×

NMB BANK
NIC ASIA

यातायात व्यवस्था विभागका महानिर्देशकविरुद्ध १ करोड ३४ लाखको भ्रष्टाचार मुद्दा दर्ता

पुस २५, २०७५

NTC
Premier Steels

काठमाडौं– यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

Muktinath Bank

श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल वन तथा वातावरण मन्त्रालयको सह–सचिवको रुपमा कार्यरत रहेका श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा अवैध रुपमा आर्जन गरेको अख्तियारको ठहर छ । 


Advertisment
Nabil box
Kumari

२८ माघ २०३८ देखि सार्वजनिक सेवा प्रवेश गरेका श्रेष्ठले तलवलगायत अन्य स्रोतबाट २ करोड १० लाख ७७ हजार ४ रुपैयाँ १६ पैसा आयआर्जन गरेको अख्तियारले जनाएको छ । तर, उक्त अवधिमा श्रेष्ठ र उनको परिवारका सदस्यहरुका नाममा आम्दानीभन्दा बढीको चल अचल सम्पत्ति सिर्जना तथा विभिन्न क्षेत्रमा खर्च भएको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

Vianet communication

श्रेष्ठले सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी  ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैयाँ ९२ पैसा खर्च गरेको अख्तियारले जनाएको छ । 

आयको तुलनामा उनले खर्च गरेकोमध्ये १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बराबरको अवैध सम्पत्ति देखिएकाले अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले श्रेष्ठबाट १ करोड ३४ लाख ५ सय ३६ रुपैयाँ ७६ पैसा बिगो र सोहीअनुसार जरिवाना तथा कैद सजाय माग गरेको छ । 

श्रेष्ठले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती जमुना तण्डुकार र नवलपरासीको स्वाठी बस्ने भगवती योगको नाममा राखेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

अख्तियारले श्रेष्ठकी श्रीमत जमुना र भगवती योगीविरुद्ध पनि मुद्दा दायर गर्दै उनीहरुका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x