ‘आल्मुनियमको भाँडो प्रयोग गर्न भनेर सरकारले भनेको छ’ उनले भने, ‘प्लाष्टिकको भाँडो धेरै टिकाउ पनि हुन्छ र सस्तो पनि हुने भएकाले हामीले त्यही भाँडो प्रयोग गर्दै आएका छौं, ।’

यसअघि सरकारले प्लाष्टिकका भाँडा विस्थापित गर्नको लागि आल्मुनियमका भाँडा वितरणको अभियान सुरु गरेपनि स्थानीय सरकार बनेयता त्यस्ता कुनै पनि क्रियाकलाप सञ्चालन हुन नभएको धमलाको भनाई थियो ।

यता निर्देशिका निर्माण गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको भाँडो प्रयोग गर्दा त्यसमा दुध टाँसिने सम्भावना हुने र सफा गर्न अप्ठ्यारो हुने भन्दै प्लाष्टिकको भाँडामा दुध संकलन तथा दुहुन नहुने बताएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले आल्मुनियमको भाँडा सफा गर्न सजिलो पनि हुने र दुध पनि नटाँसिने हुने भएकाले आल्मुनियमको भाँडा प्रयोग गर्न भनिएको बताए । ‘प्लाष्टिकको भाँडामा दुध टाँसिने सम्भावना हुन्छ । फोहोर जम्ने सम्भावना हुन्छ’ उनले लोकान्तर डटकमसँग भने, ‘आल्मुनियमको भाँडा सफ ागर्न पनि सजिलो हुन्छ र दुध पनि टाँसिदैन त्यसैले निर्देशिकामा त्यस्तो भनिएको हो, ।’

कृषि तथा पशुपञ्छि मन्त्रालयबाट स्वीकृति भइसकेको उक्त निर्देशिका आगामी चैत देखि कार्यान्वयनमा आउने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x