×

NMB BANK
NIC ASIA

काठमाडौं – सरकारले रेल खरिदबारे भारतसँग छलफल अघि बढाएको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्ले रेल खरिदबारे सैद्धान्तिक सहमति दिइसकेकाले रेल खरिदका लागि आवश्यक छलफल अघि बढाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोझै भारत सरकारमार्फत् रेल खरिद गरिने भएकाले जतिसक्दो चाँडो रेल खरिदको टुंगोमा पुग्ने रेल विभागले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

विभागका प्रवक्ता समेत रहेका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले रेल खरिदको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेकाले आवश्यक छलफल भइरहेको जानकारी दिए । ‘छलफल अघि बढिसकेको छ,’ उनले लोकान्तरसँग भने, ‘कहिलेसम्म रेल सञ्चालनमा आउँछ ? ठ्याक्कै समय तोक्न सकिँदैन । जतिसक्दो छिटो रेल सञ्चालन हुन्छ ।’

Vianet communication

रेल खरिद प्रक्रिया छोटो बनाउने उद्देश्यले नै नेपाल सरकारले भारत सरकासँग सिधै रेल खरिद गर्न लागेको चित्रकारले बताए । ‘जतिसक्दो छिटो रेल सञ्चालनमा आओस् भन्ने उद्देश्यले नै जीटूजी माध्यमबाट रेल खरिदको प्रक्रिया अपनाइएको हो,’ उनले भने, ‘पहिलो चरणमा दुइटा डेमु (डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट) रेल खरिद गर्ने लक्ष्य छ ।’

डेमु रेल छोटो दूरीका लागि उपयुक्त हुने चित्रकारले बताए । डेमुले डिजेल इन्जिनबाट विद्युत् उत्पादन गर्ने र त्यसबाट रेल चलाउन सजिलो हुने चित्रकारले स्पष्ट पारे ।

नेपालमा वर्तमान अवस्थामा धेरै लामो रेलमार्ग नभएकाले छोटो दूरीमा चल्ने किसिमको रेल खरिद गर्न उपयुक्त हुने जनाइएको छ । अहिले खरिदका लागि छलफल अगाडि बढाइएको डेमुले प्रतिघण्टा १ सय ५० किलोमिटर दूरीका दरले कुद्ने विभागका अधिकारीले बताएका छन् ।

रेल विभागका अनुसार हाल नेपालमा ६९ किलोमिटर रेलमार्ग निर्माणको काम भइरहेको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रेलमार्ग निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ ।

सरकारले रेल खरिदका लागि चालू आर्थिक वर्षको बजेटमा ५० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । एउटा डेमुको अनुमानित मूल्य ५० करोड रुपैयाँ रहेकाले रकम थप गर्नुपरेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने रेल विभागले जनाएको छ । 

नेपालको वर्तमान अवस्थालाई हेर्दा छोटो दूरीमा चलाउन मिल्ने रेल खरिद गरिने र त्यति धेरै सुविधायुक्त रेल नभएपनि काम चल्ने विभागका अधिकारी बताउँछन् । धेरै लामो दूरीको रेलमार्ग नभएकाले राति सुत्न मिल्ने, एसी सुविधा नभएको रेल भएपनि काम चलाउन सकिने विभागका अधिकारीको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको प्रधानमन्त्रीको कार्यकाल र वर्तमान कार्यकालमा पनि आफ्नो कार्यकालमा रेल चलाएरै छाड्ने पटक–पटक बताउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x